पुस १० को सहमति फागुन १५ मा च्याँतियो

१५ फागुन , काठमाण्डौ । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै भताभुंग भएको छ। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै पुस १० गते बनेको गठबन्धन टुंगिएको हो। प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण रोकिदिएपछि एमालेले… Continue reading पुस १० को सहमति फागुन १५ मा च्याँतियो

सोमपालले  नेपाललाई दिलाए पहिलो सफलता

१५ फागुन,काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा पीएनजीविरुद्ध पहिलो सफलता हात पारेको छ ।नेपालका लागि सोमपाल कामीले पहिले विकेट लिएका हुन् । उनले पाँचौं ओभरको पहिलो बलमा टोनी उरालाई २ रनमा आउट गरेका हुन्।उनले उरालाई बोल्ड आउट गराएका हुन् ।

एमबाप्पे र मेसीको गोलमा पिएसजीको सानदार जित

१५ फागुन, एजेन्सी । फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल गर्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्सेलीलाई हराएको छ । स्टेड भेलोड्रोममा सम्पन्न खेलमा राइभल मार्सेलीलाई उसैको घरेलु मैदानमा पिएसजीले ३–० गोलअन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन एम्बाप्पेले दुई र मेस्सीले एक गोल गरे । खेलको २५ औं… Continue reading एमबाप्पे र मेसीको गोलमा पिएसजीको सानदार जित

आत्मसमर्पण गरेकै दिन जेलमुक्त भए पल शाह

१५ फागुन, काठमाण्डौ । अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए… Continue reading आत्मसमर्पण गरेकै दिन जेलमुक्त भए पल शाह

४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

१४ फागुन, एजेन्सी । काठमाडौंमा चार महिनापछि वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले प्रदेश नम्बर १, मधेस र वाग्मती प्रदेशको दक्षिणी भूभागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ ।… Continue reading ४ महिनापछि पानी पर्दा काठमाडौं आएका २ विमान डाइभर्ट

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, गुम्यो श्रृंखला, आज के भयो ?

१४ फागुन, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछ । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए । जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै… Continue reading सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, गुम्यो श्रृंखला, आज के भयो ?

बालेनलाई असफल बनाउन खोज्नेहरु को हुन् ?

१४ फागुन, काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखेपछि उनको स्टाटसको विभिन्न कोणबाट विश्लेषण गरिएको छ । उनले लेखेका थिए, ’मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिले पनि बन्दैन।’ केन्द्रीय सरकारले नै बालेनलाई काम गर्न… Continue reading बालेनलाई असफल बनाउन खोज्नेहरु को हुन् ?

आज नेप्सेमा सामान्य सुधार

१४ फागुन ,काठमाडौँ । अघिल्लो साता ४७ अंकमाथिले घटेर २ हजार २२ अंकको विन्दुमा झरेको नेप्सेमा आइतबार सामान्य सुधार भएको छ । यसदिन नेप्से सूचक ४.५५ अंकले बढ्दै २ हजार २७.१९ अंकमा उक्लिएको हो । तर यता सेन्सेटिभ इन्डेक्स भने आज पनि ०.२८ अंकले ऋणात्मक हुँदै ३८४.०८ अंकमा झर्न पुगेको छ । आज बैंकिङ, लाइफ… Continue reading आज नेप्सेमा सामान्य सुधार

भूकम्पपछि टर्कीले ६ सय जनालाई मुद्धा हाल्यो

१४ फागुन,एजेन्सी। सिरियाको सीमा नजिक टर्कीमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको त्रास सेलाउँन नपाउँदै जापान र अफगानिस्तानपछि पुपुवा न्यू गिनीमा पनि शक्तिशाली भूकम्प मापन गरिएको छ । १२ घण्टाभन्दा कम समयभित्रै यी तीन देशहरुमा भूकम्पको तिव्र झट्काले भने विश्वभरका भूवैज्ञानिकहरुलाई चिन्तामा पारिदिएको छ । यसले सूनामीको खतराको संकेत गरेको छ । संयुक्त राज्य भूवैज्ञानिक सर्वेक्षणका अनुसार… Continue reading भूकम्पपछि टर्कीले ६ सय जनालाई मुद्धा हाल्यो

प्रचण्डलाई दिल्लीले नपत्याएपछि दोहाले बोलायो

१४ फागुन, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अति कम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । यो उनको तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण हो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डले आफ्नो विदेश भ्रमण भारतबाट सुरु हुने बताएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश… Continue reading प्रचण्डलाई दिल्लीले नपत्याएपछि दोहाले बोलायो

