इरानी परमाणु केन्द्रमा इजरेली आक्रमण

४ कार्तिक ,एजेन्सी । तेल तथा परमाणु साइटहरुमा आक्रमण नगर्न दबाब बढिरहेकै बेला इजरायलले इरानमा एकपछि अर्को हमला गरेको छ । इजरायलले फेरि इरानका कयौँ आणविक स्थलमा आक्रमण गरेको छ । यो आक्रमणबाट इरान स्तब्ध भएको छ । यसै सन्दर्भमा इजरायलले अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको छ । आफूले ट्रम्पसँग कुरा गरेको र… Continue reading इरानी परमाणु केन्द्रमा इजरेली आक्रमण

ओलीको कम्बोडियामा लगानीको बास्तविकता के हो ?

४ कार्तिक , काठमाण्डौ। कम्बोडियामा रहेको टेलिकम एग्जियाटा कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको प्रमाण भन्दै सामाजिक संजालमा भिडियो पोष्ट गरेपछि मेकिडकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्रीको सो कम्पनीमा २३ करोड अमेरिकी डलर लगानी रहेको कागजात रहेकोसमेत प्रसाईले सार्वजनिक गरेका छन् । यही प्रमाण भनिएको भिडियोका कारण प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले प्रसाईलाई… Continue reading ओलीको कम्बोडियामा लगानीको बास्तविकता के हो ?

२०२६ देखि दुबईको आकाशमा उड्ने ट्याक्सी, सपना साकार हुँदै

४ कार्तिक ,  काठमाण्डौ। सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने छन् । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । अब, ट्याक्सीले सडकमा मात्र होइन, आकाशमा पनि सेवा दिनेछ । कल्पना गरौँ, एउटा ट्याक्सीमा चढेर आकाशबाट शहरको मनमोहक दृश्य अवलोकन गर्दै आफ्नो गन्तव्यतर्फ उडिरहेको अवस्था ! अपत्यारिलो लाग्ने यो कुरालाई दुबईले… Continue reading २०२६ देखि दुबईको आकाशमा उड्ने ट्याक्सी, सपना साकार हुँदै

पूर्वमन्त्रीको ‘ग्राण्डी सिटी हस्पिटल’ नै अवैध,बालेनले घोक्रेठ्याक लगाए

४ कार्तिक , काठमाण्डौ। काठमाडौँमा रहेको ‘ग्राण्डी सिटी हस्पिटल’ खाली गराउन गएको काठमाडौं महानगरको टोलीलाई अस्पताल संचालकले अवरोध गरेका छन् । २०७७ सालमै अवैध रुपमा संचालन गरिएको भन्दै उजुरी परेको अस्पताल खाली गराउन पछिल्लो समय सर्वाेच्च अदालतले समेत आदेश दिएपछि अस्पताल खाली गराउन गएको महानगरको टोलीलाई अस्पतालका अध्यक्ष समेत रहेका पूर्व अर्थसहायक मन्त्री डा. रुप… Continue reading पूर्वमन्त्रीको ‘ग्राण्डी सिटी हस्पिटल’ नै अवैध,बालेनले घोक्रेठ्याक लगाए

पक्राउ पर्ने गरी दुर्गा प्रसाईँले ओलीविरुद्ध के बोलेका थिए ?

४ कार्तिक , काठमाण्डौ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोग लागेको छ। प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता… Continue reading पक्राउ पर्ने गरी दुर्गा प्रसाईँले ओलीविरुद्ध के बोलेका थिए ?

ओलीकोपछि हात धोएरै लागे दुर्गा प्रसाईं,डकुमेन्ट फेक ?पक्राउ गर्न माग

४ कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशी कम्पनीमा अर्बाै लगानी रहेको भन्दै व्यवसायी दुर्गा प्रसाईंले त्यसको प्रमाण समेत रहेको दावी गरेका छन् । लामो समयदेखि प्रधानमन्त्रीविरुद्ध विभिन्न प्रश्न उठाउदै आएका प्रसाईंले कम्बोडियाको संचार कम्पनीमा ओलीको लगानी रहेको भन्दै त्यसको प्रमाण समेत रहेको दाबी गर्दै भिडियो समेत सार्वजनिक गरेका छन् । उनले भनेका छन्,… Continue reading ओलीकोपछि हात धोएरै लागे दुर्गा प्रसाईं,डकुमेन्ट फेक ?पक्राउ गर्न माग

एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका

४ कार्तिक , काठमाण्डौ। नेपाल क्रिकेट संघ(क्यान) ले नेपाल प्रिमियर लिग(एनपिएल) को खेल तालिका सार्वजनिक गरिसकेको छ । सोमबार सार्वजनिक सो तालिकाअनुसार उद्घाटन खेलमा मंसिर १५ गते विराटनगर किङ्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे हुनेछ । मंसिर १६ गते उपनिर्वाचन भएको कारण कुनै खेल हुनेछैनन् । तर,… Continue reading एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका

अर्जेन्टिना विश्वकपमा स्थान पक्का गर्ने दाउमा

४ कार्तिक , एजेन्सी । फुटबल आइकन लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार ब्यूनस आयर्समा पेरुलाई पराजित गर्दै सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने दाउमा रहेको छ । यो जितले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको १२ खेलबाट २५ अंक हुनेछ, जुन १० टिमको तालिकामा कम्तिमा छैटौं स्थानका लागि पर्याप्त हुनेछ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्रले… Continue reading अर्जेन्टिना विश्वकपमा स्थान पक्का गर्ने दाउमा

अमेरिकामा आप्रवासीलाई निकाल्न सेना प्रयोग, ट्रम्पले गरे यस्तो घोषणा

४ कार्तिक , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन् । राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताएका… Continue reading अमेरिकामा आप्रवासीलाई निकाल्न सेना प्रयोग, ट्रम्पले गरे यस्तो घोषणा

जुम्लाको तापक्रम माइनस ४ मा झर्याे, अरु कता बढ्यो चिसो ?

४ कार्तिक , काठमाण्डौ। नेपालमा अहिले देशभर पश्चिमी वायुको प्रभाव छ । यस्तै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ । आज राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति… Continue reading जुम्लाको तापक्रम माइनस ४ मा झर्याे, अरु कता बढ्यो चिसो ?

जेलमा रहेका इमरानले अमेरिका हल्लाए, बाइडेनको बढ्यो प्रेसर

३ मंसिर,एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनको राष्ट्रपतिको काउनडाउन सुरु भइसकेको छ । उनी अब केही समयका लागि मात्रै आफ्नो पदमा रहन्छन्,तर पनि उनी टेन्सन फ्रि हुनसकेका छैनन् । बाइडेनलाई कार्यकालको अन्तिम समयतिर पनि पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका कारण प्रेसर थेग्नु परेको छ । करिब ५० अमेरिकी सांसदहरुले इमरान खान र अन्य “राजनीतिक… Continue reading जेलमा रहेका इमरानले अमेरिका हल्लाए, बाइडेनको बढ्यो प्रेसर

यी ३ हतियार बन्नसक्छन् third world war को कारण

३ मंसिर,विराटनगर। अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि विश्व भू–राजनीतिमा केही फरक खाले प्रभाव देखिने संभावना रहेको छ । जसमध्येको एक रुस–युक्रेन युद्ध रोकिने सम्भावनामा पनि चर्चा भइरहेको छ । ट्रम्पको जितले आउने समयमा रूस–यूक्रेन युद्ध रोक्न सहयोग पुग्ने ठानिएको छ किनभने नवनिर्वाचित रिपब्लिकन राष्ट्रपति अमेरिकाका तर्फबाट युक्रेनलाई दिइरहेको सहायताको विरुद्धमा छन् । साथै उनले… Continue reading यी ३ हतियार बन्नसक्छन् third world war को कारण

‘ह्रस्व दीर्घ’को कमाई कस्तो हुँदैछ ?

३ मंसिर,काठमाण्डौ। नेपालीसहित दक्षिण भारतीय कलाकारहरुको समेत अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले दुई दिनमा सुखद कमाई गरेको छ । बक्स अफिसमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को दबदबा कायम रहेकै बेला ‘ह्रस्व दीर्घ’ले दुई दिनमा २ करोड कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो । चलचित्रले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २०… Continue reading ‘ह्रस्व दीर्घ’को कमाई कस्तो हुँदैछ ?

