२५ वैशाख, काठमाण्डौ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै उच्च राजनीतिक नेतृत्व तानिदै आएको अवस्थामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन् । पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको… Continue reading शरणार्थी प्रकरणमा पूर्वएआइजीले गरे यस्तो खुलासा/खाणको कनेक्सन कसरी ?
Category: समाचार
टोपबहादुर नेपालमै लुके कि भारत पसे ?
२५ वैशाख, काठमाण्डौ । शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । पूर्व उपप्रधानमन्त्री समेत भएका व्यक्ति… Continue reading टोपबहादुर नेपालमै लुके कि भारत पसे ?
अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !
२५ वैशाख, काठमाण्डौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज संसदमा बोल्न नपाएको निहुँमा अर्धनग्न भएर सभामुखको ध्यानाकर्षण गराएकै दिन उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंह पूर्व कांग्रेस नेता हुन् । उनलाई पदीय शक्ति… Continue reading अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी / आरजु र मञ्जुलाई प्रहरीले सोधपुछ पनि नगर्ने !
आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो
२५ वैशाख, काठमाण्डौ । आइतबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवा निकै आक्रोशितरुपमा प्रस्तुत भइन् । उनले आफूलाई नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडेर कुप्रचार गरिएको भन्दै आपत्ति जनाइन् । यो प्रकरणमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको मात्रै बताइनन्, उनले यसलाई ‘लैंगिक विभेद’ को रुप नै दिइन् । महिलाले आफ्नो हैसियतमा… Continue reading आरजु र मञ्जुको भाइरल अडियोले तहल्का मच्चियो
मोरङका कैदीबन्दीले उपचार पाएनन्, जेलरले पैसा मागेको आरोप
२५ वैशाख, विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक दर्जन कैदीबन्दीले जेलरका कारण आफुहरुले स्वास्थ्य उपचार नपाएको बताएका छन् । विराटनगस्थित मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कारागारमा रहेका १२ जना बन्दीहरुलाई रकम नदिएकै कारण उपचार गराउन जान नदिएको कैदीबन्दीहरुले आरोप लगाएका छन् । कारागार व्यवस्थापन विभागका अनुसार कोही कैदीबन्दीहरु विरामी भएमा रोग र विरामी अनुसार… Continue reading मोरङका कैदीबन्दीले उपचार पाएनन्, जेलरले पैसा मागेको आरोप
डुंगा दुर्घटना हुँदा २१ पर्यटकको मृत्यु
२५ वैशाख, एजेन्सी । भारतको केरलामा एक दुर्घटनामा परि करिब २ दर्जन पर्यटकले ज्यान गुमाएका छन् । केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका हुन् । आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन् । २१ जनाको शव निकालिएको छ । मृत्यु… Continue reading डुंगा दुर्घटना हुँदा २१ पर्यटकको मृत्यु
काठमाडौंका गुजुल्टा तार हटाउन सुरु
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । सोमवार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो । महानगरपालिकाले नेपाल टेलिकम, वल्र्ड लिंक, बोर्ड लिंक लगायतका सम्बन्धित निकायहरुसँगको समन्वयमा तार व्यवस्थापन गर्न शुरु गरेको छ । तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महागरीय प्रहरी… Continue reading काठमाडौंका गुजुल्टा तार हटाउन सुरु
श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो
२५ वैशाख, काठमाण्डौ । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको विमानस्थलले जनाएको छ । आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको बताइएको छ । उडिरहेको जहाजको पांग्रा भित्र नपसेपछि जहाज भैरहवा फर्काइएको जनाइएको छ । अहिले जहाजमा रहेका… Continue reading श्री एयरको जहाजको पांग्रा अड्किएपछि बीच बाटोबाटै फर्कियो
संसदमै कपडा खोलेर अमरेशकुमारले गरे बिरोध
२५ वैशाख, काठमाण्डौ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएका थिएनन् । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएका थिए । तर सभामुखले बैठकमा आकस्मिक समय… Continue reading संसदमै कपडा खोलेर अमरेशकुमारले गरे बिरोध
मिठाई बेच्ने १० भारतीयलाई कसले बेच्यो नागरिकता ?
२४ वैशाख, काठमाण्डौ । काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका १० भारतीय नागरिक गलत विवरणसहितको कागजात पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिमपट्टी ग्राम भीमपुरा थाना बेल्थरा रोडका रहेका छन् । उनीहरु काठमाडौं उपत्यकाका शंखमुल, गंगबु, बसन्धुरा, लगनखेल, कलङ्कीलगायत स्थानमा मिठाई पसल… Continue reading मिठाई बेच्ने १० भारतीयलाई कसले बेच्यो नागरिकता ?
