३ जेठ ,काठमाण्डौ । आज विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ । यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा… Continue reading शीर्ष नेताहरुको चर्काचर्कीबीच कसरी होला सहमति ?
Category: समाचार
टी–२० विश्वकपको तालिका सार्वजनिक, सन्दीपले खेल्लान् ?
३ जेठ ,एजेन्सी । आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ४ जुनमा खेल्ने छ । सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको डल्लासस्थित ग्रान्ड प्रेयर क्रिकेट स्टेडियममा… Continue reading टी–२० विश्वकपको तालिका सार्वजनिक, सन्दीपले खेल्लान् ?
पुटिन र सी बीच भेट, के भयो कुरा ?
३ जेठ , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन् । उनको दुईदिने यो भ्रमण चीन र रुसबीचको कुटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठका अवसरमा भएको बताइएको छ । पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । रूस युक्रेन युद्धयता रूस र चीनका राष्ट्र प्रमुखबीचको भेट यो तेस्रो पटक हो । रुसको… Continue reading पुटिन र सी बीच भेट, के भयो कुरा ?
गिरीबन्धु प्रकरणः कसरी जोडिए ओली ?
१ जेठ , विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषयलाई अब सहकारी प्रकरणजस्तै कडा रूपमा सदनमा उठाउने तयारी गरेको छ । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने तयारी गरेको हो । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए… Continue reading गिरीबन्धु प्रकरणः कसरी जोडिए ओली ?
जिबी राईको पासपोर्ट रद्द गर्न अदालतले दिएन आदेश
१ जेठ , काठमाण्डौ । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ । आइतबार बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग गरेको थियो । राहदानी… Continue reading जिबी राईको पासपोर्ट रद्द गर्न अदालतले दिएन आदेश
बंगलादेश छात्रवृत्ति प्रकरणमा भएको के हो ? बोलिन् शिक्षामन्त्री सुमना
१ जेठ , एजेन्सी । सरकारी छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनमा जान लागेका १० विद्यार्थीको नाम हटाइएको तथा उनीहरूका स्थानमा फर्जी नाम सार्वजनिक गरिएको पाइएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले प्रष्टिकरण दिएकी छन् । उनले बङ्गलादेश सरकारबाट शैक्षिक वर्ष २०२३÷२४ मा प्राप्त चिकित्सा शिक्षा कोटाबारे गुनासोको विषयमा शिक्षा प्रेस विज्ञप्तिमार्फत प्रष्टिकरण दिएकी छन् । शैक्षिक वर्ष २०२३ ÷… Continue reading बंगलादेश छात्रवृत्ति प्रकरणमा भएको के हो ? बोलिन् शिक्षामन्त्री सुमना
टी–२० विश्वकप खेलिने स्टेडियमहरु कस्ता छन् ?
१ जेठ , एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी महिना जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । क्रिकेट विश्वमा सबैभन्दा लोकप्रिय र धेरै हेरिने खेलहरू मध्ये एक हो। विश्वका २० टोलीले विश्वकपमा पहिलो पटक भाग लिनेछन् । यस प्रतियोगिताको तालिका, ढाँचा, सहभागी टोलीहरूको सूची, लोगो र स्थान सहितको… Continue reading टी–२० विश्वकप खेलिने स्टेडियमहरु कस्ता छन् ?