पाकिस्तान र बंगलादेश नजिकिदा भारतको निन्द्रा हरायो

३ मंसिर,एजेन्सी । आफैँले युद्ध लडेर सन् १९७१ डिसेम्बर १६ मा छुट्याइदिएका पश्चिम पाकिस्तान र स्वतन्त्र भएको पूर्वी पाकिस्तान अर्थात हालको बङ्गलादेशबीचको निकटता अहिले भारतका लागि टाउको दुखाई बनेको छ । उपनिवेशपछि युद्ध लडी छुट्टिएका पूर्व र पश्चिमका यी मुलुकबीच बढ्दो निकटताको तरङ्ग भारतमा मात्रै सिमित छैन बरु भूमध्य सागर, कालोसागर, आर्कटिक महासागर, प्रशान्त महासागर… Continue reading पाकिस्तान र बंगलादेश नजिकिदा भारतको निन्द्रा हरायो

साउदीमा १०१ विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

३ मंसिर,एजेन्सी । नेपाल लगायत एसियाली राष्ट्रका साथै अफ्रिकी देश लगायतबाट पनि बैदेशिक रोजगारीमा जाने कामदारका लागि प्रमुख गन्तब्यमध्यको एक साउदी अरबले वर्षमा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिइएको तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकार संगठनलाई उद्धृत गर्दै एएफपीले यस्तो बताएको हो । शनिबार मात्रै एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड… Continue reading साउदीमा १०१ विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?

ट्रम्पको शासनबाट छुटकारा पाउन ४ वर्षको पानीजहाज यात्रा

FILE - In this Dec. 12, 2020, file photo President Donald Trump walks on the South Lawn of the White House in Washington before boarding Marine One. Unemployment benefits for millions of Americans struggling to make ends meet were set to lapse at midnight Saturday night unless Trump signed an end-of-year COVID relief and spending bill that had been considered a done deal before his sudden objections. (AP Photo/Patrick Semansky, File)

३ मंसिर, एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षको शासनकाल हेर्न नचाहनेहरुका लागि फ्लोरिडाको भिल्ला भि रेसिडेन्सले अनोठौ चार वर्षे ’स्किप फरवार्ड’ क्रूज कार्यक्रम ल्याएको छ । ४ वर्षसम्म क्रुजमा नै समुद्रमा १ सय २० देशको भ्रमण गराउने प्रस्ताव गरिएको छ। डोनाल्ड ट्रम्प अमेरिका फर्केका छन्। ट्रम्प भारी बहुमतले विजयी भए पनि उनको… Continue reading ट्रम्पको शासनबाट छुटकारा पाउन ४ वर्षको पानीजहाज यात्रा

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

३ मंसिर,काठमाण्डौ। नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । पौडेलले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ ।… Continue reading नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

किम जोङको कसमले विश्व थर्कमान, युद्धको तयारी सुरु

३ मंसिर,एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले आफ्नो परमाणु शक्तिलाई बिना सीमा विस्तार गर्ने कसम खाएका छन्। उनले अमेरिका, जापान, र दक्षिण कोरियाबीचको बढ्दो साझेदारीलाई “एशियाली नेटो“ को रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरता ध्वस्त गर्न सक्ने दाबी गरेका छन्। किमले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको बढ्दो सैन्य सहकार्यप्रति आपत्ति… Continue reading किम जोङको कसमले विश्व थर्कमान, युद्धको तयारी सुरु

स्वर्णलक्ष्मीको १ अर्ब ११ करोड अपचलन, रविसँग बयान

३ मंसिर,काठमाण्डौ । आइतबार काठमाडौं जिल्ला अदालतले हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु पनि बयानका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई काठमाडौं लगिएको छ। जिल्ला प्रहरी प्रहरी भद्रकाली काठमाडौंले बयानका लागि रम्तेललाई गत शनिबार पोखराबाट काठमाडौं ल्याएको हो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी… Continue reading स्वर्णलक्ष्मीको १ अर्ब ११ करोड अपचलन, रविसँग बयान

ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

३ मंसिर,काठमाण्डौ। पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आज शोक बिदा दिएको छ । आइतबार अपराह्न ढुंगानाको निधन भएको थियो । उनको निधनपछि प्रधानमन्त्री, मन्त्रीसहित सत्तारुढ प्रतिपक्ष सबै दलका नेताहरुबाट समवेदना र श्रद्धान्जली ब्यक्त गरिए । तर उनको निधनको एक दिनपछि त्यो पछि कार्यालय समय सुरु हुनै लाग्दा दश बजे नजिक सरकारले सार्वजनिक बिदा दिने निर्णय… Continue reading ओली सरकारको केटाकेटी निर्णय, सामाजिक संजालमा तीव्र आलोचना

