११ भदौ , एजेन्सी । भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो… Continue reading महाराष्ट्रमा छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि मोदी सरकारको आलोचना
Category: समाचार
बाइडेन र मोदीबिच फोनवार्ता
११ भदौ , एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गरेका छन् । बाइडेनले सोमबार मोदीसँग फोनमा कुरा गरेका हुन् ।यस क्रममा दुई नेताबिच युक्रेन, बङ्गलादेशलगायत धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल भएको बताइएको छ । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यसबारे जानकारी दिएका हुन् । यस कुराकानीको सन्दर्भमा ह्वाइट हाउसले विज्ञप्ति… Continue reading बाइडेन र मोदीबिच फोनवार्ता
प्रचण्डले भने बंगलादेश बन्ला ? अझै पनि सुध्रिनोस् र सच्चिनोस्
११ भदौ , काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । पौने घण्टाको सम्बोधनका क्रममा अधिकांश समय सरकारको आलोचना र विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमानको बचाउमा खर्चिएका प्रचण्डले प्रधानमन्त्री ओली र सरकारलाई सुध्रिन चेतावनी दिएका छन् । पछिल्लो समय राजनीतिक उथलपुथल भएका दक्षिण… Continue reading प्रचण्डले भने बंगलादेश बन्ला ? अझै पनि सुध्रिनोस् र सच्चिनोस्
त्रिभुवन विमानस्थलबाट हुने ४० प्रतिशत उडान कटौती, कारण के हो ?
११ भदौ , काठमाण्डौ । सरकारले अर्बाै रुपमा ऋण लगानी गरेर दुई वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेको छ । तर ती विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन् सकेका छैनन् । ती विमानस्थलबाट उडान भर्न सरकारले विभिन्न सुविधासहित निर्देशनात्मक निर्णय समेत गरेको छ। अब भने आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान अनिवार्य… Continue reading त्रिभुवन विमानस्थलबाट हुने ४० प्रतिशत उडान कटौती, कारण के हो ?
युक्रेनमा रेड अलर्ट जारी
११ भदौ ,एजेन्सी । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट… Continue reading युक्रेनमा रेड अलर्ट जारी
चिनियाँ जासूस विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको जापानको आरोप
११ भदौ , एजेन्सी । जापानले चिनियाँ जासूस विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको छ । जापानले स्थानीय समय अनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि वाई–९ निगरानी विमानले डान्जो टापुको “क्षेत्रीय हवाई क्षेत्रको उल्लङ्घन“ गरेपछि लडाकु विमानहरू खसालेको थियो । जापानका मुख्य क्याबिनेट सचिवले उल्लंघनलाई “पूर्ण रूपमा अस्वीकार्य“ भनेका छन् र… Continue reading चिनियाँ जासूस विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको जापानको आरोप
शेयरमा शोक ! १११ अंकले घट्यो नेप्से
११ भदौ ,काठमाण्डौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकको भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । यस दिन १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको शेयर… Continue reading शेयरमा शोक ! १११ अंकले घट्यो नेप्से
क्यानडामा चिनियाँ गाडीमा १००% भन्सार
११ भदौ , एजेन्सी । क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् । अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत शुल्क लगाउने घोषणा… Continue reading क्यानडामा चिनियाँ गाडीमा १००% भन्सार
जर्मनीले १ लाख एमपोक्स खोप दिने
११ भदौ , एजेन्सी । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ । अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले… Continue reading जर्मनीले १ लाख एमपोक्स खोप दिने
इजिप्टले गर्यो अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्रीको टिप्पणीको निन्दा
११ भदौ , एजेन्सी । इजिप्टले सोमवार इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले गरेको टिप्पणीको निन्दा गरेको छ । बेन–गभिरले जेरुसेलमको अल–अक्सा मस्जिद परिसर भित्र एउटा सभाघर निर्माण गर्नुपर्ने बताए । इजिप्टले इजरायललाई अल–अक्सा मस्जिदमा रहेको यथास्थितिलाई कानूनी रूपमा पालना गर्न र इस्लामिक पवित्र स्थलहरूलाई नोक्शान नगर्न आग्रह गरेको छ । इजिप्टको विदेश मन्त्रालयले… Continue reading इजिप्टले गर्यो अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्रीको टिप्पणीको निन्दा