हतियार लिएर युक्रेन पुगे ब्लिन्केन
१ जेठ , एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा रुसको ठूलो आक्रमको सामना गरिरहेको समयमा सहायता प्याकेजबाट यी हतियार आइपुगेका छन् । युक्रेनमा विदेशमन्त्री ब्लिन्केनले राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । ब्लिन्केनले उनीहरूलाई युक्रेनलाई अमेरिकाले सहयोग… Continue reading हतियार लिएर युक्रेन पुगे ब्लिन्केन
दिल्लीका स्कुल र अस्पतालहरुमा उडाउने धम्की
१ जेठ ,एजेन्सी । भारतको राजधानी दिल्लीमा फेरि एक पटक बमले उडाइदिने धम्की आएको छ । यस पटक दिल्लीमा रहेका विद्यालयहरुमा बमको धमाका गर्ने चेतावनी आएको थियो । त्यस लगत्तै फेरि दिल्लीका अस्पतालहरुमा पनि बम आक्रमणको चेतावनी दिइएको छ । ईमेलमार्फत बमले उडाउने धम्की प्राप्त भएको दिल्ली पुलिसले जनाएको छ । यसअघि पनि कयौं पटक… Continue reading दिल्लीका स्कुल र अस्पतालहरुमा उडाउने धम्की
शान्तोको कप्तानीमा बंगलादेशको टिम विश्वकप घोषणा
१ जेठ ,एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । बंगलादेशले विश्वकपका लागि मंगलबार नजमुल हुसैन शान्तोको कप्तानीमा ढिलो गरी विश्वकप टोलीको घोषणा गरेको हो । आगामी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । यसअघि शकिब अल हसनको कप्तानीमा बंगलादेशी… Continue reading शान्तोको कप्तानीमा बंगलादेशको टिम विश्वकप घोषणा
कांग्रेसले अब ओलीलाई पनि घेर्ने ? गिरीबन्धु टी स्टेट एजेण्डा
१ जेठ ,काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । आज दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत… Continue reading कांग्रेसले अब ओलीलाई पनि घेर्ने ? गिरीबन्धु टी स्टेट एजेण्डा
भारत–इरानबीचको बन्दरगाह सम्झौता कस्तो हो ?
१ जेठ ,एजेन्सी । भारत र इरानबीच सोमबार एउटा सम्झौता भएको छ । जसले चीन र पाकिस्तानलाई झड्का लाग्ने भारतीय मिडियामा दाबी गरिएको छ । भारत र इरानबीच चाबहारस्थित शाहिद बेहस्ती बन्दरगाह सञ्चालनबारे सम्झौता भएको हो । उक्त बन्दरगाह इरानको दोस्रो सबैभन्दा ठूलो बन्दरगाह हो । यो सम्झौता इन्डिया पोर्ट्स ग्लोबल लिमिटेड र पोर्ट्स एन्ड… Continue reading भारत–इरानबीचको बन्दरगाह सम्झौता कस्तो हो ?
आज दिल्ली र लखनउ, प्लेअफमा पुग्न दुवैलाई जित्नैपर्ने
१ जेठ , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ… Continue reading आज दिल्ली र लखनउ, प्लेअफमा पुग्न दुवैलाई जित्नैपर्ने
मुम्बईमा आँधीले होर्डिङ बोर्डलाई, होर्डिङले १४ जनालाई ढाल्यो
१ जेठ ,एजेन्सी । भारतको मुम्बईमा भीषण आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । सोमबार १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको हो । प्रहरीका अनुसार घाटकोपर (ई) क्षेत्रको… Continue reading मुम्बईमा आँधीले होर्डिङ बोर्डलाई, होर्डिङले १४ जनालाई ढाल्यो
सन्दीपको आज फैसला हुने संभावना कति छ ?
१ जेठ ,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ । यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट… Continue reading सन्दीपको आज फैसला हुने संभावना कति छ ?
विश्वभर हतियारको बजार बढ्यो, कुनको बढि माग ?
३१ वैशाख ,एजेन्सी । विश्व हतियार बजारमा अहिले उछाल आएको छ । रुस–युक्रेन तथा इजरेल–हमासबीच ठूलोस्तरमा युद्ध चलिरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबरमा इजरायल–हमास युद्धपछि अहिले हतियार बजार तातेको विभिन्न रिपोर्टलले उल्लेख गरेका छन् । यस वर्ष करिब ३५ अर्ब डलरको हतियार… Continue reading विश्वभर हतियारको बजार बढ्यो, कुनको बढि माग ?
चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?
३१ वैशाख , विराटनगर । चीनले रुस–युक्रेन युद्ध रोक्नका लागि प्रभावकारी भूमिका खेलिदिओस् भन्दै विश्वले आशा र कामना गरिरहेको छ । हालैमात्र युरोपियन देशहरुले पनि राष्ट्रपति सी जिङपिङलाई यस्तै अपिल गरेका छन् । युरोप भ्रमणमा निस्किएका सीले पनि चीन कहिले पनि द्वन्दको सर्जक नबन्ने बरु शान्तिका लागि नेतृत्व लिने प्रतिबद्धता जाहेर गरे । चीनले एकातिर… Continue reading चीनलाई टक्कर दिने कस्तो छ अमेरिकी ‘स्क्वाड’ ?