कोशी नाममा विवाद नगर्न माधव नेपालको आग्रह
२४ वैशाख, काठमाण्डौ । एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व आएर कोशी नामको पक्षमा आफ्नो र पार्टीको अडान टसकोमस नहुने अडान राखे । यसका लागि उनले गृहजिल्लादेखि पूर्वका ठाउँ ठाउँमा कालो झण्डा र विरोधको सामना गरे । ओलीको यो लाइनमा उनका कट्टर… Continue reading कोशी नाममा विवाद नगर्न माधव नेपालको आग्रह
चन्द्रमाको माटोबाट अक्सिजन निस्कियो
२४ वैशाख, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो आर्टेमिस मिसनमार्फत चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने तयारी गरिरहेको छ । यस मिसन मार्फत नासाको वास्तविक उद्देश्य चन्द्रमाको सतहमा आफ्नो दीर्घकालीन उपस्थिति कायम राख्नु हो। यस उद्देश्यलाई वास्तविकतामा परिणत गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा अक्सिजनको सिर्जना गर्नुपर्ने हुन्छ । वैज्ञानिकहरुका अनुशार सास फेर्न बाहेक अक्सिजनलाई ढुवानीका लागि प्रोपेलेन्टको… Continue reading चन्द्रमाको माटोबाट अक्सिजन निस्कियो
सन्दीपको मुद्दाको सुनुवाइ स्थगित, न्यायाधीश बिदामा
२४ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले फास्ट ट्रयाकमा किनारा लगाउनु भनेको नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो । तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो । मुद्दाको सुनुवाइ स्थगित गरिएको… Continue reading सन्दीपको मुद्दाको सुनुवाइ स्थगित, न्यायाधीश बिदामा
अमेरिकाको सपिङ मल गएका ८ जना एकै पटक मारिए
२४ वैशाख,एजेन्सी । विश्वकै शक्ति राष्ट्र अमेरिकामा फेरि अर्काे एक गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको टेक्सासमा एक आक्रमणकारीले गोली चलाएर आठ जनाको हत्या गरेको छ । यस पटक गोलीबारी सपिङ मलमा भएको थियो जहाँ मानिसहरू किनमेल गर्न आएका थिए। एलेन सिटीमा भएको यो घटनामा एक बालकको पनि मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले अचानक… Continue reading अमेरिकाको सपिङ मल गएका ८ जना एकै पटक मारिए
आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
२४ वैशाख ,काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यस दिन घटेको छ।बिहीबार एक हजार दुई सय रुपैयाँ बढेर हाल सम्मकै उच्च बिन्दु कायम गरेको सुनको मूल्य यस दिन प्रतितोला एक हजार… Continue reading आज सुनको भाउ घट्दा चाँदी भने स्थिर
पश्चिम वायु प्रणाली कमजोर हुदाँ दिनदिनै गर्मी बढ्दो
२४ वैशाख ,काठमाडौं । देशमा पश्चिम वायु प्रणाली कमजोर बन्दै गएको छ।पश्चिमी न्यून चापीय प्रणाली नहुँदा मौसममा सुधार देखिएको र केही ठाउँमा आंशिक बदलीको सम्भावना रहे पनि अधिकांश ठाउँमा घाम लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ‘दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया… Continue reading पश्चिम वायु प्रणाली कमजोर हुदाँ दिनदिनै गर्मी बढ्दो
राष्ट्रपति नागरिकता विधेयकको छलफलमा
२४ वैशाख, काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न कानुनविद्सँग छलफल गर्ने भएका छन् । राजनीतिक दलबीच सहमति जुट्न नसकेपनि नागरिकता विधेयक संसद्ले दोस्रोपटक बहुमतको बलमा पारित गरेर गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर, भण्डारीले नै प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो… Continue reading राष्ट्रपति नागरिकता विधेयकको छलफलमा
१० औं पटक विस्तार गर्दा पनि प्रचण्ड सरकार अपूरो
२४ वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दशौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।… Continue reading १० औं पटक विस्तार गर्दा पनि प्रचण्ड सरकार अपूरो
बालेनले तार काटिदिने भनेपछि झस्कियो प्राधिकरण
२४ वैशाख, काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तारमा क्षति नपु¥याउन अनुरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दशकौंदेखि टाँगिएका र सेवा प्रवाह भइरहेका तार एकै पटक व्यवथापन गर्न कठिनाइ हुने साथै दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन गर्न काम भइरहेको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार अहिले… Continue reading बालेनले तार काटिदिने भनेपछि झस्कियो प्राधिकरण
टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत
२४ वैशाख, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् । उच्च अदालत पाटनको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको बालेनको दाबी छ । टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर बनाइएको भन्दै मेयर शाहले डोजर लगाएर उत्खनन गर्न थालेपछि प्रेसिडेन्ट… Continue reading टुकुचामा फेरि डोजर चलाउने बालेनको संकेत
बाख्मुटबाट सेना झिक्ने वाग्नरका मालिकको घोषणा
