रवि गृहमन्त्री बन्न सर्वाेच्चको फैसला आउनु पर्ने , अब के हुन्छ ?

१७ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मा नदिने अन्तिम निर्णयमा नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्। सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकोे स्थायी कमिटी बैठकमा पदाधिकारीले गृह मन्त्रालय… Continue reading रवि गृहमन्त्री बन्न सर्वाेच्चको फैसला आउनु पर्ने , अब के हुन्छ ?

आज नेप्सेमा १५ अंकको गिरावट

१७ माघ ,काठमाडौं । अघिल्लो दिन ४१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज पनि १५ अंकमाथिले घट्न पुगेको छ ।नेपाल स्टक एक्सचेञ्ज अनुसार आज नेप्से सूचक १५।७४ अंकले घट्दै २१११।६३ विन्दुमा झरेको हो । दोहोरो अंकले नेप्से घटेको यसदिन कारोबार रकम समेत २ अर्बमा झरेको छ । आज कूल २ अर्ब… Continue reading आज नेप्सेमा १५ अंकको गिरावट

कोरोना कमजोर बन्दै, डब्ल्यूएचओ दियो खुशीको खबर

१७ माघ,एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी अनुसार आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन्। पछिल्लो समय विश्वका अधिकांश… Continue reading कोरोना कमजोर बन्दै, डब्ल्यूएचओ दियो खुशीको खबर

रामको मुर्ति बनाउन शालिग्राम किन अयोध्या लगियो ?

cof]Wof n}hfg nfluPsf] b]j lznf bdf}nLdf bdf}nL, !# df3 M cof]Wofdf dlGb/df eujfg >L /fd d"lt{ :yfkgf ug{sf nflu n}hfg nfluOPsf] b]j lznf z'qmaf/ bdf}nLdf . sfnLu08sL gbLsf] lznf lxGb'x?sf] kljq wfld{s:yn ef/tsf] cof]Wofdf eujfg /fdsf] d"lt{ lgdf{0fsf nflu n}hfg nfluPsf] xf] . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

१७ माघ, काठमाण्डौ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूर्ति बनाउने ‘देवशीला’ आज भारतको गोरखपुर पुग्ने भएको छ । नेपालले हस्तान्तरण गरेपछि सोमबार जनकपुरबाट अयोध्या लागेको देवशीलासहितको टोली आज भारतको बिहारस्थित मुजफ्फरपुरबाट अगाडि बढेको छ । सो टोलीमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी पनि रहेका छन् । सो टोलीले भोलि अयोध्या… Continue reading रामको मुर्ति बनाउन शालिग्राम किन अयोध्या लगियो ?

आज पारिलो घाम नलाग्ने

१७ माघ,काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका अधिकांश स्थानको मौसम धुम्मिएको मौसमविदले जानकारी दिएका छन्। आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना कम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।… Continue reading आज पारिलो घाम नलाग्ने

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर

१७ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र… Continue reading सुनको भाउ प्रतितोला पाँच सयले घट्यो , चाँदीको स्थिर

थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित/एक जना पक्राउ, पाँच को खोजी हुँदै

१७ माघ, काठमाण्डौ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको छ । हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी… Continue reading थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित/एक जना पक्राउ, पाँच को खोजी हुँदै

भोकमरी सुधारमा नेपालले भारतलाई जित्यो

१६ माघ, एजेन्सी । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख हुँदै देखिएको छ । विश्व भोकमरी सूचकाङ्क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । नयाँ सूचकाङ्कमा १२१ मुलुकको भोकमरीको अवस्था सार्वजनिक गरिएको छ ।… Continue reading भोकमरी सुधारमा नेपालले भारतलाई जित्यो

मोदीका लागि बीबीसीमाथि खनिए भारतीय

१५ माघ, एजेन्सी । बेलायतमा रहेका विभिन्न विदेशी भारतीय संस्थाका सयौं सदस्यहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको विवादास्पद वृत्तचित्रको विरोधमा मध्य लन्डनस्थित बीबीसी मुख्यालय बाहिर प्रदर्शन गरेका छन्। लन्डन, म्यानचेस्टर, बर्मिङ्घम, ग्लासगो र न्यूकासलका बीबीसी स्टुडियोहरूमा ’चलो बीबीसी’ विरोध प्रदर्शनहरू आयोजना गरिएको छ । यसको आयोजना ’इन्डियन डायस्पोरा यूके’ (आईडीयूके), ’फ्रेन्ड्स अफ इन्डिया सोसाइटी इन्टरनेशनल’ (एफआईएसआई)… Continue reading मोदीका लागि बीबीसीमाथि खनिए भारतीय

निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट/हालिनअंश मुद्दा

१६ माघ,काठमाण्डौ । कुमारी आमाका रुपमा चिनिएकी सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । बलात्कार मुद्धामा न्यायको माग गर्दै पीडकको डिएनए परीक्षण गराउनु भन्दै पटक पटक अनशन बस्दै आएकी निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएसँगै घटनामा नयाँ ट्वीस्ट आएको हो । धनुषा जिल्ला अदालतका श्रेष्तेदार विकास बस्नेतका अनुसार निहारिकाले… Continue reading निहारिका राजपूत प्रकरणमा नयाँ ट्वीस्ट/हालिनअंश मुद्दा

एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए

१६ माघ, एजेन्सी । एसियाका सबैभन्दा धनी तथा विश्वकै शीर्ष धनीको प्रमुख तेस्रो सूचीमा रहेका भारतका अर्बपति गौतम अडानीको अद्योगति सुरु भएको छ । अमेरिकी रिचर्ज ऐजेन्सी हिन्डनवर्गको अनुसन्धानले भारतका अर्बपति अडानीले ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् । अमेरिकाको हिन्डनवर्ग रिसर्चले बुधबार अडानी समूहको बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो । जसको शीषर्क थियो,… Continue reading एक रिपोर्टले अडानीले ३० अर्ब डलर गुमाए

सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

१६ माघ, काठमाण्डौ । आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारणले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा… Continue reading सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

पीएसजीमा मेसी,एमबाप्पे र नेयमारको आलोचना

१६ माघ,एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेसी, नेयमार र किलीयन एमबाप्पेलाई प्रहार गरेका छन्। विश्व प्रख्यात फरवार्ड ट्रियोले आफ्नो प्रि–वर्ल्डकप लय पुनः प्राप्त गर्न असफल भएका छन्, जसको परिणामस्वरूप क्लबको नतिजामा पनि गिरावट आएको छ। पीएसजी आइतबार, जनवरी २९ मा पार्क डेस प्रिन्सेसमा लिग १ मा स्टेड रेम्ससँग १–१… Continue reading पीएसजीमा मेसी,एमबाप्पे र नेयमारको आलोचना

आज नेप्सेमा ४१ अंकको गिरावट

१६ माघ ,काठमाडौं । नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले… Continue reading आज नेप्सेमा ४१ अंकको गिरावट

प्रतितोला तीन सयले बढ्यो सुनको मूल्‍य,कतिमा हुदैछ कारोबार?

१६ माघ,काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार रुपैयाँ र तेजाबी… Continue reading प्रतितोला तीन सयले बढ्यो सुनको मूल्‍य,कतिमा हुदैछ कारोबार?

आज शहीद दिवस/सम्झनेमात्रै कि शहीदको सपना पनि पूरा गर्ने ?

१५ माघ,काठमाण्डौ। आज शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस आज पनि विविध कार्यक्रम गरी मनाइदैछ । माघ १० देखि नै विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२… Continue reading आज शहीद दिवस/सम्झनेमात्रै कि शहीदको सपना पनि पूरा गर्ने ?

आफूविरुद्ध प्रदर्शन चर्किएपछि बालेनले किन खोजे प्रधानमन्त्रीको साथ ?

१५ माघ, काठमाण्डौ । डोजर आतंक मच्चाएको भन्दै आफूविरुद्ध प्रदर्शन सुरु भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्रीसंग गुहार मागेका छन् । पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाहरूले विरोध गरिरहेका छन् । निजी सम्पत्तिमा महानगरले क्षति पु¥याएको भन्दै आन्दोलनसमेत भइरहेको छ । आइतबार पनि महानगरविरुद्ध विरोध प्रदर्शन भएको थियो । मेयर शाहले… Continue reading आफूविरुद्ध प्रदर्शन चर्किएपछि बालेनले किन खोजे प्रधानमन्त्रीको साथ ?