उपेन्द्रको ६५ दिने उपलब्धिः विदेश भ्रमण, आफ्नाको सरुवा
३१ वैशाख , काठमाण्डौ । पार्टी विभाजनसँगै सत्ताबाट बाहिरिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पुराना सहयात्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पुगेका छन् । ठाकुर निवास पुगेरै यादवले भेटवार्ता गरेका हुन् । नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ । विगतमा ठाकुर… Continue reading उपेन्द्रको ६५ दिने उपलब्धिः विदेश भ्रमण, आफ्नाको सरुवा
यसवर्ष ५५ प्रतिशत बढी वर्षा, गर्मी पनि अत्यधिक
३१ वैशाख , काठमाण्डौ। यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईंले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना… Continue reading यसवर्ष ५५ प्रतिशत बढी वर्षा, गर्मी पनि अत्यधिक
पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई किन हटाउँदैछन् ?
३१ वैशाख , एजेन्सी । युक्रेनले रुसको आवासीय क्षेत्रमा आइतबार मिसाइल आक्रमण गरेको छ । सो मिसाइललाई रुसले जमिनमा गिराउने क्रममा त्यसका टुक्रा रुसको बेलगोरोडस्थित एक अपार्टमेन्टमा खस्दा १५ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । रुसी अधिकारीका अनुसार, युक्रेनले अहिलेसम्म गरेको सबैभन्दा घातक उक्त आक्रमण हो । त्यसमा टोच्का ब्यालिस्टिक मिसाइल… Continue reading पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई किन हटाउँदैछन् ?
२४ वर्षे युवकको अपराध धन्दा, २ अर्बको कारोबार
३१ वैशाख , काठमाण्डौ । वानएक्स बेटमार्फत २ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। एसएसपी सानुराम भट्टराईका अनुसार २४ वर्षीय अनिल ढुंगाना पक्राउ परेका हुन्। काभ्रे घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर २… Continue reading २४ वर्षे युवकको अपराध धन्दा, २ अर्बको कारोबार
११ बैंकले अझै घटाए ब्याज, ७ को यथावत ,बढि ब्याजदर दिने बैंक कुन?
३१ वैशाख , काठमाण्डौ । ११ वटा वाणिज्य बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर सम्बन्धी सूचनाअनुसार ती बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर घटाएका हुन् । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन् । प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार… Continue reading ११ बैंकले अझै घटाए ब्याज, ७ को यथावत ,बढि ब्याजदर दिने बैंक कुन?
नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा
३१ वैशाख , विराटनगर । राजनीतिज्ञ र पत्रकारिता क्षेत्रमा संलग्नहरुले राजनीतिक र कर्पोरेट स्वार्थका कारण नेपाली पत्रकारिताको विश्वास गुम्दै गएको भन्दै यी दुई आग्रहबाट पत्रकारिता क्षेत्र मुक्त हुनुपर्ने बताएका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र पत्रकार पुरुषोत्तम दाहालले स्वार्थ र दलीय… Continue reading नेपाली पत्रकारितालाई राजनीति र कर्पोरेट स्वार्थबाट सबैभन्दा ठूलो खतरा
जसपा सरकारबाट बाहिरियो, उपेन्द्रको राजीनामा
३१ वैशाख , काठमाण्डौ । चौथो ठूलो शक्तिका साथ उपप्रधान एवं स्वास्थ्य मन्त्रालय लिँदै प्रचण्ड नेतृत्वको सरकारमा गएको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । अशोक राई लगायतको ठूलो शक्तिले पार्टी विभाजन गरेपछि जसपाभित्रै ५ सिटमा सिमित भएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल… Continue reading जसपा सरकारबाट बाहिरियो, उपेन्द्रको राजीनामा
प्लेअफमा पुगिसकेको कोलकाता गुजरातसँग खेल्दै
३१ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा… Continue reading प्लेअफमा पुगिसकेको कोलकाता गुजरातसँग खेल्दै
अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी
३१ वैशाख , काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्कर पक्राउ परेका छन् । आइतबार ५ किलो सुनसहित दुई भारतीय युवा पक्राउ परेका हुन् । उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको अवस्थामा प्रहरीले सुन बरामद गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार दुबईबाट काठमाडौँ आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्… Continue reading अन्डवेयरदेखि पाइन्टसम्म लेपन गरि सुन तस्करी
१० खर्ब रेमिट्यान्स भित्रियो, विद्यार्थीले ९ खर्ब विदेश लगे