हालाण्डको ह्याट्रिक, इटाली स्तब्ध

३ मंसिर, एजेन्सी । एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३ औं र ३७ औं मिनेटमा गोल गर्दै नर्वेलाई… Continue reading हालाण्डको ह्याट्रिक, इटाली स्तब्ध

मधेसमा पनि जाग्यो क्रिकेटको क्रेज

३ मंसिर, विराटनगर। नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खबर र त्यसका गतिविधीहरुसँगै जनकपुरधामसहित मधेस प्रदेशमा खेल जगतमा आफ्नो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरुको पनि लाखौँमा विक्री हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपालीसँग खेल्न आउन लागेको खबरहरुले मधेसको खेल क्षेत्र उत्साहित बन्दै गएको छ । जनकपुरधामको वडा नं. १४ रजौलमा प्रश्तावित रामजानकी… Continue reading मधेसमा पनि जाग्यो क्रिकेटको क्रेज

रुस भित्र क्षेप्यास्त्र हान्न युक्रेनलाई अमेरिकी अनुमति

३ मंसिर, एजेन्सी । अमेरिकाले युक्रेनलाई रुसमा लामो दुरीको मिसाइल हान्न अनुमति दिएको छ । राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् । रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन्… Continue reading रुस भित्र क्षेप्यास्त्र हान्न युक्रेनलाई अमेरिकी अनुमति

के उपनिर्वाचनबाट बालेनहरुको उदय होला ?

३ मंसिर,काठमाण्डौ। यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको हो । जसमा ६४ जना महिला,… Continue reading के उपनिर्वाचनबाट बालेनहरुको उदय होला ?

पूर्वसभामुखको निधनको शोकमा आज सार्वजनिक बिदा

३ मंसिर,काठमाण्डौ। आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज विहान बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । उनकाअनुसार सरकारले आज पूर्वसभामुखढुंगानाको निधनमा शोक मनाउन आज मंसिर ३ गते… Continue reading पूर्वसभामुखको निधनको शोकमा आज सार्वजनिक बिदा

खामेनीले रातारात फेरे इरानका सर्वोच्च नेता

२ मंसिर, एजेन्सी । ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई गम्भीर बिरामी भएको समाचारले तेहरानमा राजनीतिक हलचल बढाएको छ। खामेनेईको स्वास्थ्यमा समस्या र सम्भावित उत्तराधिकारीको चयनले ईरानको भविष्यप्रति चासो बढाएको छ । खामेनेई, जो ८५ वर्षका छन्, गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्। खबरका अनुसार, उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै, उनले आफ्ना दोस्रो छोरा मोजतबा खामेनेईलाई… Continue reading खामेनीले रातारात फेरे इरानका सर्वोच्च नेता

इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

२ मंसिर, विराटनगर। इरानको न्यूक्लियर रिसर्च सेन्टरमा भएको भनिएको इजरेली हमलाको खबर जंगलमा लागेको आगोजस्तै गरी फैलिरहेको छ । अझ रोचक त के छ भने यो न्यूक्लियर विकास कार्यक्रम त्यही थियो जसलाई लिएर इरानले प्रतिबन्धको मार झेलिरहेको छ । यस्तो मार जुन केहीवर्ष अरु यस्तै चल्यो भने त, देश मागी चलाउनु पर्ने पाकिस्तानको जस्तै हालत… Continue reading इजरेललाई जवाफ दिन इरान डराएको हो कि मौका पर्खिएको ?