भित्ता फोडेर कसरी भागे ६ जना थुनुवा ?

१६ माघ, काठमाण्डौ । धनुषामा ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका हुन् । उनीहरू राति दुई बजेदेखि चार बजेको बीचमा हिरासत तोडेर फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । हिरासतमा ७ थुनुवा रहेकोमा एक जना भने नभागेको… Continue reading भित्ता फोडेर कसरी भागे ६ जना थुनुवा ?

ओली रविको फेभरमाः के छ प्रचण्डको मुड ?

१६ माघ, काठमाण्डौ । नयाँ नागरिकता लिएसँगै निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पुनः सिंहदरबार छिर्ने तयारीमा जुटेका छन् । आइतबार काठमाडौं जिल्ला प्रशासनबाट नागरिकता लिएलगत्तै उनले पुनः उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारी लिने गृहकार्य सुरु गरेका छन् । उनले आइतबार दिनभर आफ्नो पार्टी र सत्तासाझेदार दलभित्र राजनीतिक वातावरण बनाउन छलफल गरेका थिए । लामिछानेलाई राष्ट्रिय स्वतन्त्र… Continue reading ओली रविको फेभरमाः के छ प्रचण्डको मुड ?

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा नियुक्त

१५ माघ, काठमाडौं । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे । गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक… Continue reading राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अनन्त थापा नियुक्त

पल शाहको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

१५ माघ,काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहलाई जबर्जस्ती करणीको मुद्दामा सफाइ दिने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । गत बिहीबार सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने भन्दै निवेदन दर्ता गरेको हो । पलका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार गत भदौ २१ गते बलात्कारको… Continue reading पल शाहको मुद्दामा सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

१५ माघ, काठमाण्डौ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको प्रवक्ता सञ्जिवराज रेग्मीले बताए । उनका… Continue reading सन्दीपलाई थुनामै राख्ने गरी सरकार सर्वोच्च जाने

भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

१५ माघ,काठमाडौं । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।तराईका… Continue reading भोलि पनी सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

मेसीले कोपा अमेरिका र विश्वकप पनि खेल्ने !

१५ माघ,एजेन्सी । इक्वेटरको पोल्टामा परेको कोपा अमेरिका अब अमेरिकामा हुने भएको छ । इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो । सन् २०२४ मा अमेरिकामा हुने दक्षिण अमेरिकी महादेशको कोपा अमेरिका कपमा अब १६ टोलीको सहभागिता रहने भएको छ । कोपा… Continue reading मेसीले कोपा अमेरिका र विश्वकप पनि खेल्ने !

मोन्टी देशाईलाई प्रशिक्षक नियुक्तिमा किन ढिलाई ?

१५ माघ ,एजेन्सी । नेपाली क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक मोन्टी देशाई शनिबार नेपाल आइपुगेका छन् । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नियुक्तिको लागि अनुमति नदिँदा नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म औपचारिक रुपमा सार्वजनिक गरेको छैन । प्रशिक्षक छनोट समितिले सिफारिस गरेका मोन्टी देशाईको नाम क्यान कार्यसम्पादन समितिले पास गरेर राखेप र आइसिसीलाई… Continue reading मोन्टी देशाईलाई प्रशिक्षक नियुक्तिमा किन ढिलाई ?

हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

१५ माघ, काठमाण्डौ । गुल्मीको मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको र घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने… Continue reading हातखुट्टा बाँधि हत्या गरेको अवस्थामा गुल्मीमा महिलाको शव फेला

कोभिड लगत्तै चिनियाँ अर्थतन्त्र सक्रिय, विश्व चकित

१५ माघ, एजेन्सी । पछिल्ला वर्ष कोभिड माहामारीले थलिएको चीनले कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु पmुकुवा गर्दै आर्थिक व्यवस्थालाई पूर्णरुपमा सक्रिय पार्दै लगेको छ । यसले सिंगो विश्व अर्थतन्त्रमा फेरि पनि तरंग ल्याउन सक्ने चर्चा सुरु भएको छ । किनभने चीनको बलियो अर्थतन्त्र प्रायः विश्वव्यापी आर्थिक वृद्धिको प्रमुख संकेत हो । चीनको चलायमान आर्थिक गतिविधिले… Continue reading कोभिड लगत्तै चिनियाँ अर्थतन्त्र सक्रिय, विश्व चकित