३० वैशाख , विराटनगर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको ९ महिनामा मुलुकमा १० खर्ब ८२… Continue reading १० खर्ब रेमिट्यान्स भित्रियो, विद्यार्थीले ९ खर्ब विदेश लगे
काठमाडौं प्राकृतिक गन्तब्यमा विश्वकै नम्बर १
३० वैशाख, काठमाण्डौ । पछिल्लो केही साता यता विश्वकै सबैभन्दा बढी प्रदूषित शहरका रुपमा बदनामी कमाएको देशको संघीय राजधानी काठमाडौं प्राकृतिक गन्तब्यमा भने विश्वकै उत्कृष्ट गन्तब्यमा पर्न सफल भएको छ । अनलाइन ट्राभल एजेन्सीको रुपमा का गर्दै आएको ट्रिप एडभाइजरले तयार पारेको विश्वका उत्कृष्ट २५ प्राकृतिक गन्तब्यहरुको सूचीमा काठमाडौं शीर्ष स्थानमा रहेको छ । ट्रिपएभाइजरले… Continue reading काठमाडौं प्राकृतिक गन्तब्यमा विश्वकै नम्बर १
एम्बाप्पेमाथि रियल मड्रिडको नो इन्ट्रेस्ट
३० वैशाख, एजेन्सी । विश्व चर्चित फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घोषणा गरेसँगै उनको नयाँ गन्तब्य क्लबहरुका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । यसैक्रममा उनको सम्भावित गन्तव्य रियल रहेको अड्कलबाजी भइरहेका बेला रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले केलियन एमबाप्पेलाई भित्र्याउने या नभित्र्याउने भन्नेबारे सोच्न आफूसँग समय नभएको बताएका… Continue reading एम्बाप्पेमाथि रियल मड्रिडको नो इन्ट्रेस्ट
डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी
३० वैशाख, विराटनगर । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शनिबार आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे । उनको पोष्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा. सुनिल शर्मालाई” पोष्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ । सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय विपन्नलाई निःशुल्क उपचार… Continue reading डा. सुनिल शर्मालाई चन्द्र भण्डारीको नमन, धनका मात्रै होइन मनका धनी
रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप
३० वैशाख , काठमाण्डौ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी… Continue reading रवि ओड प्रहरी नियन्त्रणमा, वैवाहिक बलात्कारको आरोप
४ प्रदेशमा आज भारी वर्षा, चट्याङ पनि पर्ने
३० वैशाख , काठमाण्डौ । आजका देशका ४ प्रदेशमा विहानैदेखि वर्षा भएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज… Continue reading ४ प्रदेशमा आज भारी वर्षा, चट्याङ पनि पर्ने
सयको नोटमा नक्सा राख्ने निर्णयको विरोध गर्ने चिरञ्जीवी पदमुक्त
३० वैशाख , काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । सयको नोटमा नेपालको अद्यावधिक नक्सा राख्ने सरकारको निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै तीव्र आलोचना भएपछि उनले राजीनामा दिएका थिए । सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्… Continue reading सयको नोटमा नक्सा राख्ने निर्णयको विरोध गर्ने चिरञ्जीवी पदमुक्त
कामिरिताले आफ्नै कीर्तिमान तोडे,२९औँ पटक सगरमाथामा
३० वैशाख , काठमाण्डौ । सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी आरोहण गरेर विश्व कीर्तिमान काय राखेका पर्वतारोही कामिरिता शेर्पाले २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी… Continue reading कामिरिताले आफ्नै कीर्तिमान तोडे,२९औँ पटक सगरमाथामा
रविविरुद्ध छानविन गर्न कांग्रेसले प्रचण्डलाई मनायो
३० वैशाख , काठमाण्डौ। लामो समयदेखि सहकारीको ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रविलामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनु पर्ने आफ्नो अडानमा रहेको नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नै एजेण्डामा ल्याउन सफल भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास… Continue reading रविविरुद्ध छानविन गर्न कांग्रेसले प्रचण्डलाई मनायो
काठमाण्डौमा एक हप्ता लोडसेडिंग
२९ वैशाख , काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा आजदेखि एक हप्तासम्म लोडसेडिंग हुने भएको छ । ती स्थानहरुमा दैनिक ६ घण्टा बिजुली नआउने भएको हो । काठमाण्डौको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ । स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार… Continue reading काठमाण्डौमा एक हप्ता लोडसेडिंग
ईपीएस दोस्रो चरणको सीप परीक्षामा कति भए पास ?