ओलीले रास्वपालाई ५ मिनेट पनि समय दिएनन्,खिसिट्युरी गरे

२ मंसिर, काठमाण्डौ। पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनरत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने सहितका मागपत्र सार्वजनिक गर्दै रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको हो । यो आन्दोलन भने काठमाडौं केन्द्रित हुने कार्यवहाक प्रवक्ता मनिष झाले बताएका छन् ।… Continue reading ओलीले रास्वपालाई ५ मिनेट पनि समय दिएनन्,खिसिट्युरी गरे

लंकामा कम्युनिष्ट सरकार बन्दा एमाले गद्गद्

२ मंसिर,एजेन्सी । श्रीलङ्कामा हालै नोभेम्बर १४ मा सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा एमालेले खुसी प्रकट गरेको छ । श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको अपूर्व सफलताप्रति खुसी प्रकट गर्दछ एमालेले बधाई ज्ञापन गरेको छ । निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी)… Continue reading लंकामा कम्युनिष्ट सरकार बन्दा एमाले गद्गद्

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

२ मंसिर, काठमाण्डौ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । वरिष्ठ अधिवक्तासमेत रहेका… Continue reading पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

धरहराको ’लिफ्ट’मा कैफियत, २ महिना नबित्दै बिग्रियो

२ मंसिर, काठमाण्डौ। निर्माण सम्पन्न नहुँदै सञ्चालनमा आएको धरहरा दुई महिना नबित्दै पुनः बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएर हाललाई बन्द गरिएको छ । लिफ्ट बिग्रिएपछि सर्वसाधारणलाई धरहरा चढाउने काम बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । केही दिनअघिदेखि सर्वसाधारणलाई धरहरा चढ्न रोक लगाइएको र लिफ्ट मर्मतको काम भइरहेको विभागले… Continue reading धरहराको ’लिफ्ट’मा कैफियत, २ महिना नबित्दै बिग्रियो

नेपाल टेलिकममा रोबर्टबाट सेवा, ६ सय प्रश्नको जवाफ दिने

२ मंसिर, काठमाण्डौ। नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोर्ट विधिको प्रयोग सुरु गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताएका छन्… Continue reading नेपाल टेलिकममा रोबर्टबाट सेवा, ६ सय प्रश्नको जवाफ दिने

रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति

२ मंसिर, काठमाण्डौ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि निरन्तर सडक आन्दोलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । गत कार्तिक २८ मा गर्ने भनिएको… Continue reading रविको भिडियो खिच्न पनि कडाई, बोल्नै नदिने रणनीति

सी सँग बाइडेनको अन्तिम भेट,तिक्कतादेखि युद्धसम्म छलफल

US President Joe Biden (R) and China's President Xi Jinping (L) shakes hands as they meet on the sidelines of the G20 Summit in Nusa Dua on the Indonesian resort island of Bali on November 14, 2022. (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

२ मंसिर,एजेन्सी । विदा हुनै लागेका अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका छन्। पेरुको लिमामा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) फोरमको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। राष्ट्रपतिका हैसियतमा बाइडेनको सीसँगको यो अन्तिम भेट हो। किनभने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनापछि पदभार ग्रहण गर्दैछन्। निर्वाचित… Continue reading सी सँग बाइडेनको अन्तिम भेट,तिक्कतादेखि युद्धसम्म छलफल

रास्वपाका उम्मेदवारलाई चुनाव लड्न पनि रोकियो ?

२ मंसिर, विराटनगर  । यही १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सहभागिता जनाउने निर्णय गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई अपहरणको शैलीमा बेपत्ता बनाएपछि उनी उम्मेदवारी दिने निर्णयबाट पछि हटेकी छन् ।रास्वपाले उनलाई डर धम्की दिएर उम्मेदवारीबाट पछि हट्न बाध्य बनाइएको बताएको छ । रास्वपाका… Continue reading रास्वपाका उम्मेदवारलाई चुनाव लड्न पनि रोकियो ?

भीआईपीहरुको हिरासतमा बास, कसको बसाई कस्तो छ ?

२ मंसिर, काठमाण्डौ । सरकारदेखि कानून, नीति एवं कार्यक्रम निर्माण गर्ने र बदल्ने तथा सरकारलाई सुझाव एवं निर्देशन दिनेसम्मको गहन जिम्मेवारी बोक्नेहरु नै संसद् हुन् । त्यसैले त संघदेखि प्रदेश सभाका सदस्यलाई ‘माननीय’ शब्दले आदर गरिन्छ। ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो। ‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर कात्तिक महिनामा मात्रै… Continue reading भीआईपीहरुको हिरासतमा बास, कसको बसाई कस्तो छ ?