आज नेप्सेमा १४ अंकको गिरावट

१५ माघ ,काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । १४ अंकले घटेसँगै परिसूचक २१ सय ६८ अंकमा आएर रोकिएको छ ।परिसूचक घटेपनि आज ४८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । बजार घटेपनि… Continue reading आज नेप्सेमा १४ अंकको गिरावट

‘पठान’ ले केजीएफ २ र बाहुबली २ लाई पछार्याे/ कति भयो कमाइ ?

१५ माघ, एजेन्सी । शाहरुख खानको ‘पठान’ चलचित्रले बक्स अफिसमा धमाधम कलेक्सन जारी राखेको छ । भारतीय संचारमाध्यामका अनुशार फिल्मले ४ दिनमै २०० करोड क्लबमा पुगेको छ । योसँगै ‘पठान’ले केजीएफ २ र बाहुबली २ लाई पछि पार्दै २०० करोड क्लबमा सामेल हुने कीर्तिमान पनि बनाएको छ । केजीएफ २ ले २०० करोड भारु कमाउन… Continue reading ‘पठान’ ले केजीएफ २ र बाहुबली २ लाई पछार्याे/ कति भयो कमाइ ?

रविले पाए नागरिकता, फेरि चुनाव लड्ने बाटो खुल्यो

१५ माघ,काठमाण्डौ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । लामिछाने आज नागरिकता पुनः प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए ।काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतको आदेशबाट अनागरिक भएका निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकता प्रमाणपत्र लिएको पुष्टि गरेको छ। आइतबार काठमाडौंका… Continue reading रविले पाए नागरिकता, फेरि चुनाव लड्ने बाटो खुल्यो

ललितपुरबाट अवैध तथा नक्कली मदिरासहित तीन जना पक्राउ

१५ माघ , काठमाडौं । भारी मात्रामा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ।नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो।उनीहरूले केमिकल हालेर महँगो ब्राण्डको रक्सी बनाउने गरेका पाइएको प्रहरीले बताएको छ। पक्राउ पर्नेहरूको नाम प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ। खुकरी रम, डबल… Continue reading ललितपुरबाट अवैध तथा नक्कली मदिरासहित तीन जना पक्राउ

कालो सूचीमा रहेका १२ कम्पनी कुन–कुन हुन् ?

१५ माघ, काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको उक्त कार्यालयले निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्ने कम्पनीमा डिडेल्धुराका जगतबहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। रामबहादुर राना नेतृत्वको लक्ष्मी निर्माण सेवा अर्घाखाँची, प्रकाश… Continue reading कालो सूचीमा रहेका १२ कम्पनी कुन–कुन हुन् ?

धनकुटा महोत्सवमा प्रहरीको लाठीचार्ज

१५ माघ, विराटनगर । धनकुटामा चलिरहेको पाँचौँ धनकुटा महोत्सवमा झडप हुँदा बालबालिका र महिलासहित केही दर्शक घाइते भएका छन् । गएराति भएको झडपमा घाइते भएकामध्ये २४ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अरु केहीको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिएका छन् ।… Continue reading धनकुटा महोत्सवमा प्रहरीको लाठीचार्ज

भारतीय वायुसेनाको विमान दुर्घटना एक पाइलटको मृत्यु/दुईको सकुशल उद्धार

१४ माघ ,एजेन्सी । मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु विमानको भग्नावशेष निकाल्न उद्धार कार्य जारी छ। राजस्थानको रतनगढमा पनि लडाकु विमानको भग्नावशेष खसेको प्रहरीले जनाएको छ । भारतीय वायुसेनाका दुई… Continue reading भारतीय वायुसेनाको विमान दुर्घटना एक पाइलटको मृत्यु/दुईको सकुशल उद्धार

सुदूरपश्चिम र कर्णालीमा वर्षाको अनुमान

१४ माघ,काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू–भागमा हुस्सुरकुहिरो… Continue reading सुदूरपश्चिम र कर्णालीमा वर्षाको अनुमान