२९ वैशाख , काठमाण्डौ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कार्यालयले वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण अर्थात स्किल टेष्टको नतिजा सार्वजनिक गरेको हो । कार्यालयकाअनुसार दोस्रो चरणको लागि छनोट भएका छ हजार ३ सय २१… Continue reading ईपीएस दोस्रो चरणको सीप परीक्षामा कति भए पास ?
शीर्ष स्थानको कोलकातालाई मुम्बईको चुनौती
२९ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शीर्ष स्थानको कोलकाता नाइट राइडर्स र प्रतियोगिताको दौडबाट बाहिरिसकेको मुम्बई इन्डियन्स खेल्दैछन् । खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता ११ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मुम्बई १२ खेलमा ८ अङ्कसहित पुछारबाट… Continue reading शीर्ष स्थानको कोलकातालाई मुम्बईको चुनौती
देश बचाउन कुवेतमा संसद विघटन , संविधान निलम्बन
२९ वैशाख , एजेन्सी । कुवेतमा संसद विघटन भएको छ । कुवेती अमिरले संसद विघटन तथा संविधानका केही धाराहरू निलम्बन गरेका हुन् । अमिर शेख मिशल अल–अहमद अल–सबाहले गएराति टेलिभिजन सम्बोधनमार्फत् संसद् भङ्ग गर्दै संविधान निलम्बन गरेको घोषणा गरेका छन् । उनले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षको अध्ययन गरी चार वर्षभन्दा धेरै अवधिका लागि संविधानका केही… Continue reading देश बचाउन कुवेतमा संसद विघटन , संविधान निलम्बन
मोरङमा पनि भेटियो नक्कली नोट, नक्कली नोट कसरी चिन्ने ?
२८ वैशाख, विराटनगर । मोरङको पूरानो सदरमुकाम रंगेलीमा ५ सय दरका नक्कली नोट फेला परेको छ । रंगेली नगरपालिका–९ स्थित दोहमनाबाट प्रहरीले नक्कली नोटसहित एक जना महिलालाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुन पक्राउ परेकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खातुनको साथबाट नेपाली ५ सय दरका… Continue reading मोरङमा पनि भेटियो नक्कली नोट, नक्कली नोट कसरी चिन्ने ?
