धनुषाका १८ वटै पालिकाका प्रमुखहरु ले एकै पटक शपथ लिए

१० जेठ, जनकपुरधाम । धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् । जनकपुरधाममा मंगलबार आयोजित एक समारोहकाबीच सबै पालिका प्रमुखले सामूहिक रुपमै शपथ ग्रहण गरेका हुन् । जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले शपथ ग्रहण गरे । सबै पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका… Continue reading धनुषाका १८ वटै पालिकाका प्रमुखहरु ले एकै पटक शपथ लिए

भरतपुरमा रोकिएको मतगणना पुन सुरु

९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको केहीबेर रोकिएको मतगणना सुरु भएको छ । वडा नं। २७ को मतगणनाका क्रममा एकजना एमाले कार्यकर्तालाई पक्राउ गरेको विरोधमा एमालेले मतगणना रोक्न माग गरेको थियो ।सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले… Continue reading भरतपुरमा रोकिएको मतगणना पुन सुरु

स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर

८ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ९हर्क साम्पाङ० निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी… Continue reading स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर

मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित भएको छ । धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम… Continue reading मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । महतो ७ हजार ३१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरे । मेयरमा निर्वाचित महतो नेपाल प्रहरीका पूर्व… Continue reading पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ

६ जेठ, काठमाडौं। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेका छन् । बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका उनीमाथि निर्वाचन कसुर तथा सजाय ऐन, २०७३… Continue reading मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ

उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

Photo: Naresh Shrestha/ THT

५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेको जनमत यथावत रहेको बताएका हुन् । अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ । ‘हामी समग्र देशैभरिको तथ्यहरु… Continue reading उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

पोखरामा धनराजले अग्रता बढाए

५ जेठ, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले एमालेका कृष्ण थापालाई २ हजार ७ सय २० मतान्तरले पछि पारेका छन् । आचार्यले २२ हजार ८५२ मत ल्याउँदा एमालेका उम्मेदवार थापाले २० हजार १३२ मत ल्याएका छन् । यसअघि ५२… Continue reading पोखरामा धनराजले अग्रता बढाए

शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो

५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आंशिक कमीकमजोरी भए पनि निर्वाचनमा गठबन्धन सफल भएको बताए । ‘गठबन्धन सफल भयो । आंशिक रुपमा भएका कमीकमजोरीहरुलाई हामी सच्याउँछौ, समीक्षा गर्छौं । गठबन्धनकै कारण उल्लेख्य रुपमा गठबन्धनको… Continue reading शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा छाडेर मेयर लड्न आएँ ।’ सर्लाही क्षेत्र ४ ख बाट मधेस प्रदेश सभा सदस्य रहेका उनी राजीनामा दिएर गोडैता नगरपालिकाको मेयर उठेका थिए । उनले मेयरका लागि भोट माग्दा जनताको सेवा गर्न प्रदेश सभा छाडेको… Continue reading सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

दोलखाको जिरीको मेयरमा एमाले विजयी

३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन । मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उनका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गरेका हून । यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय… Continue reading दोलखाको जिरीको मेयरमा एमाले विजयी

ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन । गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई पछि पार्दौ विजय हासिल गरेका छन। उनले ६ हजार १७९ मत प्राप्त गरेका छन । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार… Continue reading ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता

३ जेष्ठ , भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छन । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन।… Continue reading भरतपुरमा रेनु दाहालले लिइन १ सय ६७ मतको अग्रता

एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

३ जेष्ठ ,धनकुटा । धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सात हजार ६ सय ६६ मतसहित एमाले उम्मेदवार तामाङ विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त… Continue reading एमालेका चिन्तन तामाङ कांग्रेसलाई १४ मतले हराउँदै धनकुटा नगरपालिकाको मेयरमा विजयी

विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

३ जेठ, विराटनगर । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । मंगलबार बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् । व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । २०७४ सालको स्थानीय तह… Continue reading विराटनगरमा कांग्रेसका कार्यकर्ताले गरे आफ्नै केन्द्रीय सदस्यमाथि हातपात

सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो

३ जेष्ठ ,काठमाण्डौ ।नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको विरुद्धमा गठबन्धन गरेर एक्ल्याउने ढङ्गले काम गर्नु आश्चर्य भएको बताएकाछन । आज मङ्गलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताएका हून । उपाध्यक्ष नेम्वाङले सबै दल मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ… Continue reading सुवास नेम्वाङले भने प्रमुख प्रतिपक्षलाई सबै दल मिलेर एक्लाउने कुरा नेपालमा मात्रै देखियो

माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए । मंगलबार २९ औं मदन आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै… Continue reading माधव नेपालले भने गठबन्धनका घटकले आफ्नो पार्टीसँग सहकार्य गर्न चाहेनन

एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित

३ जेठ, बुटवल । तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै विरोध भएपछि गणना स्थगित भएको छ । वडा नंं १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना… Continue reading एमालेको मत बढाएर अभिलेख राखेको भन्दै तिलोत्तमामा कांग्रेसको विरोध, गणना स्थगित

 धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी

३ जेष्ठ ,धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ । रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हून ।… Continue reading  धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी

ताप्लेजुङमा एक मत बढी ल्याएर गाउँपालिका उपाध्यक्षमा विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया विजयी भएकाछन । गठबन्धनबाट उम्मेदवार बनेकी कडरिया एक मत बढी ल्याएर निर्वाचित भएका हून। उनले २३७६ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवन चाम्लिङ राईले २३७५ मत ल्याएकाछन ।

विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

३ जेष्ठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुशार मिश्रित रुपमा अग्रताका परिणामहरु आइरहेका छन् । मेयरमा कांग्र्रेसले स्पष्ट मतका साथ अग्रता बढाउर्द लैजादा उपमेयरमा त्यसैगरी एमालेले अग्रता बढाउदै लगेको छ । यसैगरी वडा तहमा पनि एमालेले आफूलाई अब्बल सावित गर्दै आएको छ । कांग्रेसले मेयरमा अग्रता लिए पनि वडाहरुमा भने विगतको पकड… Continue reading विराटनगरमा नागेशलाई सागरले उछिन्न सकेनन्

संसदको बजेट अधिवेशन आजदेखि हुने

३ जेठ, काठमाडौं । संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा सभामुख अग्नि सापकोटाले पढेर सुनाउने कार्यतालिका छ । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने… Continue reading संसदको बजेट अधिवेशन आजदेखि हुने

पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै

३ जेष्ठ ,कास्की । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उनले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गरेका छन । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८ मत ल्याएका छन । यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८… Continue reading पोखरामा धनराज आचार्यले मतान्तर बढाउँदै

भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का

३ जेष्ठ, भरतपुर । तीव्र प्रतिस्पर्धा देखिएको भरतपुरको महानगरको मेयरका लागि सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले फेरि अग्रता बढाउँदै लगेकी छन्। १७ हजार ८४६ मत गणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५९ मतले पछि पारेकी छन्। यसअघि रेनु ३० मतले अगाडि थिइन्। पछिल्लो नतिजाअनुसार उनले ५ हजार ९४७ मत ल्याएकी छन्।… Continue reading भरतपुरमा अघि लम्किन रेनु, विजय तर्सिए ,भूईकटहरको धक्का

बालेन ५ हजार मतले अगाडि

३ जेष्ठ,काठमाडौ। देशभरको नजर अडिएको काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले मतान्तर थप फराकिलो बनाउदै लगेका छन् । उनी मुख्य प्रतिस्पर्धी भन्दा झन्डै दोब्बरले अगाडि रहेका छन् । महानगरको जारी मतगणनाको पछिल्लो मत अनुशार काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले अग्रता थप फराकिलो बनाएका छन् । बालेनले १० हजार ७९७ मत पाएका छन्… Continue reading बालेन ५ हजार मतले अगाडि

काठमाण्डौ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई १० हजार धेरै मत

३ जेष्ठ ,काठमाण्डौ । काठमाण्डौ महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लैजाँदा उपमेयरमा भने एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाएकी छन । अहिलेसम्म उनले १० हजार ४ सय ७७ मत पाएकी छन । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८… Continue reading काठमाण्डौ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोललाई १० हजार धेरै मत

विराटनगर उपमेयरमा ७ हजार मत बदर

२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा १६ हजार ३४३ मत गणना गर्दा उपमेयर पदको सात हजार भन्दा बढी मत बदर भएको छ । सोमबार दिउँसोसम्म १६ हजार ३४३ मत गणना गर्दा मेयरमा पाँच हजार १४६ र उपमेयरमा सात हजार २११ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बदर… Continue reading विराटनगर उपमेयरमा ७ हजार मत बदर

भरतपुरमा जगन्नाथ पौडेलको भुइँकटहरको मत बढ्दै

२ जेष्ठ ,चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ५८ मतले पछि पर्नु भएको छ । उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका हून । पछिल्लो मत परिणामअनुसार सुवेदीले ४ हजार ७ सय २७ मत ल्याएकाछन भने माओवादी केन्द्रकी उम्मेदवार… Continue reading भरतपुरमा जगन्नाथ पौडेलको भुइँकटहरको मत बढ्दै

वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे

२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी जसपा का राजेशमान सिंहले मतान्तरलाई थप फराकिलो बनाउँदै लगेका छन् । नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी भन्दा सिंह २ हजार ५९८ मतले अगाडि छन् । ९ हजार ५३८ मत गणना हुँदा सिंहले ४ हजार ६५७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरावगीले २… Continue reading वीरगञ्जमा राजेशमानले सरावगीलाई २५९८ मतले पछि पारे

धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता

२ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् । धनगढी उपमहानगरपालिका(१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा… Continue reading धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २,११० मतको अग्रता

पहिले जितेको एमालेलाइ अहिले कांग्रेसले हरायो

२ जेष्ठ ,कास्की। अघिल्लो निर्वाचनमा एमालेले जितेको कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा यसपालि कांग्रेस विजयी भएको छ। माछापुच्छ्रेका अध्यक्षमा मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएका छन्।अध्यक्ष गुरुङले ७०९९ मत ल्याउँदा उपाध्यक्ष अधिकारीले ६३७६ मत प्राप्त गरेकी छन्। यसअघिको निर्वाचनमा भने एमालेका कर्णबहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए।उपाध्यक्षमा समेत एमालेकै कृष्णकुमारी पौडेल… Continue reading पहिले जितेको एमालेलाइ अहिले कांग्रेसले हरायो

धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

२ जेष्ठ, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मत ल्याएर निर्वाचित भएका छन् । सुब्बाले निकटतम एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई १९५ मतान्तरले पराजित गरे । लिम्बूले चार हजार १६४ ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता खेवा चार हजार ३८७ मत सहित निर्वाचित भएकी छन् ।… Continue reading धनकुटाको छथर जोरपाटी गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

८३ पालिकाको नतिजाः कांग्रेस ३३, एमाले २८ र माओवादी २० पालिकामा विजयी

२ जेष्ठ, काठमाडौँ । पालिका चुनावमा हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ३३ र नेकपा एमालेले २८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख/अध्यक्षको पछिल्लो नतिजा नेकपा एमाले १. सोलुखुम्बुको… Continue reading ८३ पालिकाको नतिजाः कांग्रेस ३३, एमाले २८ र माओवादी २० पालिकामा विजयी

३२ पालिकाको नतिजा सार्वजनिक

जेठ १, काठमाण्डौ । पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.