धनुषा बाट माउजर पेस्तोलसहित २ जना पक्राउ

१४ माघ, काठमाण्डौ । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो । इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी… Continue reading धनुषा बाट माउजर पेस्तोलसहित २ जना पक्राउ

लद्दाखमा चीन–भारतबीच थप झडप हुने संकेत

१४ माघ, एजेन्सी । लद्दाख क्षेत्रमा आगामी दिनमा भारतीय र चिनियाँ सैनिकबीच थप झडप हुने निष्कर्ष भारतीय प्रहरीको एक सुरक्षा अध्ययनले निकालेको छ । सो क्षेत्रमा चीनले सैन्य पूर्वाधार निर्माण गरिरहँदा झडपको सम्भावना झन् बढेको लद्दाख प्रहरीको आकलन छ । लद्दाख प्रहरीले गरेको नयाँ र गोप्य अध्ययनपछि यस्तो निष्कर्षसहितको प्रतिवेदन जनवरी २० देखि २२ सम्म… Continue reading लद्दाखमा चीन–भारतबीच थप झडप हुने संकेत

 कोरोना शुन्यमा झर्यो

१४ माघ, काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३३३ जनाको नमुना परिक्षण गर्दा कसैलाई पनी कोरोना सङ्क्रमण पुष्टि नभएको, आजै ३ जना सङ्क्रमण मुक्त हुदा मृतकको संख्या पनी शुन्यमा झरेको र हाल सक्रिय सङ्क्रक्रमितको संख्या १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वेबसाइट डाउन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान ठप्प

१४ माघ, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा आज दिउँसो घण्टौंसम्म विमान उडान बन्द भएको छ । जसका कारण ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।… Continue reading वेबसाइट डाउन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान ठप्प

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश/उपाध्यक्षसहित मन्त्री बनाउँने सम्भावना

१४ माघ, काठमाण्डौ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलनसमेत गरिएको छ । उन्मुक्ति… Continue reading अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश/उपाध्यक्षसहित मन्त्री बनाउँने सम्भावना

रवि पुनः नागरिकता लिने तयारीमा/श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापति

१४ माघ, काठमाण्डौ सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदसमेत गुमाएका छन् । उनले २०५० मा लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेकाले सो पनि अवैध भएपछि सभापति पद पनि गुमाएका हुन् । सभापतिबाट रवि हट्नासाथ शुक्रबार साँझ नै बसेको रास्वपाको आकस्मिक… Continue reading रवि पुनः नागरिकता लिने तयारीमा/श्रममन्त्री अर्याल रास्वपाको कार्यवाहक सभापति

रवि अनागरिक हुँदा सीकेलाई पिर / भने, come back hero

१४ माघ, काठमाण्डौ । पार्टी खोलेको ६ महिनामै भारी मतान्तरसहित चुनाव जितेर उपप्रधान तथा गृहमन्त्री भएका रवि लामिछाने, शुक्रबारको सर्वोच्च अदालतको फैसलाले एकाएक अनागरिक ठहर भएपछि यसबारे सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । अदालतको यो फैसलाले चितवन–२ बाट प्रतिनिधिसभा सदस्य बनेका रविको सांसदसहित गृहमन्त्री, पार्टी सभापति तथा संसदीय दलको नेतासमेत गुम्दा केही उनका शुभचिन्तकहरुले… Continue reading रवि अनागरिक हुँदा सीकेलाई पिर / भने, come back hero

क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

१३ माघ, एजेन्सी । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ । यसअघि सन्दीपलाई राष्ट्रिय… Continue reading क्यानले २८ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा सन्दीप परेनन्

क्यानले बन्द प्रशिक्षणमा बोलाएको २८ खेलाडीमा सन्दीप लामिछाने अटाएनन्

१३ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन । थप जानकारी आउन बाकीँ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति माघ २३ गते तोकियो

१३ माघ , काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ : ५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक… Continue reading राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति माघ २३ गते तोकियो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१३ माघ, काठमाण्डौ ।  पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमित थपिएका छन् । एक सय ५० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि हुदाँ २ जना कोरोना संक्रमणमुक्त भएको र हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज प्रतितोला ११ सय रुपैयाँले सस्तीयो सुन