जापान भन्छ– उत्तरका सेना पूर्वी एसियाको लागि खतरा

२ मंसिर, एजेन्सी । अमेरिकामा नयाँ सरकार आउने भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यतिबेला मोही माग्ने तर ढुंग्रो लुकाउनेको स्थितिमा देखिएका छन् । उनी एकातिर जारी युद्ध यो वर्ष कट्नु हुँदैन भन्न थालेका छन्, अर्कातिर युक्रेनले अरुको कुरामात्रै सुनेर नबस्ने पनि चेतावनी दिन छाडेका छैनन । अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा… Continue reading जापान भन्छ– उत्तरका सेना पूर्वी एसियाको लागि खतरा

गजनीका भिलेन ‘ह्रस्व दीर्घ’मा, आज नेपाल आउँदै

२ मंसिर,काठमाण्डौ । अभिनेत्री निता ढुङ्गाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । शुक्रबारबाट देशभर एकल प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यवसाय गर्दै राम्रो कमाउन सफल भएको निर्माता अभिनेत्री निता ढुङगानाले बताएकी छन्। उनले फिल्मको दर्शक प्रतिक्रिया समेत राम्रो भएको बताइन् । उनले भनिन्, ‘फिल्मको व्यापार राम्रा… Continue reading गजनीका भिलेन ‘ह्रस्व दीर्घ’मा, आज नेपाल आउँदै

बक्सिङका किङ फेरि रिङमा फर्किए

२ मंसिर, एजेन्सी । सर्वाधिक विवादास्पद मानिएको मुक्काबाजी खेलमा जेक पलले ५८ वर्षीय माइक टाइसनलाई अंकका आधारमा पराजित गरे। पूर्व हेभीवेट च्याम्पियन टाइसन १९ वर्षपछि पहिलो पेशेवर खेलमा फर्किएका थिए । उनले २७ वर्षीय युट्युबर पलसँग नेटफ्लिक्समा प्रत्यक्ष प्रसारित खेलमा प्रतिस्पर्धा गरे। तर उनी सुरुदेखि नै आफ्नो पुरानो लयमा फर्कन सकेनन् । एनएफएलको डलास काउबोइजको… Continue reading बक्सिङका किङ फेरि रिङमा फर्किए

यू-१९ अभ्यास खेलः नेपालले भारतको कर्नाटकलाई दियो २८३ रनको लक्ष्य

२ मंसिर, एजेन्सी । १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई २ सय ८३ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालका तीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ८१, मयन यादवले… Continue reading यू-१९ अभ्यास खेलः नेपालले भारतको कर्नाटकलाई दियो २८३ रनको लक्ष्य

माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

२ मंसिर, काठमाण्डौ । भ्रष्टाचारको आरोपसहित विदेशी र विचौलियाको भरमा बनेको भन्दै लगातार वर्तमान सरकारको आलोचना गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले माफी माग्न भनेको छ, त्यो पनि जनतासंग । र त्यो माफी सरकारमाथिको आलोचनाका लागि नभई भारतीय मिडियामा ओलीमाथि गरेका टिप्पणीका कारण प्रचण्डको भत्र्सना गर्दै एमालेले माफी माग्न भनेको हो… Continue reading माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

अफगानिस्तानविरुद्ध नेपाल २–० गोलले विजयी

२ मंसिर,एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको हो । नेपालले अफगानिस्तानविरुद्ध पछिल्लो जित भरत खवासको गोलमा हात पारेको थियो । एएफसी च्यालेन्ज कप २०१२ छनोटमा भरतको गोलमा नेपालले दशरथ रंगशालामा अप्रिल २०११… Continue reading अफगानिस्तानविरुद्ध नेपाल २–० गोलले विजयी

समिम अन्सारी भन्छन्, विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्छ

१ मंसिर , विराटनगर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्ने बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको ग्लोबल मिट २०२४ लाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले नेपालको विविध संस्कृतिले सहिष्णुता र सहकार्यलाई कसरी प्रेरित गर्दछ भन्ने विषयमा विशेष जोड दिए । सो अवसरमा अन्सारीले नेपालको सांस्कृतिक विविधता, शिक्षाको महत्त्व र… Continue reading समिम अन्सारी भन्छन्, विश्वले सहअस्तित्व नेपालबाट सिक्न सक्छ

ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

३० कार्तिक , विराटनगर । भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओली चीन भ्रमणअघि नै भारत जाने खबर बाहिरिएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि… Continue reading ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

३० कार्तिक , काठमाण्डौ। सहकारीको वचत रकम अपचनलको अभियोगमा ४ साताभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साधिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा रविमाथि आफुले लगाएको गुण स्मरण गराएका छन् । रविले समेत प्रधानमन्त्री ओलीलाई ब्यक्तिगत रुपमा नेपालकै सबैभन्दा ठूलो भ्रमष्टचारी रहेको भन्दै घरघरबाट ओलीसरकार… Continue reading रविको उदयको श्रेय खोज्दै ओली,जबलेस थिए १० लाखको प्रोग्राम दिए

रविलाई ३ दिनमा २३ घण्टा बयान, ७४ वटा प्रश्न, के दिए जवाफ ?

