पाकिस्तानी क्रिकेटर रिजवानले सन्दीपलाई भेटेर के भने ?

२३ माघ, काठमाण्डौ । पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाल आएर सन्दीप लामिछानेसहितका राष्ट्रिय क्रिकेटरहरुसँग भेटेका छन् । आइतबार बेलुकी नेपाल आइपुगेका उनले आज सोमबार बिहान राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भेटेका हुन् । आइतबार नै बेलुकी रिजवानले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई भेट्दै नेपाली क्रिकेटका बारेमा छलफल गरेका थिए । रिजवानले सन्दीपलाई भेट्ने… Continue reading पाकिस्तानी क्रिकेटर रिजवानले सन्दीपलाई भेटेर के भने ?

इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

53956782 - prisoner in jail

२३ माघ,एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलमा रहेका १० हजारभन्दा बढी कैदीलाई रिहा गर्न आदेश दिएका छन् । आममाफी दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् । इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ… Continue reading इरानमा एकैसाथ १० हजार कैदीहरू रिहा

नेप्सेमा ०.२४ अंकको वृद्धि

२३ माघ,काठमाडौँ । प्रि–ओपन सेसनमा सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यो सेसनमा नेप्से परिसुचक ०.२४ अंकले बढेर २०९६.३२ विन्दुमा आएको छ । यससँगै ७ कम्पनीको ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा २ लाख ९३ हजार १६२ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी… Continue reading नेप्सेमा ०.२४ अंकको वृद्धि

अमेरिकापछि कोलम्बियामा पनि भेटियो जासुसी बेलुन

२३ माघ,एजेन्सी । अमेरिकी नेतृत्वलाई नै थर्कमान बनाएको चिनियाँ जासुसी बेलुन कोलम्बियामा पनि भेटिएको छ । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुनको कोलाहल यथावत रहदा कोलम्बियाको आकाशमा पनि बेलुन देखिएको छ । कोलम्बियाली वायुसेनाले उक्त बेलुन अमेरिकी आकाशमा देखेको बेलुन जस्तै भएको दाबी गरेको छ । कोलम्बियाले वायुसेनाले बेलुनलाई हवाई क्षेत्र नछोडेसम्म ट्र्याक गरेको बताएको छ।… Continue reading अमेरिकापछि कोलम्बियामा पनि भेटियो जासुसी बेलुन

स्वतन्त्र पार्टीले सरकार छाडेपछि विप्लव किन वालुवाटार पसे ?

२३ माघ, काठमाण्डौ । सरकारमा रहेको तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको पछिल्लो अवस्थामा संघर्ष र अझै शासकीय संरचनाको परिवर्तनको एजेण्डासहित छुट्टै अभियानमा केन्द्रित रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । पछिल्ला विभिन्न घटनाक्रमले ७ दलीय गठबन्धन भित्र पनि बढ्दो अविश्वास र विश्वासको मत दिएर… Continue reading स्वतन्त्र पार्टीले सरकार छाडेपछि विप्लव किन वालुवाटार पसे ?

सुनको भाउ प्रतितोला ५ सय रुपैयाले वृद्धी

२३ माघ ,काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।गत दुई कारोबार दिन अर्थात् शुक्रबार र आइतबार प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख… Continue reading सुनको भाउ प्रतितोला ५ सय रुपैयाले वृद्धी

रविको पक्षमा को विपक्षमा को ?

२३ माघ, काठमाण्डौ । सरकार छाड्ने निर्णय सार्वजनिक गर्न आयोजित विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आक्रमक रुपमा मिडिया संचालक माथि खनिएपछि अहिले रविको अभिब्यक्तिलाई लिएर उनको पक्ष र विपक्षमा सामाजिक संजाल अभिब्यक्तिहरुको बाढी नै आएको छ । कतिपयले रविको अभिब्यक्ति वास्तविक रहेको भन्दै उनले उठाएका विषयको समर्थन गरेका छन् भने केहीले… Continue reading रविको पक्षमा को विपक्षमा को ?

टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प/ ९० भन्दा बढीको मृत्यु

२३ माघ, एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण–पूर्वी टर्कीको गाजियनटेपमा आज बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाली सीमानजिकै गाजियनटेपको कहानमारास नजिक ७.८ म्याग्निच्युडको पहिलो भूकम्प महसुस गरिएको थियो । यूएसजीएसले यहाँ जनधनको ठूलै क्षति हुने सम्भावना रहेको जनाएको… Continue reading टर्कीमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प/ ९० भन्दा बढीको मृत्यु

साफ यू २० महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

२२ माघ, काठमाडौं । महिला साफ यू २० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाएकी हुन् । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै… Continue reading साफ यू २० महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

उपचुनाव नजिते कुनै पदमा नजाने रविको बाचा

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।

स्वतन्त्रले सरकार छाड्यो, समर्थन कायमै

२२ माघ, काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सहभागी भएको ४२ दिनमै रविको पार्टी सरकारबाट फिर्ता भएको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै रहने निर्णय भएको सभापति… Continue reading स्वतन्त्रले सरकार छाड्यो, समर्थन कायमै

रास्वपा सरकारबाट बाहिरिएसँगै ५ मन्त्रालय मन्त्रीविहीन

२२ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् ।रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ। जसअनुसार रास्वपाबाट मन्त्री बनेका शिक्षामन्त्री शिशिर खनाल र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद… Continue reading रास्वपा सरकारबाट बाहिरिएसँगै ५ मन्त्रालय मन्त्रीविहीन

सरकारबाट बाहिरिने रास्वपाको निर्णय / आजै राजिनामा दिने

२२ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्‍त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। उक्त निर्णयपछि आज नै राजीनामा बुझाउने रास्वपाका सभापति रवि लामिछानेले बताए। रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री… Continue reading सरकारबाट बाहिरिने रास्वपाको निर्णय / आजै राजिनामा दिने

धनुषामा विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा

२२ माघ, काठमाण्डौ। धनुषाको बटेश्वर गाउँपालिका वडा नं १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं। १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् । वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार… Continue reading धनुषामा विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थीहरु आन्दोलनमा

मन्त्रीका लागि रास्वपाले गर्यो संसद बैठक बहिस्कार

२२ माघ, काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन् । उनीहरू यतिबेला पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन् । सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ । सोहीअनुसार… Continue reading मन्त्रीका लागि रास्वपाले गर्यो संसद बैठक बहिस्कार

अत्यधिक गर्मीले जल्यो चिली

२२ माघ,एजेन्सी । कतिपय मुलुकहरुमा पछिल्लो समय अत्याधिक चिसोका कारण मानिसहरुको कठ्यांग्रिएर मृत्यु भएका खबरहरु आइरहँदा दक्षिण अमेरिकी मुलुक भने अत्यधिक गर्मीको चपेटामा परेका छन् । चिलीमा अत्यधिक गर्मीले मानिसहरुको प्राण लिइरहेको छ । मौसम अत्याधिक ताती रहँदा चिलीका दर्जनौँ जङ्गलमा डढेलो लागेको छ । जसकाकारण कम्तीमा २३ जनाको ज्यान गएको बताइएको छ । राजधानी… Continue reading अत्यधिक गर्मीले जल्यो चिली

पाकिस्तानका सैन्य शासक मुसर्रफको निधन

२२ माघ, एजेन्सी । पाकिस्तानका सैन्य तानाशाह जनरल परवेज मुशर्रफको दुबईमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । मुसर्रफलाई मुटु र अन्य उमेर सम्बन्धी स्वास्थ्य समस्या थियो। पाकिस्तानी टेलिभिजन जियो न्युजका अनुसार ७९ वर्षीय मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको हो। मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति… Continue reading पाकिस्तानका सैन्य शासक मुसर्रफको निधन

चिनियाँ जासुसी बेलुन अमेरिकाले समुद्रमा खसाल्यो

२२ माघ, एजेन्सी । अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ । जासुसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो । उक्त जासुस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको… Continue reading चिनियाँ जासुसी बेलुन अमेरिकाले समुद्रमा खसाल्यो

टर्कीको २५ सय वर्ष पुरानो लोभलाग्दो भूमिगत सहर

२१ माघ, एजेन्सी । टर्कीको नेवेशीर प्रान्तमा एउटा शहर छ, डेरिन्कुयो नामको । यो सहरको केही हिस्सा जमिनभन्दा माथि र केही तल छ । जसलाई डेरिन्कुयो भूमिगत सहर भनिन्छ । यो लगभग २५ सय वर्ष पुरानो हो । भूमिगत सहरको गहिराइ कतिपय ठाउँमा ८५ फिट र कतिपय ठाउँमा २८० फिट रहेको छ । यस भूमिगत… Continue reading टर्कीको २५ सय वर्ष पुरानो लोभलाग्दो भूमिगत सहर