नेपालको पानीमा फेरि भारतको दादागिरी/महाकालीमा  मनलाग्दो ¥याफ्टिङ

१४ फागुन, काठमाण्डौ । कहिले सडक त कहिले तटबन्धका नाममा नेपाली भूभाग अतिक्रमण गरिरहेको भारतीय पक्षले पछिल्लो समय विना अनुमति महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यास गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल र भारतबीचको सीमा महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासको नाममा नेपाली पक्षसँग विना समन्वय ¥याफ्टिङ गरेको… Continue reading नेपालको पानीमा फेरि भारतको दादागिरी/महाकालीमा  मनलाग्दो ¥याफ्टिङ

कोरियन कम्पनीले नेपालमा बस र टिभी उत्पादन गर्ने

१४ फागुन,एजेन्सी । आर्थिक समृद्धि र विकास पछिल्ला केही वर्षयता राजनीतिक नेतृत्वको आश्वासन र त्यसलाई पछ्याउदै जनताले देखेको एक सपना हो । पछिल्लो समय देशका ठूला राजनीतिक दलहरु बीच देखिएको सत्तालिप्सा र अस्थिर चरित्रबाट जनताको मन भित्र भित्रै कुडिएका बेला निजी क्षेत्रको प्रयासमा जनताको अपेक्षा वमोजिमको सानै भएपनि राहतको खबर संचार भएको छ । प्रदेश… Continue reading कोरियन कम्पनीले नेपालमा बस र टिभी उत्पादन गर्ने

नेपालमा पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट हुने

१४ फागुन, काठमाण्डौ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ । समूह… Continue reading नेपालमा पहिलोपल्ट महिला फुटबलको ओलम्पिक छनोट हुने

अल नासरमा रोनाल्डोको दोस्रो ह्याट्रिक

१४ फागुन , एजेन्सी । पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासारले साउदी प्रो–लिगमा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा डेम्याकलाई ३–० गोल अन्तरले हराउँदै अल नासार साउदी प्रो लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । खेलको १८ औँ मिनेटमा पेनाल्टीमा… Continue reading अल नासरमा रोनाल्डोको दोस्रो ह्याट्रिक

७ खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने

१४ फागुन, काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा हिजो नामिबियाले यूएईलाई हराएसँगै यो समीकरण बनेको हो । लिग–२ का शीर्ष तीन टोलीले आउँदो जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न… Continue reading ७ खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने

सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै

१४ फागुन, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ ।यस्तै लामिछानेलाई थुनामा राख्ने कि… Continue reading सन्दीप विदेश जाने-नजाने टुंगो लाग्दै

नेपाल चिनाउँने सम्पदा बेवारिसे

शंखमुलको जगतनारायणको मन्दिर परिसरमा बाँधिएको गाई ।

१३ फागुन, काठमाण्डौ । इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन । सयौं वर्षको कालखण्डका अनेकौं तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ । तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन् । इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको… Continue reading नेपाल चिनाउँने सम्पदा बेवारिसे

FATF द्वारा रुसको सदस्यता निलम्बन

१३ फागुन, एजेन्सी । विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले रूसको सदस्यता निलम्बन गरेको छ । समूहले विज्ञप्ति निकालेर रूसीको कदम एफएटीएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकाले कारबाही अघि बढाइएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ । युक्रेनमा भइरहेको रूसी आक्रमणलाई लिएर रुसको सदस्यता खारेज भएको हो । पेरिसमा पाँच… Continue reading FATF द्वारा रुसको सदस्यता निलम्बन

आर्सनल र म्यानचेस्टरमाथि जरिवाना

१३ फागुन, एजेन्सी । इंग्लिस क्लब आर्सनल र म्यानचेस्टर सिटी दण्डित भएका छन् । दुवै क्लबलाई फुटबल संघ (एफए) ले जरिवाना गरेको छ । यसै महिना इमिरेट्स स्टेडियममा प्रिमियर लिग अन्तरगतको खेलमा आफ्ना खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै एफएले दुवै क्लबलाई जरिवाना गरेको हो । आर्सनललाई ६५ हजार पाउन्ड र सिटीलाई ७५ हजार पाउण्ड… Continue reading आर्सनल र म्यानचेस्टरमाथि जरिवाना