१३ माघ, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार… Continue reading आज प्रतितोला ११ सय रुपैयाँले सस्तीयो सुन

कालीगण्डकीको शिलाबाट अयोध्यामा राम र सीताको मुर्ति बन्ने

cof]Wof n}hfg nfluPsf] b]j lznf bdf}nLdf bdf}nL, !# df3 M cof]Wofdf dlGb/df eujfg >L /fd d"lt{ :yfkgf ug{sf nflu n}hfg nfluOPsf] b]j lznf z'qmaf/ bdf}nLdf . sfnLu08sL gbLsf] lznf lxGb'x?sf] kljq wfld{s:yn ef/tsf] cof]Wofdf eujfg /fdsf] d"lt{ lgdf{0fsf nflu n}hfg nfluPsf] xf] . tl:a/ M s[i0f Gof}kfg]÷ /f;;

१३ माघ,काठमाण्डौ । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ । म्याग्दीको बेनी… Continue reading कालीगण्डकीको शिलाबाट अयोध्यामा राम र सीताको मुर्ति बन्ने

के यो बाइडेनको देश अमेरिका पनि आर्थिक संकटमा छ ?

१३ माघ, एजेन्सी । पाकिस्तान जस्तै अमेरिकामा पनि ऋणको बहस सुरु भएको छ । फरक यति हो कि पाकिस्तान पूर्वनिर्धारितको कगारमा छ र अमेरिका छैन। तर, अमेरिकामाथि पाकिस्तानको ऋण धेरै गुना छ । यति हुँदाहुँदै पनि यो विश्वको महाशक्ति सबैभन्दा ठूलो आर्थिक र सैन्य शक्ति बनेको छ । अमेरिकी कंग्रेसको बैठक सुरु भएपछि देशको राष्ट्रिय… Continue reading के यो बाइडेनको देश अमेरिका पनि आर्थिक संकटमा छ ?

शिक्षामन्त्रीको पहिलो निर्णय विवादित, लाग्यो कमिसनको आरोप

१३ माघ, काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शुक्रवार रत्नराज्य क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले १ देखि… Continue reading शिक्षामन्त्रीको पहिलो निर्णय विवादित, लाग्यो कमिसनको आरोप

साउदीमा रोनाल्डोविरुद्ध मेसीको नारा लाग्यो

१३ माघ ,एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ । सम्झौतापछि अल नासरका लागि सुपर कपमा दुई खेल खेलेका रोनाल्डो दुवै खेलमा गोलगर्नबाट भने बन्चित भएका छन् । विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३–१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । विजयी… Continue reading साउदीमा रोनाल्डोविरुद्ध मेसीको नारा लाग्यो

तोसिमाले प्रेमलाई भेट्नुको कारण खुलाइन

१३ माघ, काठमाण्डौ । काठमाडौं संसद भवन अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै चौतर्फी आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले उनका भेट्न जानुको कारण र तत्कालीन अवस्थाबारे प्रष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो… Continue reading तोसिमाले प्रेमलाई भेट्नुको कारण खुलाइन

गृहमन्त्री रविको नागरिकताको आज अन्तिम फैसला

रविको मन्त्री र सांसद पद रहला कि नरहला ? गृहमन्त्री रविको नागरिकताको आज अन्तिम फैसला १३ माघ, काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । यसअघि बुधबार संवैधानिक पूर्ण इजालसमा भएको सनुवाइ नसकेकाले हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा… Continue reading गृहमन्त्री रविको नागरिकताको आज अन्तिम फैसला

प्रेम प्रकरणका स्टन्टवाजहरु को–को हुन् ?

१२ माघ, काठमाण्डौ । स्व प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध भएको छ । माईतीघर मण्डलामा बिहीवार पनि मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न… Continue reading प्रेम प्रकरणका स्टन्टवाजहरु को–को हुन् ?