दुई महिने पार्टी सुदृढीकरण अभियान चलाई रिपोर्ट बनाउने माओवादीको निर्णय

१२ माघ ,काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई महिने अभियान चलाउने भएको छ । पार्टीको शनिबार बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने निर्णय गरेको हो।पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको छ । चुनावको… Continue reading दुई महिने पार्टी सुदृढीकरण अभियान चलाई रिपोर्ट बनाउने माओवादीको निर्णय

भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

२१ माघ, काठमाण्डौ । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्म्ेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९… Continue reading भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मी

राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँने

२१ माघ, काठमाडौँ । आइतबार राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले  जानकारी दिए । यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको… Continue reading राष्ट्रियसभा उपाध्यक्षका लागि भोलि मनोनयन दर्ता हुँने

सन्दीप र क्यानविरुद्ध लाग्यो बहिस्कारको नारा

२१ माघ, बाठमाण्डौ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै यतिबेला चर्को आलोचना भइरहेको छ । बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दै नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो । शनिबार पनि क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजित… Continue reading सन्दीप र क्यानविरुद्ध लाग्यो बहिस्कारको नारा

ल्याटिन अमेरिकामा पनि देखियो ‘चिनियाँ जासुसी बेलुन’

२१ माघ, एजेन्सी । अमेरिकापछि ल्याटिन अमेरिकामा पनि चीनको जासुसी बेलुन देखापरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपी र एसोसिएटेड प्रेसले यो जानकारी दिएको हो । राइडरले चीनको दोस्रो जासुसी बेलुन ल्याटिन अमेरिकामा देखिएको दाबी गरेका छन । तर उनले बेलुनको सही स्थान भनेनन् ।… Continue reading ल्याटिन अमेरिकामा पनि देखियो ‘चिनियाँ जासुसी बेलुन’

रविले दिएको अल्टिमेटम सकिने आज अन्तिम दिन

२१ मघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई गृह मन्त्रालय दिने÷नदिनेबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दिएको २ दिनको समय आज सकिँदै छ । यहीबीच सत्ता साझेदार दलका दुई शीर्ष नेताहरू विहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारे छलफल तिव्र पारेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा… Continue reading रविले दिएको अल्टिमेटम सकिने आज अन्तिम दिन

मलेसियाले नेपालीलाई आफ्नै देशका कामदार सरह सुविधा दिने

२१ मघ, काठमाण्डौ । मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा आएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएको… Continue reading मलेसियाले नेपालीलाई आफ्नै देशका कामदार सरह सुविधा दिने

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

२१ माघ,एजेन्सी । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियन क्लब अल नासरका लागि पहिलो गोल गरेका छन् । तर साउदी प्रो लिगमा भने अल नासरले अल फतेहसँग अंक बाड्न बाध्य भयो । शुक्रबार राति भएको खेलमा अल नासरले अल फतेहसँग २–२ गोलको बराबरी खेलेको थियो । अल नासरका लागि तालिस्का र रोनाल्डोले एक–एक गोल… Continue reading रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

यूएईमा ८२ करोड जित्ने रन्जितकुमार को हुन् ?

२१ माघ, एजेन्सी । कतारमा कार्यरत एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रको सिरिज २४८ मा कतारमा कार्यरत रन्जितकुमार पालले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन् । सात वर्षदेखि कतारको राजधानीमा… Continue reading यूएईमा ८२ करोड जित्ने रन्जितकुमार को हुन् ?

एपबाट कसरी चोरियो लाखौ रकम ?८ जना पक्राउ

२० माघ, काठमाण्डौ । ‘नेपाली केटी’ भन्ने एप्लिकेसन डाउनलोड गर्दा बैंक खाताबाट लाखौँ रुपैयाँ गायब भएको छ । ठगि गिरोहले ‘नेपाली केटी’ भन्ने एप्लिकेसन बनाएर वाट्सअपमा लिंक पठाउने र डाउनलोड गर्न लोभ्याउने गरेको प्रहरीको दाबी छ । ललितपुर प्रहरी परिसरले सफ्टवेयरसहित ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन… Continue reading एपबाट कसरी चोरियो लाखौ रकम ?८ जना पक्राउ

नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किम

२० माघ, काठमाण्डौ । भारतीय सर्वोच्च अदालतले एक मुद्दाको फैसला गर्ने क्रममा सिक्किममा बसोबास गर्ने नेपालीभाषी भारतीयलाई विदेशी भनेर करार गरेपछि सिक्किमे नेपाली भाषीहरु आन्दोलित भएका छन् । भारतको सत्ताधारी दल दुवैमा आबद्ध सिक्किमे नेता तथा विधायकहरूले एकै स्वरमा विरोध गर्ने मुद्दा भारतीय सर्वोच्च अदालतले सिर्जना गरेको छ । भोटे, लेप्चा र नेपाली तीन जातिको… Continue reading नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किम

सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

२० माघ, काठमाण्डौ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक गरिएको छ । वेबसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनका अनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो रु भनेर खुल्न सकेको छैन… Continue reading सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेबसाइट ह्याक

अमेरिका र भारतका राजदूत किन प्रदेश पसे ?

२० माघ, विराटनगर । आसन्न राष्ट्रपति निर्वाचन तथा रिक्त रहेको गृहमन्त्रालयको रस्साकस्समिा शीर्ष दल र सरकार नै रुमलिरहेका बेला नेपालमा सक्रिय र हस्तक्षेपकारी भूमिका खेलेको आरोप लाग्ने गरेका भारत र अमेरिकामा राजदूतहरु भने जिल्ला दौडामा निस्किएका छन् । पछिल्लो समय अमेरिकी राजदूत डिन आर थोम्सन प्रदेश १ को राजधानी विराटनगर आएका छन् भने भारती राजदूत… Continue reading अमेरिका र भारतका राजदूत किन प्रदेश पसे ?

नेपाली सेनाले आफ्ना लागि आफै बुट उत्पादन गर्ने

२० माघ, काठमाण्डौ । नेपाली सेनाले अब आफूलाई आवश्यक पर्ने बुट आफै उत्पादन गर्ने भएको छ । सेनाले आफ्ना कर्मचारीका लागि आफैँ जुत्ता उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरेर जुत्ता कारखाना सञ्चालनमा ल्याएको छ । काठमाडौैंको सुन्दरीजलमा स्थापना गरिएको मसिनरी प्लान्टले वार्षिक साढे ८७ हजार जोर बुट एतपादन गर्ने लक्ष्य लिएको छ । कम्पनीको नाम नेपाली… Continue reading नेपाली सेनाले आफ्ना लागि आफै बुट उत्पादन गर्ने

एकैदिन तोलामा १४ सय रुपैयाँले सस्तियो सुनको भाउ

२० माघ ,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार… Continue reading एकैदिन तोलामा १४ सय रुपैयाँले सस्तियो सुनको भाउ

पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा ४९ जनाविरुद्ध मुद्दा दर्ता

२० माघ, काठमाण्डौ। पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा संलग्न रहेको आरोपमा ४९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अनुसन्धान अधिकारीले पक्राउ परेका र आरोपीहरुसँग बयान लिएर ४५ दिन अनुसन्धान गरिसकेपछि मुद्दा दर्ता गरेका हुन् । अभियुक्त मध्ये १५ जना पक्राउ परेका छन् भने ३४ जना फरार छन् । मधेस प्रदेश सभा सदस्य प्रमोद कुमार… Continue reading पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा ४९ जनाविरुद्ध मुद्दा दर्ता

व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..

२० माघ, काठमाण्डौ । काठमाडौं महानगर प्रहरीद्वारा व्हिलचेयरमा रहेका एक अशक्त पुरुष पक्राउ गरेको विषय अहिले प्रमुख आलोचनाको केन्द्र बनेको छ । सामाजिक संजालमा भाइरलभएको तस्बिरमा एकजना शारीरिक रुपमा फरक क्षमता भएका अपाङता वरण गरेका व्यक्तिलाई महानगर प्रहरीको ट्रकको पछिल्लो भागमा राखिएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक भएसँगै जीविकोपार्जनका लागि बाटोमा मास्क बेचिरहेका उनलाई महानगर… Continue reading व्हिलचेयरमा रहेका ब्यक्तिलाई महानगरले किन उठायो ? बालेन र नगर प्रहरीको आलोचना..