जङ्गलको डढेलो बस्तीमा पस्दा १४ घर जले

Members of Nepal's army try to control a forest fire at Shivapuri National Park overlooking Kathmandu, as forest fires have raged many areas in Nepal contributing to worst air quality in the bowl shaped Kathmandu, Nepal April 11, 2021. REUTERS/Navesh Chitrakar

१३ फागुन, काठमाण्डौ । अहिलेको समय मौसम परिवर्तनको समय हो । अब बिस्तारै प्रि–मनसुनी गतिविधि सुरु हुने मौसमविद्हरुले बताएका छन् । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई हिउँदयाम मानिन्छ । हिउँदयाम सकिएपछि प्रि–मनसुन सुरु हुन्छ । यसपालिको हिउँदले सुक्खा निकै बढाएको छ । किनभने यो हिउँदमा खासै वर्षा हुन सकेको छैन । जसका कारण बालीनाली,… Continue reading जङ्गलको डढेलो बस्तीमा पस्दा १४ घर जले

पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा सहज

१३ फागुन, एजेन्सी । नेपाल सरकारले पोर्चुगलमा बस्ने सबै नेपालीहरुका लागि एक सूचना जारी गरेको छ । जस्मा राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना रहेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले अब फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास म्याड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न… Continue reading पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा सहज

राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त/राप्रपा सरकारबाट बाहिरियो, के गर्छ एमाले ?

१३ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकअघि सभापति शेरबहादुर देउवाले आफ्नो च्याम्बरमा राष्ट्रपतिको उम्मेदवारमा पौडेलको नाम प्रस्ताव गरेका थिए । सो प्रस्ताव अनुमोदन कार्यसम्पादन समितिको बैठकबाट भएको हो । यसअघि… Continue reading राष्ट्रपतिमा पौडेल र नेम्वाङको भिडन्त/राप्रपा सरकारबाट बाहिरियो, के गर्छ एमाले ?

टुट्यो एमाले–माओवादी गठबन्धन/नयाँ गठबन्धनमा के के भयो सहमति ?

१३ फागुन,काठमाण्डौ । शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सत्तापक्षका दलहरुले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै औपचारिक रुपमा वर्तमान एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए । आठ दलले… Continue reading टुट्यो एमाले–माओवादी गठबन्धन/नयाँ गठबन्धनमा के के भयो सहमति ?

सन्दीपका लागि युएई जाने बाटो खुलेन, आइतबार सुनुवाइ

१२ फागुन, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्याायधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै आइतबार पुनः सुनुवाइ हुने गरि आदेश दिएको छ। आइतबार दुवै पक्षका तथा अन्य मुद्दाहरु समेत सँगै राखेर हेर्नेगरि… Continue reading सन्दीपका लागि युएई जाने बाटो खुलेन, आइतबार सुनुवाइ

आकस्मिक बिदामा बैंक विदा नहुने/मन्त्रीपरिषदका १६ निर्णयहरु

१२ फागुन, काठमाण्डौ । सरकारले दिने आकस्मिक बिदाको दिन बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै वार्षिक रुपमा स्वीकृत गरेको बिदाबाहेक नेपाल सरकारबाट अतिरिक्त आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले बिहान… Continue reading आकस्मिक बिदामा बैंक विदा नहुने/मन्त्रीपरिषदका १६ निर्णयहरु

शिवरात्रिमा नुहाउने क्रममा नारायणी बेपत्ता भएका किशोर मृत फेला

१२ फागुन, काठमाण्डौ । नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर मृत फेला परेका छन्।चितवनको माडी नगरपालिका–५ घर भई भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए।उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी… Continue reading शिवरात्रिमा नुहाउने क्रममा नारायणी बेपत्ता भएका किशोर मृत फेला

युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?

१२ फागुन, एजेन्सी । रुस र युक्रेनबीचको युद्धको एक वर्ष पूरा भइसकेको छ र दुवै देशले हार मानेका छैनन् । यसैबीच चीनले यो युद्ध अन्त्य गर्न १२ बुँदे शान्ति योजना प्रस्तुत गरेको छ । युक्रेन र रुसबीच युद्धविराम हुनुपर्ने चीनको योजनामा भनिएको छ । तनावपूर्ण अवस्थालाई कम गरि शान्ति वार्ता सुरु गर्ने बाटो खुलाउनु पर्छ… Continue reading युक्रेनमा शान्ति ल्याउने जिम्मा चीनले लियो / युद्ध अन्त्यको १२ बुँदे शान्ति प्रस्तावमा के छ ?

पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी

१२ फागुन, काठमाण्डौ । गएको फागुन ७ को प्रजातन्त्रको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सहकार्यको प्रयासलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न अमनलाल मोदीले दिए चेतावनी

माधवलाई राष्ट्रपति बनाउन कांग्रेसले मानेन्/ ५ दलीय गठबन्धन ब्युँतिदै

१२ फागुन, काठमाण्डौ । चार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच छलफल भएको हो । आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक टुंग्याइएको छ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार आ–आफ्नो दलमा छलफल गरेर… Continue reading माधवलाई राष्ट्रपति बनाउन कांग्रेसले मानेन्/ ५ दलीय गठबन्धन ब्युँतिदै

नेपालले सिंगापुरलाई दियो विशाल लक्ष्य

१२ फागुन, एजेन्सी । आईसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । दुबईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो । नेपालका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले शानदार अर्धशतकीय पारी खेले… Continue reading नेपालले सिंगापुरलाई दियो विशाल लक्ष्य

रुस–युक्रेन युद्ध एकवर्ष पूरा,राष्ट्र संघको विशेष आह्वान

A resident carries a suitcase with his belongings after his building was heavily damaged by bombing in Kyiv, Ukraine, Friday, March 18, 2022. Russian forces pressed their assault on Ukrainian cities Friday, with new missile strikes and shelling on the edges of the capital Kyiv and the western city of Lviv, as world leaders pushed for an investigation of the Kremlin’s repeated attacks on civilian targets, including schools, hospitals and residential areas. (AP Photo/Felipe Dana)

१२ फागुन, एजेन्सी । रुसले युक्रेनमा आक्रमण सुरु गरेको शुक्रवार एक वर्ष पूरा भएको छ । गत वर्षको फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमा आक्रमण थालेको थियो । यस अवसरमा एक वर्ष लामो द्वन्द अन्त्य गर्न संयुक्त राष्ट्र सङ्घको महासभाले रुसलाई आह्वान गरेको छ । महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको हो । महासभाले… Continue reading रुस–युक्रेन युद्ध एकवर्ष पूरा,राष्ट्र संघको विशेष आह्वान

अन्तर्राष्ट्रिय फुटबलबाट सर्जियो रामोसको सन्यास

१२ फागुन, एजेन्सी । स्पेनिस भेट्रान तथा पेरिस सेन्ट जर्मेनका डिफेन्डर सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन् । स्पेनका सन् २०१० को विश्वकप विजेता सर्जियो रामोसले नयाँ प्रशिक्षक लुइस डे ला फ्युएन्टेले आफूलाई टोलीमा समावेश नगरेपछि ‘भारी हृदय’ का साथ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । रामोसले मार्च २०२१ देखि स्पेनका… Continue reading अन्तर्राष्ट्रिय फुटबलबाट सर्जियो रामोसको सन्यास

बालुवाटारमा पूरानो गठबन्धनको निर्णायक बैठक

१२ फागुन ,काठमाण्डौ । राष्ट्रपतिको उम्मेदवारबारे सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति नजुटिरहेका बेला पुरानो पाँच दलीय गठबन्धनका नेता छलफलमा जुटेका छन् । विहानैदेखि चलेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपासहित ४ दलको बैठक वालुवाटारमा जारी छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरूबीच रस्साकस्सी भइरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा… Continue reading बालुवाटारमा पूरानो गठबन्धनको निर्णायक बैठक

भोली शुक्रबार शोक विदा दिने त्रिवि कार्यकारी परिषदको निर्णय

११ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । उप्रेतीको फागुन ८ गते निधन भएको थियो ।शाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी… Continue reading भोली शुक्रबार शोक विदा दिने त्रिवि कार्यकारी परिषदको निर्णय

‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन लण्डन जाँदै

११ फागुन, काठमाडौं । ‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ । लण्डन भ्रमण मेयरमा निर्वाचित भएपछि साहको पहिलो सरकारी वैदेशिक… Continue reading ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन लण्डन जाँदै

आज सेयर बजारमा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

११ फागुन , काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ। राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गर्‍यो। संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले… Continue reading आज सेयर बजारमा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