होटल, रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क खारेज

१२ माघ। काठमाण्डौ । सर्वोच्च अदालतले होटल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ। सेवा शुल्क खारेजीको माग गर्दै २३ जेठ २०७५ मा प्रेमलाल महर्जनले दायर गरेको रिटमा बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले फैसला सुनाएको हो। फैसलामा भनिएको छ,… Continue reading होटल, रेस्टुरेन्टको १० प्रतिशत सेवा शुल्क खारेज

सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

१२ माघ,काठमाण्डौ । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी र्दिए । छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण… Continue reading सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सूर्यकुमारले जिते उत्कृष्ट टि२० क्रिकेटरको अवार्ड

१२ माघ, एजेन्सी । भारतीय क्रिकेटर सूर्यकुमार यादवले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टि२० आई क्रिकेटर अफ दी अवार्ड जितेका छन् । सानदार प्रदर्शन गरेका सूर्यले उत्कृष्ट टि२० क्रिकेटर २०२२ को अवार्ड जितेका हुन् । उनले ट्वान्टी–२० फर्म्याटमा आईसिसीको यो अवार्ड हात पार्न इंग्ल्यान्डका साम करन, पाकिस्तानका मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि… Continue reading सूर्यकुमारले जिते उत्कृष्ट टि२० क्रिकेटरको अवार्ड

पृथ्वीमा छुद्रग्रहका ठूला टुक्रा खस्न सक्ने

१२ माघ, एजेन्सी । वैज्ञानिकहरूले पृथ्वीको नजिक रहेका क्षुद्रग्रहहरूमा निरन्तर नजर राख्छन्। विशाल क्षुद्रग्रहहरूले पृथ्वीमा ठोक्किँदा विनाश पनि ल्याउन सक्छ। डायनासोरहरू पृथ्वीबाट एक क्षुद्रग्रहद्वारा मेटाइयो जसले होलोकास्ट जस्तो अवस्था सिर्जना गरेको केही वैज्ञानिकहरुको दावी छ । अहिले एक मालवाह ट्रकको आकारको एउटा क्षुद्रग्रह पृथ्वीको नजिक आइरहेको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा नजिकको भेट… Continue reading पृथ्वीमा छुद्रग्रहका ठूला टुक्रा खस्न सक्ने

मिसन राष्ट्रपतिमा प्रचण्ड र ओली बीच भलाकुसारी

१२ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्रीनिवास बालुटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। भेटका क्रममा आसन्न राष्ट्रपति निर्वाचन, प्रदेश सरकारको पूर्णता लगायतका विषयमा छलफल भएको जनाइएको छ। एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिका लागि सर्वपक्षीय सहमति खोज्ने… Continue reading मिसन राष्ट्रपतिमा प्रचण्ड र ओली बीच भलाकुसारी

रोनाल्डोले आज गोल नगरे के होला ?

१२ माघ, एजेन्सी । साउदी सुपर कपको सेमिफाइनलमा आज अल इतिहाद र अल नासर आमने–सामने हुँदैछन्। साउदी सुपर कपको फाइनल प्रवेशका लागि साउदी प्रो लिगका प्रतिद्वन्दी क्लबहरु आज राति आमने–सामने हुन लागेका हुन्। अल नासरमा क्रिस्टियानो रोनाल्डोको प्रवेश अघि अन्तराष्ट्रिय संचारमाध्यामका लागि प्रमुख खबरमा स्थान पाउन नसकेको साउदी सुपर कपमाथि अहिले विश्वभरका फुटबल प्रेमीको नजर… Continue reading रोनाल्डोले आज गोल नगरे के होला ?

युक्रेनमा हतियारको भण्डार,अमेरिकाले ३१ ट्याङ्क पठाउने

१२ माघ, एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ३१ वटा शक्तिशाली युद्ध ट्याङ्क पठाउने निर्णय गरेको छ। जर्मनी र केही युरोपेली देशले अत्याधुनिक लियोपार्ड–२ नामक लडाकु ट्यांक पठाउने घोषणा गरेको केही समयपछिनै अमेरिकाले पनि एम वन अब्राम ट्यांक पठाउने निर्णय गरेको बिबिसीले जनाएको छ। रूसी आक्रमण विरूद्ध लड्नलाई पठाउने ट्यांक जर्मनीसँग सहकार्य गरेर परिचालन… Continue reading युक्रेनमा हतियारको भण्डार,अमेरिकाले ३१ ट्याङ्क पठाउने