सन्दीपको धरौटीको कैफियत प्रतिवेदन सर्वाेच्चले माग्यो

२० माघ, काठमाण्डौ । सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ। कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो। गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको… Continue reading सन्दीपको धरौटीको कैफियत प्रतिवेदन सर्वाेच्चले माग्यो

सन्दीप राष्ट्रिय टिममा ,बलात्कार मुद्धा अदालतमा / धरौटी रिहा उल्टिन सक्ने

२० माघ, काठमाण्डौ । सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी आजका लागि तोकिएको छ । यसको पेशी न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ। फुयाँलको एकल इजलासका लागि तोकिएको पेशी सूचीमा दोस्रो नम्बरमै सन्दीपविरुद्धको पुनरावेदन छ। बहस भएको अवस्तामा सम्भवत कैफियत प्रतिवेदन झिकाउने आदेश सक्ने छ।… Continue reading सन्दीप राष्ट्रिय टिममा ,बलात्कार मुद्धा अदालतमा / धरौटी रिहा उल्टिन सक्ने

एमबाप्पेका समर्थकका लागि दुःखको खबर

२० माघ, एजेन्सी । स्पानिस ला लिगामा रियल मड्रिडले दश खेलाडीमा समेटिएको भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ । जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ । रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गर्याे । मार्काे… Continue reading एमबाप्पेका समर्थकका लागि दुःखको खबर

१३ वर्षअघिको कसुरमा नागरिक उन्मुक्तिका सांसद पुगे जेल

२० माघ , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पु¥याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ… Continue reading १३ वर्षअघिको कसुरमा नागरिक उन्मुक्तिका सांसद पुगे जेल

नेपालीका लागि के कोशेली लिएर आउँदैछन् मलेसियाका गृहमन्त्री ?

१९ माघ, काठमाण्डौ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । उनी साँझ ७ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै, उनले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल… Continue reading नेपालीका लागि के कोशेली लिएर आउँदैछन् मलेसियाका गृहमन्त्री ?

मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु

१९ माघ,काठमाण्डौ । मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु भएको छ।रोल्पा नगरपालिका ४ का २६ वर्षीय पुरन चन्द बिहीबार बिहान ७ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।घाइते चन्दको जिल्ला अस्पताल रेउघामा उपचारका दिउँसो सवा १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना शाखाले जानकारी दिएको छ। लिवाङबाट गजुलतर्फ जाँदै गरेको रा ३… Continue reading मोटरसाइकल दुर्घटना परी रोल्पामा एक युवकको मृत्यु

पारस खड्का क्यानको चुनावमा उम्मेदवार हुन नपाउने

१९ माघ, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यसमितिको अर्ली इलेक्सनको निर्णय गरेको छ । पोखरामा बुधबार सम्पन्न बैठकले जिल्ला र प्रदेशको प्रक्रिया टुंग्याएर जेठ मसान्तसम्म केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो । असोज, २०७६ मा निर्वाचित भएको क्यान कार्यसमिति (बोर्ड) को पदावधि सकिनु पाँच महिनाअगावै निर्वाचन गर्ने घोषणा गर्नुलाई नेपाल टी–२० लिगका कारण… Continue reading पारस खड्का क्यानको चुनावमा उम्मेदवार हुन नपाउने

५५ वर्षमा व्यावसायिक फुटबल खेल्दै काजु

१९ माघ, एजेन्सी । काजुयोशी मिउराको ५६ औँ जन्मदिन आउनै लागेको छ । तर यी जापानी स्ट्राइकर अझै क्लब फुटबलमा सक्रिय छन् । उनले व्यावसायिक फुटबल खेल्न थालेको पाँचौँ दशक हो । जापानी भेट्रान स्ट्राइकर मिउरा भर्खरै पोर्चुगलको दोस्रो श्रेणीको क्लब ओलिभिरेन्समा लोनमा अनुबन्ध भएका छन् । त्यसअघि उनी जापानी जे लिगको क्लब योकोहामा एफसीबाट… Continue reading ५५ वर्षमा व्यावसायिक फुटबल खेल्दै काजु

रविलाई गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा सरकारी कर्मचारीद्वारा आत्मदाहको प्रयास

१९ माघ,काठमाण्डौ । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ । थप विवरण आउन बाकीँ ।

मलेसियाका गृहमन्त्री तीनदिने भ्रमणका लागी आज काठमाडौं आउँदै

१९ माघ, काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ । मलेसियाले विभिन्न क्षेत्रका लागि करिब… Continue reading मलेसियाका गृहमन्त्री तीनदिने भ्रमणका लागी आज काठमाडौं आउँदै