नेपाली टिममा परेनन् सन्दीप, यूएई जान पाएनन् अनुमति

११ फागुन, काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । यूएईमा यही फागुन १५ गतेदेखि हुने शृंखलाका लागि बिहीबार नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टिममा यसअघि घरेलु मैदानमा भएको त्रिदेशीय शृंखलामा… Continue reading नेपाली टिममा परेनन् सन्दीप, यूएई जान पाएनन् अनुमति

लिग २ सिरिज विजेतालाई सरकारले जनही २ लाख दिने

११ फागुन, काठमाण्डौ । सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण… Continue reading लिग २ सिरिज विजेतालाई सरकारले जनही २ लाख दिने

अक्षय कुमारले सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड बनाए

११ फागुन, एजेन्सी । भारतीय चलचित्र उद्योग बलिउडका चर्चित अभिनेता अक्षय कुमारले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन् । उनले तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड राखेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आगामी फिल्म ’सेल्फी’ को प्रमोशनको क्रममा उक्त रेकर्ड राखेका हुन्। बुधबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना फ्यानसँग १८४… Continue reading अक्षय कुमारले सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड बनाए

टाट पल्टिने भएपछि पाकिस्तानले मन्त्रीलाई तलब नदिने

११ फाल्गुन, एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट १.१ अर्बको सहयोग सुरक्षित गर्न आईएमएफको माग अनुसार विभिन्न कर तथा गैर कर शुल्कहरुमा फेरबदल गरेको छ। पाकिस्तानले टाट पल्टिनबाट बच्न पहिले नै आफ्नो मुद्रामा कृत्रिम क्यापहरू हटाइसकेको छ जसकारण यसको मूल्यमा एक चौथाई भन्दा बढीको गिरावट आएको छ। त्यस्तै, इन्धनको… Continue reading टाट पल्टिने भएपछि पाकिस्तानले मन्त्रीलाई तलब नदिने

बैंकबाट ऋण लिनेले लघुवित्तबाट नपाइने

११ फागुन, काठमाण्डौ । पछिल्लो समय चर्को व्याजजस्ता विषयका कारण ऋणीलाई दिएको चरम यातनले सडकदेखि सदनसम्म लघुवित्त खारेजी तथा कारबाहीको माग राख्दै विरोध भइरहेको बेला नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूका लागि ८ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७८ परिमार्जन गर्दै कसिलो बनाएको हो ।… Continue reading बैंकबाट ऋण लिनेले लघुवित्तबाट नपाइने

काठमाडौंको वायु स्वास्थ्यका लागि घातक, सास लिनै सकस

११ फागुन,काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकांकले देखाएको छ । आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) बढ्दै गएको छ । बिहीबार बिहान ११ः४५ बजे काठमाडौंका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १७४ यूएस एक्यूआईसम्म पुगेको आईक्यू एयरले जनाएको छ । सोमबार १५९ रहेको यो मात्रा… Continue reading काठमाडौंको वायु स्वास्थ्यका लागि घातक, सास लिनै सकस

माधवले भने राष्ट्रपति ४ बजे, प्रचण्डले भने १३ गते

११ फागुन, काठमाण्डौ । नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दिन दिने नजिकिदै गर्दा दलका नेताहरु घनिभूत छलफलमा जुटेका छन् । राष्ट्रपतिको उम्मेदवार तय गर्न केही साता अघि देखि सक्रिय बनेका एमाले अध्यक्ष केपी शर्मा ओली फुर्सदिला भएका छन् भने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सक्रियता बढेको छ ।… Continue reading माधवले भने राष्ट्रपति ४ बजे, प्रचण्डले भने १३ गते

ताजकिस्तानमा भयंकर भूकम्प, चीन, पाकिस्तान हल्लिए

११ फागुन, एजेन्सी । ताजकिस्तानमा ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ । चीनको सीसीटीभीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो । चीनसँगको… Continue reading ताजकिस्तानमा भयंकर भूकम्प, चीन, पाकिस्तान हल्लिए

राजदूतलाई लिएर नारायणकाजी र बालेन चक्रपथ किन गए ?

११ फागुन, काठमाण्डौ । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा आज सम्बन्धित निकायले अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेको छ । यस सडक खण्डको निर्माण कार्य छिटो थालनी गराउने उद्देश्यले उपप्रधानमन्त्री श्रेष्ठको पहलमा नेपालका लागि चिनिया राजदूत चेन छोङ,काठमाडौँमहानगरकाका मेयर बालेन शाह, मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, बिधुत प्राधिकरणका प्रमुख… Continue reading राजदूतलाई लिएर नारायणकाजी र बालेन चक्रपथ किन गए ?