टर्कीमा सुनको भाउमा कीर्तिमान
११ भदौ , एजेन्सी । मध्यपूर्वमा चलिरहेको अशान्तिका कारण टर्किएमा सुनको मूल्य प्रतिग्राम २८ सय टर्किस लिरा (८२.३ अमेरिकी डलर) को ऐतिहासिक उच्चमा पुगेको छ । बिहान एक ग्राम सुनको मूल्य २ हजार ७५०–लिरा दायरामा थियो । साताको पहिलो कारोबार दिनमा ग्राम सुनले नयाँ रेकर्ड बनाएको छ । मध्यपूर्वमा जारी संकटले टर्किए लगायत राष्ट्रिय बजारहरूमा… Continue reading टर्कीमा सुनको भाउमा कीर्तिमान
स्पिनर राशिद खान नै अफगानको टिममा अटेनन्
११ भदौ, एजेन्सी । विश्व चर्चित अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक टोलीमा अटाएनन् । न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट स्पिनर राशिद खान बाहिरै रहेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी)ले सोमवार बन्द प्रशिक्षणका लागि भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । टोली २८… Continue reading स्पिनर राशिद खान नै अफगानको टिममा अटेनन्
जापानमा शक्तिशाली चक्रवातको चेतावनी
११ भदौ , एजेन्सी । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ। मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्। आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ। जापानमा यो… Continue reading जापानमा शक्तिशाली चक्रवातको चेतावनी
ट्युनिसियाका १९ मन्त्री परिवर्तन
११ भदौ , एजेन्सी । ट्युनिसियाका राष्ट्रपति काइस सइदले अक्टोबर ६ मा हुने राष्ट्रपतीय निर्वाचनअघि विदेश, रक्षा र स्वास्थ्यलगायत १९ मन्त्री फेरबदलको घोषणा गरेका छन् । सइदले खालेद सेहिलीलाई इमेद मेमिचको स्थानमा नयाँ रक्षा मन्त्री नियुक्त गरेका छन् । नबिल अम्मरको उत्तराधिकारी नयाँ विदेश मन्त्रीको रूपमा मोहम्मद अली नफ्ती, र अली मराबेटको स्थानमा नयाँ स्वास्थ्य… Continue reading ट्युनिसियाका १९ मन्त्री परिवर्तन
पाकिस्तानमा शृंखलावद्ध आक्रमण
११ भदौ , एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमवार भएको शृङ्खलावद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । आक्रमणको जिम्मेवारी लिने प्रतिवन्धित संगठन बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मध्यरातभन्दा केही समय अघि आक्रमणहरू शुरु गरेको थियो । ठूलो आक्रमण मुसा खेल जिल्लामा गरिएको थियो ।… Continue reading पाकिस्तानमा शृंखलावद्ध आक्रमण
देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल
११ भदौ , काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीसँग छलफल गरेका छन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् । महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ । महामन्त्री थापाको… Continue reading देउवालाई प्रधानमन्त्री बन्न नदिने प्रस्तावले कांग्रेसमा हलचल
ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई
११ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन् । दुईदिने भ्रमणका क्रममा सोमबार काठमाडौं आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ… Continue reading ओमानका विदेशमन्त्रीले भेटे प्रधानमन्त्री ओलीलाई
अल नासरबाटै रोनाल्डोले सन्न्यास लिने, फुटबल छोडेपछि के गर्छन् ?
११ भदौ, विराटनगर । उमेरले ३९ वर्ष पुग्दासम्म फुटबलमा सक्रिय रहेका क्रिस्टियानो रोनाल्डोले कहिले सन्न्यास लेलान् भन्ने अड्कल काट्न गाह्रै छ । १८ वर्षको उमेदेखि पोर्चुगलका लागि अनवरत रूपमा खेलिरहेका रोनाल्डो सर्वाधिक खेल खेलेर सबैभन्दा धेरै गोल गरेका छन् । फुटबल इतिहासमा अनेकौं शीर्षकमा कीर्तिमान बनाएका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो ।… Continue reading अल नासरबाटै रोनाल्डोले सन्न्यास लिने, फुटबल छोडेपछि के गर्छन् ?
रास्वपाबाट निकालिएका मुकुल अदालत जाने, रविलाई निकाल्ने
११ भदौ , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो । ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक… Continue reading रास्वपाबाट निकालिएका मुकुल अदालत जाने, रविलाई निकाल्ने
मुकुललाई साधारण सदस्यबाट पनि हटाइयो, अब के गर्लान् ?
११ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित भएका छन् । पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत हटाउने गरेको हो । केन्द्रीय कार्यालय च:मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठक ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको हो ।… Continue reading मुकुललाई साधारण सदस्यबाट पनि हटाइयो, अब के गर्लान् ?
श्रीलंका बन्यो भारत र चीनको रणमैदान
११ भदौ ,एजेन्सी । भारतीय नौसेना जहाज आईएनएस मुम्बई श्रीलंकाको तीन दिने भ्रमणमा सोमबार कोलम्बो बन्दरगाह पुग्यो। संयोगवश आज चिनियाँ नौसेनाका तीनवटा युद्धपोत पनि कोलम्बो बन्दरगाह पुगेका छन् । भारतीय नौसेना जहाज ’मुम्बई’ श्रीलंकाको तीन दिने भ्रमणमा रहेको श्रीलंका नौसेनाले एक प्रेस विज्ञप्तिमा जनाएको छ। भारतीय उच्चायोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आईएनएस मुम्बई… Continue reading श्रीलंका बन्यो भारत र चीनको रणमैदान
ममताका पति अक्टुबर २४ सम्म जेलमै रहने, बिहे गर्ने योजना थियो
११ भदौ ,विराटनगर । अमेरिकामा कार्यरत नेपाली ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टलाई अमेरिकी अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । बेपत्ता ममताको हत्याको आशङ्कामा हिरासतमा रहेका भट्टलाई जमानतमा रिहा गर्ने वा हिरासतमा राख्ने भन्नेबारे सोमबार दोस्रो पटक सुनुवाइ थियो। प्रहरीले नरेशले ममताको हत्या गरेर शव लुकाएको शङ्का गरे… Continue reading ममताका पति अक्टुबर २४ सम्म जेलमै रहने, बिहे गर्ने योजना थियो
नेकपा एसमै बिकेन माधव नेपालको बोली
११ भदौ ,काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ । पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको निर्वाचन आयोगका प्रमुख माधव पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो। एसले पहिलो… Continue reading नेकपा एसमै बिकेन माधव नेपालको बोली
विराटनगरमा ३ बजेपछि राधाकृष्ण रथ यात्रा,४३ स्थानमा विश्राम
११ भदौ ,विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज विराटनगरमा राधाकृष्ण रथ यात्रा निकालिँदै छ । दक्षिण एसियाकै ठूलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ । रथयात्रामा सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला भइरहेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक… Continue reading विराटनगरमा ३ बजेपछि राधाकृष्ण रथ यात्रा,४३ स्थानमा विश्राम
आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु
११ भदौ ,विराटनगर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने… Continue reading आज यी तीन प्रदेशमा भारी वर्षा, चट्याङ लागेर शिक्षकको मृत्यु
पार्टीका नेता-कार्यकर्ता लक्षित बालेनको स्टाटस : जनतालाई भ्रममा नपार्नुस्
१० भदौ, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पार्टीका नेता-कार्यकर्ता लक्षित हुँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । सोमबार बिहान लेखेको उनको स्टाटसमा राजनीतिक दलका नेता-कार्यकर्ताले जनतामाझ भ्रम फैलाउन खोजिएको देखिएको छ । त्यसरी भ्रम नफैलाउन विभिन्न पार्टीका नेता–कार्यकर्तालाई उनको आग्रह छ । सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उनले… Continue reading पार्टीका नेता-कार्यकर्ता लक्षित बालेनको स्टाटस : जनतालाई भ्रममा नपार्नुस्
बालेन नगर प्रमुख कि सरकार प्रमुख ?
९ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह उर्फ बालेन । राजनीतिक दलका त परकै कुरा, स्वतन्त्र जनप्रतिधिहरूबीच पनि पृथक स्वभावका छन्, उनी । कसैले फुर्क्याउँदैमा फुर्किंदैनन्, कसैले दबाउन खोज्दा दबिँदैनन् । जे गर्छन्, कुनै धक नमानीकन गर्ने साहस राख्छन्। यसैले पनि होला बालेन क्रेजको ‘ग्राफ’ निरन्तर उकालो लागिरहेको छ । शासककै रूपमा… Continue reading बालेन नगर प्रमुख कि सरकार प्रमुख ?
परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री काठमाडौं आउँदै
९ भदौ, विराटनगर । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने जनाएको छ । उनी मंगलबार फर्किने तालिका रहेको छ ।… Continue reading परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा ओमानका विदेशमन्त्री काठमाडौं आउँदै
निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो नेपाल र भुटानबीचको खेल
९ भदौ, विराटनगर । आइतबारदेखि सुरु भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेल बराबरीमा सकिएको छ । पहिलो सेमिफाइनलअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल १-१ गोलको बराबरीमा सकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित समय बराबरीमा सकिएको हो । यससँगै खेल टाइब्रेकरमा धकेलिएको छ । पहिलो हाफ… Continue reading निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलियो नेपाल र भुटानबीचको खेल
लेबनानमा छन् कति नेपाली सेना, इजरेलले कहाँ हान्दैछ मिसाइल ?
९ भदौ ,एजेन्सी । लेबनानको हिजबुल्लाह समूह र इजरायबीच युद्ध सुरु भएपछि त्यस क्षेत्रमा त्रास फैलिएको छ । एकअर्काविरुद्ध मिसाइल हानाहानपछि तनावपूर्ण अवस्था उत्पन्न भइरहेका बेला लेबनानमा शान्ति सेनाका रुपमा रहेका नेपाली सेनाको सुरक्षाको बारेमा समेत चिन्ता सुरु भएको छ। तर संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तर्गत लेबनानमा नेपाली शान्तिसैनिक तैनाथ इलाका हालसम्म सुरक्षित अवस्थामा… Continue reading लेबनानमा छन् कति नेपाली सेना, इजरेलले कहाँ हान्दैछ मिसाइल ?
इजरेलमा ४८ घण्टे सकंटकाल, इरानले के गर्ला ?
९ भदौ ,विराटनगर। गाजा युद्धमा पूर्णविराम लगाउन अमेरिका, कतार, इजिप्ट लगायतले प्रयास जारी राखेकै बेला मध्यपूर्वमा थप युद्ध विस्तार हुने खतरा बढेको छ । आज बिहानैदेखि इजरायली सेनाले लेबनानस्थित हिज्बुल्लाह संगठनलाई लक्ष्य बनाई हवाई आक्रमण गरेको छ । शनिबार हिज्बुल्लाहले इजरेलतर्फ मिसाइलको वर्षा गरेको थियो । सो हमलामा इजरेल सीमाभित्रका कयौं घरहरु ध्वस्त भएका थिए… Continue reading इजरेलमा ४८ घण्टे सकंटकाल, इरानले के गर्ला ?
बिमस्टेक सम्मेलन स्थगित, ओलीको थाइल्याड यात्रा रोकियो
९ भदौ , एजेन्सी । थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ । थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो । आगामी भदौ १९ र २० गते थाइल्याण्डमा सम्मेलन आयोजना गर्ने घोषणा भएको थियो ।… Continue reading बिमस्टेक सम्मेलन स्थगित, ओलीको थाइल्याड यात्रा रोकियो
अब भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
९ भदौ ,विराटनगर । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले भने,‘अदालतले सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश… Continue reading अब भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने
कोशीका मुख्यमन्त्रीको अडान : कुनै पनि हालतमा मन्त्रालय थपिँदैन
९ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरूसँग पनि मन्त्रालय… Continue reading कोशीका मुख्यमन्त्रीको अडान : कुनै पनि हालतमा मन्त्रालय थपिँदैन
आइफोन प्रो म्याक्स–१६ सेप्टेम्बरदेखि बजारमा
९ भदौ ,एजेन्सी । स्मार्ट फोनको बजारमा सर्वाधिक प्रतिक्षा बन्ने गरेको आइफोनको नयाँ संस्करण आइफोन प्रो म्याक्स–१६ आउँदो सेप्टेम्बरदेखि बजारमा आउने भएको छ । तर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ… Continue reading आइफोन प्रो म्याक्स–१६ सेप्टेम्बरदेखि बजारमा
श्रद्धा कपुर इन्स्टामा दोस्रो बढी फलोअर्स हुने भारतीय
९ भदौ , एजेन्सी । बलिवुड अभिनेत्री श्रद्धा कपुर इन्स्टाग्राम फलोअर्स धेरै हुने दोस्रो भारतीय बनेकी छन् । बलिउडकी सफल अभिनेत्रीले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन् । मोदीलाई उछिनेसँगै श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् । श्रद्धा कपुरका इन्स्टाग्राममा ९२ मिलियन फलोअर्स पुगेका छन्… Continue reading श्रद्धा कपुर इन्स्टामा दोस्रो बढी फलोअर्स हुने भारतीय
बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना
९ भदौ ,विराटनगर । शुक्रबार नेपालमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा परेको दुई दिन पनि बित्न नपाउँदै आज भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ । बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको… Continue reading बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना
दक्षिणका खेलाडीसँग सेल्फी खिँचेपछि उत्तरले गर्याे कारबाही
९ भदौ , एजेन्सी । उत्तर कोरियाली कठोर तानाशाही प्रबृत्तिको शासनका बारे विश्व जानकार छ । कोरियाली नेता किम जोङ उनको कठोर तानाशाही स्वभावका कारण उत्तर कोरियाका हरकोही उनीसँग सशकिंत हुन्छन् । ४० वर्षीय किम जोङ नेतृत्वको मन्त्रिपरिषद् पनि उत्तिकै कडा स्वभावको छ । यसको पुष्ट्याँइ, एउटा घटनाबाट गर्न सकिन्छ । फ्रान्सको राजधानी पेरिसमा गत… Continue reading दक्षिणका खेलाडीसँग सेल्फी खिँचेपछि उत्तरले गर्याे कारबाही
उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न
९ भदौ , काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतमा परेको निवेदनमाथि आज सुनुवाई हुँदैछ । यस्तो माग राखेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको… Continue reading उड्डयन प्राधिकरणका महानिर्देशकको क्षमतामाथि प्रश्न
सुनकाेसी नदीमा खसेको गाडी भेटियाे, तर भेटिएनन् बेपत्ता भएका तीन जना
९ भदौ, विराटनगर । सिन्धुलफको गोलन्जो गाउँपालिका-१ स्थित सुनकाेसी नदीमा शनिबार साँझ बेपत्ता भएको गाडी फेला परेकाे छ । खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३-०१०२३ च ६३६६ नम्बरकाे हिजो साँझ गाडी गाेलन्जाेर-१ कुँडुले नजिकबाट सुनकोसी नदीमा खसेकाे थियाे । सो दुर्घटनामा गाडीमा सवार चार जनामध्ये तीन जना बेपत्ता भएका थिए भने एक… Continue reading सुनकाेसी नदीमा खसेको गाडी भेटियाे, तर भेटिएनन् बेपत्ता भएका तीन जना
लेबनानमा इजरेली आक्रमण,४० हवाई हमला
९ भदौ , एजेन्सी । लेबनानी आतंकवादी समूह हिजबुल्लाहले इजरायलमा ठूलो ड्रोन र रकेट आक्रमण गरेको छ। यसअघि इजरायलले लेबनानका धेरै क्षेत्रमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरेको थियो । इजरायलमा हमलापछि लेबनानी आतंकवादी समूह हिजबुल्लाहले बेरुतमा मारिएका आफ्ना कमाण्डर फुआद शुक्रको हत्याको बदला लिएको बताएको छ । हिजबुल्लाहले यस हमलामा इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाएको… Continue reading लेबनानमा इजरेली आक्रमण,४० हवाई हमला
१७ जना घाइते हुने गरि फेरि बस पल्टियो
९ भदौ , विराटनगर । नेपालमा चाहे हवाई होस् वा सडक यात्रा निकै नै जोखिमपूर्ण बन्दै गएको छ । हरेक दिनजसो नै सवारी दुर्घटनाहरु भइरहेका छन् । र सबैभन्दा पीडादायी त के छ भने सार्वजनिक वा धेरै यात्रुहरु बोकेका गाडीहरु एकपछि अर्को गर्दै दुर्घटनामा पर्न थालेका छन् ।यसैबीच आज विहान भरतपुर महानगरपालिका–२९ घुमाउनेमा एउटा बस… Continue reading १७ जना घाइते हुने गरि फेरि बस पल्टियो
रामेछापको दोरम्बामा मध्यरातमा ५ घर बगे
९ भदौ , विराटनगर । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहिरो खस्दा ठूलो मानविय तथा भौतिक क्षति भएको छ भने म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट ठूलो क्षति भएको बारे दुखद खबर छ । शैलुङको पहिरोमा १० जना हराएकामा ६ जनाको शव फेला परेको छ । ४ जना अझै बेपत्ता छन् । शनिबार… Continue reading रामेछापको दोरम्बामा मध्यरातमा ५ घर बगे
शेरबहादुर देउवाको निवास अघि शंकास्पद बस्तु
९ भदौ , विराटनगर । धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद बस्तु फेला परेको खबर भने जिल्ला प्रहरी कार्यालय कैलालीले राति १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई… Continue reading शेरबहादुर देउवाको निवास अघि शंकास्पद बस्तु
कांग्रेस सभापति देउवा निवासअगाडि कसले राख्यो झोलामा माटो भरेर ?