नेप्सेमा आज १.९० अंकले वृद्धि

१९ माघ, काठमाडौँ । प्रिओपन सेसनमा बिहीबार सेयर बजार बढेको छ । यो सेसनमा नेप्से परिसुचक १.९० अंकले बढेर २११८.५५ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४२९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २४ हजार १९१ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ८ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ… Continue reading नेप्सेमा आज १.९० अंकले वृद्धि

चतुरबहादुरको राजीनामाले क्यानमा हलचल

१९ माघ,काठमाण्डौ । अनेकन विवाद, आरोप र प्रश्नैप्रश्नले घेरिएर अध्यक्षको पदबाटसमेत राजीनामा माग गरिएका नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द राजीनामा नदिने अडानमा देखिएका छन् । क्यानकै ६ जना केन्द्रिय सदस्यहरुले चन्दसहित कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । पछिल्लो समय भारतीय कम्पनीसँग भएको विवादित सम्झौता तथा नेपाल टि २० लिगमा भएको भनिएको स्पट… Continue reading चतुरबहादुरको राजीनामाले क्यानमा हलचल

१३ वर्षदेखि फरार नागरिक उन्मुक्तिका सांसद प्रहरीको सिकन्जामा

१९ माघ, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाने भएको छ । कैलाली जिल्ला अदालतले १० वर्षअघि… Continue reading १३ वर्षदेखि फरार नागरिक उन्मुक्तिका सांसद प्रहरीको सिकन्जामा

प्रचण्ड प्रधानमन्त्री बनेपछि पश्चिमाको भ्रमण किन बाक्लियो ?

१९ माघ, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बनेसंगै पश्चिमा उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । नयाँ सरकार बनेको महिना दिनपछि नै अमेरिकासहित पश्चिमा मुलुकका अधिकारीहरुले एकपछि अर्को भ्रमण गर्न लागेका छन् । हालै अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन । सो दौरान… Continue reading प्रचण्ड प्रधानमन्त्री बनेपछि पश्चिमाको भ्रमण किन बाक्लियो ?

युद्धको वार्षिक उत्सव रुसले कसरी मनाउँला ?

१९ माघ, एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पुग्दै गर्दा यही फेब्रुअरी २४ मा रुसले ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र… Continue reading युद्धको वार्षिक उत्सव रुसले कसरी मनाउँला ?

रविको पक्षमा ओली, निशानामा प्रचण्ड

१९ माघ, काठमाण्डौ । सर्वाेच्च अदालतको ६ दिन अघिको फैसलापछि लगातार देश भित्र प्रमुख चर्चाको विषय बनिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू मौन नवस्ने बताएका छन् । सर्वाेच्चको आदेशपछि स्वतन्त्र पार्टीले गृहमन्त्रालयका लागि गरेको लविङ र पार्टीको अडानलाई लिएर संचारमाध्याम तथा सामाजिक संजालबाट रविमाथि पदलोलुपता लगायतका गम्भिर विषयहरु उठान गरेपछि लामिछानेले आफ्नो… Continue reading रविको पक्षमा ओली, निशानामा प्रचण्ड

रविको क्षेत्र चितवन २ मा उपचुनाव नहुन सक्ने

१९ माघ, काठमाण्डौ । सर्वोच्च अदालतले चितवनको प्रतिनिधि सभा क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता नै अवैध ठहर भएको फैसला गरेपछि खाली रहेको चितवन २ मा उपनिर्वाचन हुने नहुने बहस शुरु भएको छ । रविको सांसद पद गुमेको प्रतिनिधिसभा बैठकमा समेत सभामुखले जानकारी गराइसकेको अवस्थामा उपचुनाव हुने कि… Continue reading रविको क्षेत्र चितवन २ मा उपचुनाव नहुन सक्ने

सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

१९ माघ,काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ।बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार… Continue reading सुनको भाउ अहिलेसम्मकै उच्चः तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ

९ केजी सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

१९ माघ, एजेन्सी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ केजी सुन प्रहरीले बरामद गरेको छ । उक्त सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट नेपाल आउँदै गरेका ती नागरिकको साथबाट ९ केजी १३५ ग्राम सुन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । ती नागरिक बुधबार राति काठमाडौं विमानस्थलबाट पक्राउ परेका हुन् । उनी रातिको… Continue reading ९ केजी सुनसहित विमानस्थलबाट क्यानेडियन नागरिक पक्राउ

एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँ तिर्नुपर्ने

१७ माघ, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा लाग्ने शुल्क घटाएको छ । अर्को बैंकको एटीएम प्रयोग गर्दा यसअघि २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो । राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अब २० रुपैयाँ शुल्कलाई १५ बनाएको हो । एउटा बैंकको एटीएम प्रयोग गरेर अर्कोबाट रकम… Continue reading एटीएमबाट पैसा झिक्दा १५ रुपैयाँ तिर्नुपर्ने

साउदीमा किन भयो रोनाल्डोको ब्यापक आलोचना?

१७ माघ, एजेन्सी । कीर्तिमानी मूल्यमा साउदी अरबको क्लब अल नासर पुगेको एक महिना पनि नपुग्दै पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आलोचना सुरु भएको छ । अल नासर पुगेपछि पनि प्रतिबन्धका कारण उनले दुई खेल खेल्न पाएका थिएनन् । यद्यपी रोनाल्डोले क्लबमा डेब्यु गरिसकेका छन् । साउदी अरेबिया सुपर कपमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि… Continue reading साउदीमा किन भयो रोनाल्डोको ब्यापक आलोचना?

क्यानमा महाभारत, ७ केन्द्रीय सदस्यले छाडे बैठक

१७ माघ,काठमाण्डौ । नेपाल ट्वान्टी–२० लिगमा ‘स्पट फिक्सिङ’, खेलाडीले पारिश्रमिक नपाएको, विजेता टिमले पुरस्कारसमेत नदिएको, फौजदारी अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा खेलाउने संकेत, राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको नाम र उनले प्रशिक्षण सुरु गरिसक्दा पनि नियुक्तिमै ढिलाई, पत्रकार सम्मेलन गरेर सरकारी निकायलाई धम्क्याउने प्रयास यस्ता विवादित ब्यवाहारले नेपाल क्रिकेट संघ क्यान नेतृत्व अहिले चौतर्फी आलोचना… Continue reading क्यानमा महाभारत, ७ केन्द्रीय सदस्यले छाडे बैठक

नोटबन्दीले लुकाएको नोट निस्किएला ? के नेपालमा नोटबन्दी सम्भव छ ?

१७ माघ, एजेन्सी । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारसँग नोटबन्दीको सुझाव दिएको छ। देश आर्थिक संकटतर्फ उन्मुख भएको भन्दै मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगे प्रधानमन्त्री प्रचण्डलाई भेट गर्दै समाजवादीले यस्तो सुझाव दिएको छ। नेकपा एसले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ–धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएको हो । देशको आर्थिक… Continue reading नोटबन्दीले लुकाएको नोट निस्किएला ? के नेपालमा नोटबन्दी सम्भव छ ?

ताइवानमा जबर्जस्ती नघुस्न अमेरिकालाई चीनको चेतावनी

१७ माघ,एजेन्सी । ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच फेरि तनाव बढ्ने देखिएको छ । अमेरिकाका जनरल माइक मिनिहनको एक बयानले दुवै शक्तिराष्ट्रहरुलाई पुनः आमने–सामने ल्याएको छ । जनरल माइकले शुक्रवार जारी गरेको एक मेमोमा भनेका थिए, ’’मलाई लाग्छ २०२५ मा चीन र अमेरिकाबीच युद्ध हुन सक्छ ।’’ माइकको यो बयानपछि अमेरिकी कांग्रेसमा बोल्दै रिपब्लिकन… Continue reading ताइवानमा जबर्जस्ती नघुस्न अमेरिकालाई चीनको चेतावनी

नेपाल विश्वको ११० औं भ्रष्ट देश

१७ माघ, एजेन्सी । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई)मा नेपाल विश्वमा भ्रष्टाचार बढी हुने ११०औं देश बनेको छ। नेपाल चीन र भारत मात्रै होइन, भुटान, माल्दिभ्स र श्रीलंकाको तुलनामा निक्कै भ्रष्ट देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)का अनुशार दक्षिणएशियाली देशमा नेपाल पाँचौं बढी भ्रष्टाचार हुने देश बनेको छ। ४५ अंक प्राप्त गरेको उत्तरी छिमेकी चीन ६५औं… Continue reading नेपाल विश्वको ११० औं भ्रष्ट देश