लगातार ४ खेल जितेपछि नेपाललाई के फाइदा ? विश्वकप छनोट खेल्ने सम्भावना कति छ ?

९ फागुन, काठमाण्डौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्टकटल्याण्डविरुद्ध नेपाल २ विकेटले विजयी भएको छ । योसँगै नेपालले इतिहास रचेको छ । नेपालले पहिलोपटक लिग–२ सिरिजको चारवटै खेल जित्दै इतिहास रचेको हो । नामिबियालाई २ विकेटले यो श्रृंखलाको सुरुवात गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्डलाई तीन विकेटले हराउँदै नेपालले लय कायमै राख्यो । तेस्रो… Continue reading लगातार ४ खेल जितेपछि नेपाललाई के फाइदा ? विश्वकप छनोट खेल्ने सम्भावना कति छ ?

न्यूयोर्कबाट दिल्ली उडेको विमान लन्डन पुग्यो

९ फागुन, एजेन्सी । मेडिकल इमर्जेन्सीका कारण अमेरिकाको न्यूयोर्कबाट दिल्ली आइरहेको एयर इन्डियाको उडान डाइभर्ट गरिएको छ। सोमबार साँझ यो विमान उड्दा यसलाई लन्डनतर्फ मोड्नुपरेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । एयर इन्डियाको ब्क्ष्–ज्ञण्द्द विमान लगभग एघार २५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने तालिका थियो। विमानको ट्र्याकिङ डाटाले देखायो कि यो नर्वे माथिबाट उडिरहेको… Continue reading न्यूयोर्कबाट दिल्ली उडेको विमान लन्डन पुग्यो

विश्वकप लिग टू सिरिजमा लगातार ४ खेल जितेर नेपालले इतिहास बनायो

९ फागुन, काठमाण्डौ । घरेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकाल्दै क्लीन स्विप गरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने… Continue reading विश्वकप लिग टू सिरिजमा लगातार ४ खेल जितेर नेपालले इतिहास बनायो

‘केपी ओली कप’ को ट्रफी र गीत सार्वजनिक

९ फागुन, काठमाण्डौ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ । केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो । फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही… Continue reading ‘केपी ओली कप’ को ट्रफी र गीत सार्वजनिक

राष्ट्रपति हुन् कति मत चाँहिन्छ ? कहाँ हुने छ मतदान ?

९ फागुन, काठमाण्डौ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नपाएमा फागुन २६ गते फेरि मतदानको तयारी गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते… Continue reading राष्ट्रपति हुन् कति मत चाँहिन्छ ? कहाँ हुने छ मतदान ?

यो वर्ष किन चाँडै गर्मी सुरु भयो ? पानी नपर्दा खोलाका मुहान र बाली सुके

heat wave in the city and hand showing thermometer for high temperature

९ फागुन, काठमाण्डौ । यस वर्ष चाँडै नै गर्मी सुरु भएको छ । हिउँदमा पानी नपरेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको हो । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुशार ‘हाल… Continue reading यो वर्ष किन चाँडै गर्मी सुरु भयो ? पानी नपर्दा खोलाका मुहान र बाली सुके

प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिनेहरु को–को छन् ?

९ फागुन , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु अघि र बनेपछि पनि आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउने भन्दै अन्तिम इनिङलाई सुखद बनाउने अभिब्यक्ति दिइरहन्छन् । यसअघिका आफ्ना दुई कार्यकालमा आफूले काम गर्न नपाएको भन्दै यो कार्यकाल जनताको मानसपटलमा परिवर्तनको छाप छाड्ने गरी काम गर्ने प्रतिवद्धता उनले पटक पटक दोहोर्याउदै आएका छन् । हुन्लाई… Continue reading प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिनेहरु को–को छन् ?