३० कार्तिक , काठमाण्डौ। रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो । बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा… Continue reading रविलाई ३ दिनमा २३ घण्टा बयान, ७४ वटा प्रश्न, के दिए जवाफ ?

पाराग्वेसँग पनि टिक्न सकेन अर्जेन्टिना,ब्राजिल बराबरीमा

३० कार्तिक , काठमाण्डौ । विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा स्तब्ध बनेको छ । शुक्रबार पाराग्वेको हातबाट २–१ ले पराजित भएको छ । हारका बाबजुत अर्जेन्टिना अंक तालिकाको शीर्षमै छ। खेलमा सुरुआती अग्रता लिएको भए पनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो । अर्जेन्टिनाले लउतारो मार्टिनेजको गोलले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम… Continue reading पाराग्वेसँग पनि टिक्न सकेन अर्जेन्टिना,ब्राजिल बराबरीमा

नेपाली बिजुली बंगलादेश पुग्यो, विद्युत निर्यातमा ऐतिहासिक दिन

३० कार्तिक , काठमाण्डौ। ८ वर्षको प्रयासपछि नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो । पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ । भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । आज… Continue reading नेपाली बिजुली बंगलादेश पुग्यो, विद्युत निर्यातमा ऐतिहासिक दिन

स्रोत नखुलेको पैसा बोक्नेलाई पनि जेल, मंसिरमा पनि घट्यो बैंक ब्याज

३० कार्तिक , एजेन्सी । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले प्रस्ट पारेको छ । भारतीय नागरिक रविशचन्द्र पाठक पुनरावेदक प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २ गते फैसला… Continue reading स्रोत नखुलेको पैसा बोक्नेलाई पनि जेल, मंसिरमा पनि घट्यो बैंक ब्याज

कर्मचारीको किरिया, बिरामी र प्रसुति बाहेकका बिदा कटौती !

३० कार्तिक , काठमाण्डौ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारीहरुले पाउदै आएको बिदामा प्रावधानसहित कटौती गरेको छ । साथै विभिन्न कार्यालयमा सरुवा, पदस्थापन र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । सरुवा, पदस्थापन र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी… Continue reading कर्मचारीको किरिया, बिरामी र प्रसुति बाहेकका बिदा कटौती !

बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

३० कार्तिक ,काठमाण्डौ। काठमाडौंको फोहोरलाई दीर्घकालीन रुपमा ब्यवस्थापन गर्ने संकल्पसहित मेयर बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालनेले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका हुन् । बालेनले सामाजिक… Continue reading बालेनलाई असफल बनाउने प्रयास, बालेनको काममा सरकारको राजनीति

दुई जना भारतीयसहित ८ जनाको मृत्यु

३० कार्तिक , काठमाण्डौ । केही दिनयता दिनहुँ यात्रुवाहक सवारीसाधन दुर्घटनामा परिरहेका छन् । जसमा परि कयौंले ज्यान गुमाएका छन् । आज पनि विहानै दार्चुलामा जिप दुर्घटना भएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक… Continue reading दुई जना भारतीयसहित ८ जनाको मृत्यु

भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

२९ कार्तिक , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जाँदैछन् । उनको चीन भ्रमणको तयारी सवरुप नै एमालेका ईश्वर पोखरेलसहितको उच्चस्तरीय नेताहरु चीन भ्रमणमा छन् । यस्तै उनको भ्रमणलाई सफल पार्न परराष्ट्र मन्त्री डा आरजु राणा समेत चनि जाने कार्यक्रम छ । यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका… Continue reading भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