९ भदौ, धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवासअगाडि फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ । गएराति १ बजे धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवासअगाडि शंकास्पद वस्तु भेटिएको थियो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान नेपाली सेनाको बम… Continue reading कांग्रेस सभापति देउवा निवासअगाडि कसले राख्यो झोलामा माटो भरेर ?
विराट कोहलीको जर्सी भारु ४० लाखमा भयो बिक्री, कसले किनेछ ?
८ भदौ, विराटनगर । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीको जर्सी ४० लाख भारु अर्थात् नेपालको ६४ लाख रुपैयाँमा बिक्री भएको छ । शुक्रबार मुम्बईमा भएको च्यारिटी अक्सनबाट कोहलीको जर्सी महँगो दाममा बिक्री भएको हो । अल्पसंख्यक बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ खटिएको भिप्ला फाउन्डेसनलाई सहयोग गर्न क्रिकेटर केएल राहुल र उनकी पत्नी अथिया… Continue reading विराट कोहलीको जर्सी भारु ४० लाखमा भयो बिक्री, कसले किनेछ ?
रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?
७ भदौ ,विराटनगर। रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । यसबीच युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुवातदेखि युक्रेनमाथि रुसले… Continue reading रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?
छिट्टै महिला प्रधानमन्त्री बनाउने ओलीको सोच, को बन्ला ?
७ भदौ ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि केही तयारी चाहिने बताए । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, नेपालले महिला प्रधानमन्त्री कहिले पाउने… Continue reading छिट्टै महिला प्रधानमन्त्री बनाउने ओलीको सोच, को बन्ला ?
चीनले माटोबाट पानी बनायो
७ भदौ , एजेन्सी । चिनियाँ वैज्ञानिकहरूले फेरि अर्को चमत्कार गरेका छन् । उनीहरुले चन्द्रमाबाट ल्याइएको माटोबाट पानी उत्पादन गरेको दाबी गरेका छन् । त्यो पनि ठूलो मात्रामा पानी उत्पादन गर्ने ’नयाँ तरिका’ पत्ता लगाएको बताएका छन् । सन् २०२० मा चीनको चाङ अ ५ मिसनले चन्द्रमाबाट माटोको नमूना ल्याउन सफल भएको थियो । ४४… Continue reading चीनले माटोबाट पानी बनायो
बस दुर्घटनाप्रति मोदीको चिन्ता, ओलीले दिए समवेदना
८ भदौ, विराटनगर । शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले नेपालको तनहुँ जिल्लाको सवारी दुर्घटनामा दु:ख व्यक्त गर्दै सबै शोकाकुल परिवारलाई समवेदना दिएका छन् । उनले सबै सुविधा नेपालमा भएको भारतीय दूतावासबाट हुने पनि जानकारी दिएका छन् । उनले लेखेका छन्,… Continue reading बस दुर्घटनाप्रति मोदीको चिन्ता, ओलीले दिए समवेदना
रुसका ९२ गाउँ युक्रेनको कब्जामा, शिथिल बन्दै गएको हो रुस ?
८ भदौ, एजेन्सी । रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुआततिर युक्रेनमाथि रुसले… Continue reading रुसका ९२ गाउँ युक्रेनको कब्जामा, शिथिल बन्दै गएको हो रुस ?