ठगी गर्ने मालिक,सजाय पाउने कामदार

९ फागुन, विराटनगर । सुनसरीको तरहरास्थित सिंहदेवी ज्वेलर्सका कामदार गोपाल भनिने लालबहादुर विश्वकर्मा झुम्का कारागारमा थुनिएको २ महिना कटिसकेको छ। उनलाई आफ्ना मालिकले गरेको ठगि धन्दामा फसाइएको भनेर चौतर्फी न्याय माग गरिएको छ । उनीमाथि सुनसरी जिल्ला अदालत निर्मला योङ्गयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै ३ करोड १४… Continue reading ठगी गर्ने मालिक,सजाय पाउने कामदार

सन्दीप बने नायक /च्याम्पियन स्कटल्याण्ड २१२ रनमा अलआउट

९ फागुन, काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डलाई २१२ रनमा अलआउट गरेको छ । नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएको हो ।… Continue reading सन्दीप बने नायक /च्याम्पियन स्कटल्याण्ड २१२ रनमा अलआउट

थाइ एयरवेजको ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

९ फागुन, काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाइ एयरवेजका इन्जिनियरमार्फत हुँदै आएको जहाज मेन्टिनेन्स, रिपेयर एण्ड ओभरहल सेवा आजदेखि बन्द गर्ने निर्णय भएको हो । उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विगत लामो समयदेखि थाइ एयरलाइन्सले… Continue reading थाइ एयरवेजको ग्राउण्ड ह्याण्डलिङ सेवा खारेज

स्कटल्यान्डविरुद्ध सन्दीपको जादु, एक्लै पाँच ओभरमै चार विकेट लिए

९ फागुन, काठमाण्डौ । स्कटल्यान्ड र नेपालबीचको दोस्रो एकदिवसीय खेल अहिले त्रिवि मैदानमा जारी छ । अहिलेसम्मको खेल हेर्दा सन्दीप लामिछाने भर्सेस स्कटिस ब्याट्सम्यानजस्तो देखिएको छ । सनसनीपूर्ण बलिङ गर्दै उनले पाँच ओभरमै चार विकेट लिइसकेका छन् । टस हारेर ब्याटिङमा बोलाइएका स्कटिस ओपनरहरुले फास्ट बलरहरुविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण… Continue reading स्कटल्यान्डविरुद्ध सन्दीपको जादु, एक्लै पाँच ओभरमै चार विकेट लिए

सन्दीप फेरि अदालत पुगे, विदेश जान पाउनु पर्ने माग

८ फागुन, काठमाण्डौ । धरौटीमा छुटेका राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । विदेशी भूमिमा राष्ट्रिय टिमबाट खेल्न फैसलाबाट अवरोध पुगेपछि उनी सर्वाेच्च पुगेका हुन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका… Continue reading सन्दीप फेरि अदालत पुगे, विदेश जान पाउनु पर्ने माग

रुसलाई हतियार नदिन चीनलाई अमेरिकाको चेतवानी

८ फागुन,एजेन्सी । अमेरिकी आकाश पुगेको चिनियाँ बेलुन अमेरिकाले खसालेपछि सम्बन्ध थप चिसिएका बेला दुई देशबीच उच्च तहमा भेटवार्ता भएको छ । शनिबार चिनियाँ शीर्ष कुटनीतिज्ञ वाङ यी र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता भएको छ । तर यो भेटमा पनि उनीहरुले एकअर्कालाई चेतावनीयुक्त आग्रह गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका… Continue reading रुसलाई हतियार नदिन चीनलाई अमेरिकाको चेतवानी

धरान किन आउँदैछिन् बेलायती मन्त्री ?

७ फागुन, काठमाण्डौ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमण गर्ने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौँ आउने छिन् । उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्न लागेकी हुन् । उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,… Continue reading धरान किन आउँदैछिन् बेलायती मन्त्री ?

सन्दीपलाई यूएई जान बाधक बन्यो अदालतको शर्त

७ फागुन, काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने त्रिदेशीय शृंखलामा नेपाली राष्ट्रिय टोलीका दुई सदस्य सन्दीप लामिछाने र गुल्सन झा टिममा नपर्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का एक अधिकारीले बताए अनुसार सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको र गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण… Continue reading सन्दीपलाई यूएई जान बाधक बन्यो अदालतको शर्त

द्वन्द्वकालका दोषीलाई माफी दिएकोमा आपत्ति

७ फागुन, काठमाण्डौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनताले चाहेको संविधान जारी भएर एक कार्यकाल पूरा भइसक्दा पनि मानव अधिकारको संरक्षण र संवर्द्धनमा आशा जगाउने अवस्था अझै नभएको निष्कर्ष निकालेको छ । मानव अधिकार वर्ष पुस्तक २०२२ बारे बोल्दै इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले संविधानले दिएको मौलिक हकको उपयोग र प्रत्याभूतिले यस वर्ष पनि… Continue reading द्वन्द्वकालका दोषीलाई माफी दिएकोमा आपत्ति