प्रचण्ड र ओलीको काँध माथि रवि
२८ वैशाख, विराटनगर । नेपाली जनताले आफ्नो आवाज बोलिदिने अनि परिवर्तनको आभास गराउने आशा गरिएका नेता हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । उनले दुई दुई पटक चितवनबाट हासिल गरेको मतान्तरले समेत यसलाई पुष्टि गर्दछ । रवि पछिल्लो समय उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेपछि झनै आम सर्वसाधारणको आशा बढेको देखियो । तर सरकारमा प्रवेश… Continue reading प्रचण्ड र ओलीको काँध माथि रवि
नेपाली क्रिकेट टिमको तालिका सार्वजनिक, वार्मअप अमेरिकासँग
२८ वैशाख, काठमाण्डौ । विश्वकप सुरु हुनु एक महिना अघि अमेरिका उडेको नेपाली टिम अहिले अमेरिकामा छ । विश्वकप नजिकिदै गर्दा विश्वकपको तयारीका लागि वेस्टइन्डिजसँग अभ्यास खेल्ने तयारीमा रहेको नेपालको विश्वकप अघिको तालिका सार्वजनिक भएको छ। क्यानले सार्वजनिक गरेको तालिका अनुशार नेपालले मे २५ सम्म अमेरिका र वेस्टइन्डिजमा तालिम र अभ्यास गर्नेछ । नेपाली टिम… Continue reading नेपाली क्रिकेट टिमको तालिका सार्वजनिक, वार्मअप अमेरिकासँग
नोटमा नक्सा, ले राष्ट्रपतिलाई प्रश्न सोधे, भारतलाई जवाफ दिए
२८ वैशाख, काठमाण्डौ । एक सयको नोटको पुनः मुद्रण गर्दा संविधानमा समावेश नक्सा राख्ने निर्णयप्रति राष्ट्रपतिका सल्लाहकार चिरन्जिवी नेपालले विरोध गरेको विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलील राष्ट्रपति माथि नै प्रश्न गरेका छन् । शुक्रवार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हन् । राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवि… Continue reading नोटमा नक्सा, ले राष्ट्रपतिलाई प्रश्न सोधे, भारतलाई जवाफ दिए
अमेरिका हिँडेका १५ नेपाली केन्यामा बन्धक
२८ वैशाख, एजेन्सी । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा,… Continue reading अमेरिका हिँडेका १५ नेपाली केन्यामा बन्धक
राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा
२८ वैशाख, काठमाण्डौ । राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा झन्डै २ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको रद्द भएको युरोप भ्रमणको लागि मात्रै ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणमा २ करोड स्वाहा
रविविरुद्ध कांग्रेसले भेट्यो प्रमाण, पोखराको प्रतिवेदनले रवि अप्ठेरोमा ,अब के हुन्छ ?
२८ वैशाख, काठमाण्डौ । सहकारीको वचत ठगी गरेको प्रकरणमा प्रतिपक्ष नेपाली कांग्रेसबाट घेरिदै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ। पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो। यस अघि सीबीआईको अनुसन्धानमा लामिछानेलाई क्लीन… Continue reading रविविरुद्ध कांग्रेसले भेट्यो प्रमाण, पोखराको प्रतिवेदनले रवि अप्ठेरोमा ,अब के हुन्छ ?
आईपीएलमा आज चेन्नई भर्सेस गुजरात
२८ वैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज शुक्रबार पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा… Continue reading आईपीएलमा आज चेन्नई भर्सेस गुजरात
धरानका पूर्व मेयर र उपमेयरलाई हर्कले सोधे स्पष्टीकरण
२८ वैशाख, विराटनगर । धरानमा देखिएको खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धतासहित धराने मतदाताबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङले विगतको खानेपानीकै आयोजनालाई लिएर धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले उपमहानगरका निवर्तमान प्रमुख र उपप्रमुखलाई ७ दिने स्पष्टीकरण सोधेका छन् । धरानका निवर्तमान मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई स्पष्ट पारिदिने भन्दै मेयर साम्पाङले पत्र… Continue reading धरानका पूर्व मेयर र उपमेयरलाई हर्कले सोधे स्पष्टीकरण
पुटिनले मनाए विजयोत्सव, आणविक अभ्यासको निर्देशन
२८ वैशाख, एजेन्सी । भ्लादिमिर पुटिनले मे ७ मा लगातार पाँचौं पटक रुसको राष्ट्रपतिको सपथ लिए । त्यसपछि मे ९ मा रुसको विजय दिवसको अवसरमा रेड स्क्वायरमा हजारौं सैनिकको अगाडि पुटिनले युक्रेनमा लडिरहेको आफ्नो सेनाको प्रशंसा गर्दै पश्चिमी शक्तिहरूले विश्वभर द्वन्द्व भड्काएको आरोप लगाएका छन् । रूसको विजय दिवस दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथिको विजयको सम्झनामा… Continue reading पुटिनले मनाए विजयोत्सव, आणविक अभ्यासको निर्देशन
आजदेखि बजेट अधिवेशन, रविलाई बोल्न दिने, संसद चल्न नदिने
२८ वैशाख, काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २… Continue reading आजदेखि बजेट अधिवेशन, रविलाई बोल्न दिने, संसद चल्न नदिने