भारतकी केन्द्रीय मन्त्री खडसे काठमाडौंमा, घाइतेहरूलाई भेट्न शिक्षण अस्पताल जाँदै
८ भदौ, विराटनगर । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् । शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेट्न उनी महाराष्ट्र जलगांवका एकजना विधायकलाई साथ लिएर काठमाडौं आइपुगेकी हुन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो… Continue reading भारतकी केन्द्रीय मन्त्री खडसे काठमाडौंमा, घाइतेहरूलाई भेट्न शिक्षण अस्पताल जाँदै
बस दुर्घटनाका घाइतेहरूलाई भेट्न नेपाल आउँदैछिन् भारतकी केन्द्रीय मन्त्री खडसे
८ भदौ, विराटनगर । भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई बस दुर्घटनाका घाइतेहरूलाई भेट्न काठमाडौं पठाउने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भारतीय पर्यटक सवार बस दुर्घटना भएको थियो । ४४ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा… Continue reading बस दुर्घटनाका घाइतेहरूलाई भेट्न नेपाल आउँदैछिन् भारतकी केन्द्रीय मन्त्री खडसे
कोशी प्रदेश सरकारभन्दा मनकारी देखिए मेयर बालेन
८ भदौ, विराटनगर । विपद्बाट प्रभावित बनेकाहरूले आफ्नो प्रदेशको सरकार भन्दा अर्कै ठाउँको स्थानीय तहको मेयरबाट धेरै सहयोग पाउनु भनेको अचम्मकै कुरा हो । हो, अहिले थामेका बाढी प्रभावितलाई पनि अचम्मै लागेको हुनुपर्छ । किनकि, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितले प्रदेश सरकारको भन्दा ठूलो सहयोग मेयरबाट पाएका छन् । उनीहरूले काठमाडौं… Continue reading कोशी प्रदेश सरकारभन्दा मनकारी देखिए मेयर बालेन
मनकारी बालेन : थामे बाढी प्रभावितलाई २० लाख सहयोग पठाउने
७ भदौ, विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीबाट प्रभावितले राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले थामेका बाढी प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।… Continue reading मनकारी बालेन : थामे बाढी प्रभावितलाई २० लाख सहयोग पठाउने
कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति
७ भदौ , विराटनगर । देशको सबैभन्दा ठूलो प्रमुख सत्तारुढ दल नेपाली कांगे्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । बैठकमा नेताहरुले धारणा राखिरहेका छन् । आजको बैठकमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुन्नेदेखि शेरबहादुर देउवाको राजीनामा माग्ने, एमालेलाई प्रमुख प्रतिस्पर्धी ठान्ने र आरजुको ५ दिने भारत भ्रमणका विषय उठेका छन् । बैठकमा… Continue reading कांग्रेस भित्र रविलाई थुन्नु पर्छ भन्ने को हो ? गच्छदारले मागे सभापति
सशस्त्र प्रहरीका एसपीविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोप
७ भदौ, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोपमा सशस्त्र प्रहरीका एसपीविरुद्ध मुद्दा दायर गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहुविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि… Continue reading सशस्त्र प्रहरीका एसपीविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र लिएर जागिर खाएको आरोप
तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)
७ भदौ, विराटनगर । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो । गण्डकी प्रदेश… Continue reading तनहुँ बस दुर्घटना : मृतकको संख्या २० पुग्यो (अपडेट)
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
७ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले डाकेपछि उनी शुक्रबार अपराह्नतिर बयानका लागि पुगेका हुन् । गत जेठ १५ गते एमालेका सूर्य थापाको… Continue reading बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
मुस्ताङमा हिमपहिरो, ९ परिवारले घर छाडे
७ भदौ , काठमाण्डौै । सोलुमा हिमताल फुटेर २० घर बगाएको एक सात नबित्दै मुस्ताङमा हिमपहिरो खसेको छ । पहिरोले स्थानीय बोक्सी खेला थुनेकाले स्थानीयले सर्तकता अपनाउन भनिएको छ। अहिलेसम्म ९ परिवारले घर छाडिसकेका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सीखोला थुनिएको छ । पहिरोका कारण बोक्सीखोलाको ८० प्रतिशत बहाव… Continue reading मुस्ताङमा हिमपहिरो, ९ परिवारले घर छाडे
मर्स्याङ्दी बस दुर्घटना : ४३ भारतीय पर्यटक सवार, १४ जनाको मृत्यु
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको थियो । युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको थियो । प्रहरीका अनुसार बसमा… Continue reading मर्स्याङ्दी बस दुर्घटना : ४३ भारतीय पर्यटक सवार, १४ जनाको मृत्यु