निर्मला प्रकरणमा नवराजले प्रत्यक्षदर्शी भन्दै अफवाह फैलाए

२९ कार्तिक , काठमाण्डौ। आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । उनले दिएको टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले बताएका छन् । अर्याललाई उनकी छोरीले जिम्मा लिएकी हुन् । करारको जागिरबाट २०७७ मा लाइसेन्सको कारण बर्खास्त गरेपछि उनि विचलित भएको अनुसन्धान… Continue reading निर्मला प्रकरणमा नवराजले प्रत्यक्षदर्शी भन्दै अफवाह फैलाए

रास्वपा नेताले रविका लागि फेरि प्रधानमन्त्री भेट्दै, बुटवलमा नाराबाजी

२९ कार्तिक , काठमाण्डौ। आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीतिक प्रतिशोधको आरोप लगाउदै सडक प्रर्दशन गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले आजपनि प्रर्दशनलाई निरन्तरता दिएका छन् । रास्वपाका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता हुँदा पनि रास्वपाले प्रदर्शन जारी राखेको छ । पूर्वगृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको… Continue reading रास्वपा नेताले रविका लागि फेरि प्रधानमन्त्री भेट्दै, बुटवलमा नाराबाजी

साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

२९ कार्तिक , एजेन्सी । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नदेखाउन त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ। दूतावासले सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा नेपाली कानुनी समस्यामा पर्न थालेको जनाएको छ। यो खबर आज हामीले नेपाल टाइम्स… Continue reading साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

नेपाली महिलाले विश्वकप अघि एसिया कप खेल्ने,पहिलो खेल को सँग

२९ कार्तिक , विराटनगर  । नेपाली पुरुष क्रिकेट पछिल्लो समय राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छ । चाहे १२ खेलमा ११ खेल जित्दै विश्वकप छनौट खेलेको होस् वा पहिलो पटक एशिया कपमा सहभागिता वा १० वर्ष पछि भएको विश्वकपमा छनोट र त्यसपछिको विश्वकपको खेलले क्रिकेटबाट नेपालले विश्वको ध्यान खिच्न सफल भएको छ । पुरुष… Continue reading नेपाली महिलाले विश्वकप अघि एसिया कप खेल्ने,पहिलो खेल को सँग

स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

२९ कार्तिक ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनको अभियोगमा अनुसन्धानमा लागि४ सातादेखि प्रहरी हिरासतमा रहेका बेला उनको पार्टीका उपसभापतिसहित केन्द्रीय नेताहरुविरुद्ध पनि अदालतमा रिट दायर भएको छ । उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि… Continue reading स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

चीनले देखायो संसारकै खतरनाक जेट,अन्तरिक्षमा युद्ध लड्न सक्ने

२९ कार्तिक , एजेन्सी । चीनले हालै झुहाई एयर शोमा आफ्नो नयाँ अत्याधुनिक फाइटर जेटको अनावरण गरेको छ, जसले विश्वको ध्यान आकर्षित गरेको छ। चीनको दाबीअनुसार यो फाइटर जेट सुपरसोनिक गतिमा उडान भर्न सक्षम छ र पृथ्वीको वायुमण्डलभन्दा बाहिर अन्तरिक्षमा युद्ध लड्न सक्ने क्षमतासमेत राख्दछ । यसलाई “बैदी“ वा “ह्वाइट एंपरर“ नाम दिइएको छ र… Continue reading चीनले देखायो संसारकै खतरनाक जेट,अन्तरिक्षमा युद्ध लड्न सक्ने

‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने फिल्म,सफलतापछि चोरीको बात्

२९ कार्तिक , काठमाण्डौ। देशभरका सिनेमा हल र विदेशमा समेत आक्रमक ब्यापार गरिरहेको तथा विभिन्न कीर्तिमान बनाइसकेको नेपाली सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई फेरि चोरीको आरोप लागेको छ । निर्देशक तथा कलाकार अजित लामिछानेले आफ्नो फिल्म ‘लाज’को थिम र केही प्लट फिल्ममा चोरिएको आरोप लगाएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’लाई चोरीको आरोप लागेको यो दोस्रो पटक हो… Continue reading ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने फिल्म,सफलतापछि चोरीको बात्

मंसिर १२ भित्र बक्यौता नतिरे २८ उद्योगको लाइन काटिने

२९ कार्तिक , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको… Continue reading मंसिर १२ भित्र बक्यौता नतिरे २८ उद्योगको लाइन काटिने