मोरङको जाँतेस्थित उज्यालो सुधार केन्द्रबाट ७ जना फरार
२८ वैशाख, विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल नामक सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । सुधार तथा उपचारका लागि सुधार केन्द्रमा राखिएकाहरु शुक्रबार बिहान ६ः१५ बजेतिर भागेका हुन् । घटनाका बारेमा प्रहरीले बिहान १० बजेतिर मात्रै खबर पाएको थियो । प्रहरीलाई समयमै खबर नहुनुले घटना गुपचुप राख्न खोजेको… Continue reading मोरङको जाँतेस्थित उज्यालो सुधार केन्द्रबाट ७ जना फरार
जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखा पुरस्कृत
२३ वैशाख ,विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता… Continue reading जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखा पुरस्कृत
रियल बन्यो ला लिगाको च्याम्पियन
२३ वैशाख , एजेन्सी । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई… Continue reading रियल बन्यो ला लिगाको च्याम्पियन
१ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’
२३ वैशाख , काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम… Continue reading १ नम्बरमा परेको सन्दीपको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’
नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दा भारत चिढियो
२३ वैशाख ,काठमाण्डौ। नेपाल सरकारले १ सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि भारतले यसबारे प्रतिक्रिया जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले यस विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् । गत बिहीबार… Continue reading नेपालले सयको नोटमा चुच्चे नक्सा राख्दा भारत चिढियो
वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?
२२ वैशाख , काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । पाँच खेलको श्रृङ्खला यसअघि नै वेस्ट इन्डिज ‘ए’ ले ३–१ ले जितिसकेको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो… Continue reading वेस्ट इन्डिज ‘ए’ सँग अन्तिम खेल खेल्दै नेपाल ,जित निकाल्ला ?
पश्चिमी वायु सक्रिय, गर्मी घट्छ ?
२२ वैशाख , काठमाण्डौ । नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली भएको छ । जसका कारण आज (शनिबार) देखि देशभर तापक्रम घट्ने र गर्मीमा राहत हुने बताइएको छ । ‘पश्चिमी वायुको सक्रियताले हिजो (शुक्रबार) रातिदेखि नै नेपालको पश्चिमी… Continue reading पश्चिमी वायु सक्रिय, गर्मी घट्छ ?
क्यानडामा सिख नेताको हत्यारा पक्राउ
२२ वैशाख , एजेन्सी । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेका छन् । हिजो पक्राउ परेका उनीहरु… Continue reading क्यानडामा सिख नेताको हत्यारा पक्राउ
हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान
२२ वैशाख ,काठमाण्डौ । १० वर्षपछि विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार एक समारोहका बीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका विदाई गरेको हो । उनीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिद्का उपाध्यक्ष शिव कोईराला, परिषद्का सदस्यसचिव टंकलाल घिसिङ… Continue reading हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति छः क्यान
क्रिकेट बरीयतामा अष्ट्रेलिया र भारतको टक्कर, नेपाल झर्याे
२१ वैशाख ,एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार वार्षिक टोली वरीयता अपडेट जारी गरेको छ । जुन सूचीमा टेस्ट क्रिकेटमा अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने बाँकी एकदिवसीय र टी २० मा दुवै ढाँचामा भारतले वर्चस्व कायम राखेको छ।यो सूचीको टी २० वरीयतामा भने नेपाल घटुवा भएको छ । ओमानमा यूएईसँगको पराजयबाट नेपाल… Continue reading क्रिकेट बरीयतामा अष्ट्रेलिया र भारतको टक्कर, नेपाल झर्याे
चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै
२१ वैशाख, विराटनगर । गएको पुषमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गरे यता अन्य देशबाट पनि केही उच्चस्तरीय भ्रमण भएका छन् । हालै कतारी राजा नेपाल भ्रमण गरेर फर्किएका छन् । यता नेपालका परराष्ट्रमन्त्री लगायत पनि भारत, चीन, युरोप हुँदै अमेरिकासम्म पुगे । अघिल्लो गठबन्धनमा गृहमन्त्री र अहिले पराराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले चीन पुगेर… Continue reading चीनको प्रभाव कम गर्न जापानी मन्त्री आउँदै