२२ वैशाख , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एकपछि अर्को झड्का लाग्न थालेको छ । केही दिनअघि उनको हत्याको प्रयास गरिएको थियो । बुधबार ड्रोन आक्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या प्रयास भएको दाबी रुसले गरेको थियो । यसका लागि उसले पहिला किभ र पछि अमेरिकामाथि आरोप लगाएको छ । तर किभ र वासिंटन… Continue reading बाख्मुटबाट सेना झिक्ने वाग्नरका मालिकको घोषणा
शरणार्थी प्रकरणमा मुछिएपछि आफ्नै बचाउमा उत्रिए खाँण
२२ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणले वक्तव्य निकालेका छन् । वक्तव्यमार्फत खाणले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न गरेको उनको भनाइ छ । उनले भनेका… Continue reading शरणार्थी प्रकरणमा मुछिएपछि आफ्नै बचाउमा उत्रिए खाँण
ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन
२२ वैशाख, काठमाण्डौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले संचारमाध्यमहरुलाई बताएका छन् । ‘अस्ति पनि उहाँको कन्सर्न थियो यही… Continue reading ओलीसँगको भेटपछि प्रचण्डले भने, कसैको दबाबमा पर्दिन
मणिपुर जातीय हिंसाः मृत्यु हुनेको संख्या ५४ पुग्यो
२२ वैशाख, एजेन्सी । भारतको पूर्वोत्तर राज्य मणिपुरमा ४ दिनदेखि जारी जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ । मणिपुर म्यानमार (वर्मा) सँग सीमा जोडिएको प्रान्त हो । रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि चर्किएको हिंसात्मक आन्दोलनका कारण मणिपुर अशान्त बनेको हो । ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर… Continue reading मणिपुर जातीय हिंसाः मृत्यु हुनेको संख्या ५४ पुग्यो
मेस्सीले पीएसजीसंग मागे माफी
२३ वैशाख, एजेन्सी । क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा आफूबाट गल्ती भएको अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् । सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।… Continue reading मेस्सीले पीएसजीसंग मागे माफी
कोरोनाको ’विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकियो : डब्ल्यूएचओ
२३ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।… Continue reading कोरोनाको ’विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकियो : डब्ल्यूएचओ
अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने / यसरी हेर्नुहोस् डिभीको नतिजा
२३ वैशाख, काठमाण्डौ । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज(शनिबार) सार्वजनिक हुँदैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो । यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसार आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो । नेपाली समय अनुसार आज… Continue reading अमेरिकी डिभीको नतिजा आज सार्वजनिक हुने / यसरी हेर्नुहोस् डिभीको नतिजा
७६ ग्राम ब्राउन सुगरसहित झापाबाट २ महिला पक्राउ
२२ वैशाख, काठमाण्डौ । प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१ घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् । झापा भद्रपुर नगरपालिका ८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले… Continue reading ७६ ग्राम ब्राउन सुगरसहित झापाबाट २ महिला पक्राउ
रुस र युक्रेनका प्रतिनिधि बीच टर्कीमा कुटाकुट
२२ वैशाख, एजेन्सी । युद्धमा होमिएका रुस र युक्रेनका प्रतिनिधि अन्तराष्ट्रिय सम्मेलनमा एकअर्कामाथि नै जाइलागेका छन् । टर्कीमा बिहीवार गरिएको एक कूटनीतिक सम्मेलनमा रुस र युक्रेनका प्रतिनिधिहरूले आपसमै कुटाकुट गरेका हुन् । रुसी प्रतिनिधिले युक्रेनी सांसदको हातबाट युक्रेनको झण्डा खोसेर च्यातेपछि झगडा भएको थियो । सांसद ओलेक्सान्दर मारिकोव्स्की आफ्नो देशको झण्डा लिएर फोटो खिचाउन उभिएको… Continue reading रुस र युक्रेनका प्रतिनिधि बीच टर्कीमा कुटाकुट
सिम्रिकका क्याप्टेन गम्भिर, ३ जनालाई काठमाडौं पुर्याइयो
२२ वैशाख, काठमाण्डौ । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले बताएका छन् । “उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको छ । गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर… Continue reading सिम्रिकका क्याप्टेन गम्भिर, ३ जनालाई काठमाडौं पुर्याइयो
यस वर्ष भोकमरी लाग्न सक्ने,विज्ञले दिए चेतावनी
२२ वैशाख, काठमाण्डौ । विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा यस वर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र… Continue reading यस वर्ष भोकमरी लाग्न सक्ने,विज्ञले दिए चेतावनी
सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा बारीमा दुर्घटनाग्रस्त भेटियो
२२ वैशाख, काठमाण्डौ । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको… Continue reading सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा बारीमा दुर्घटनाग्रस्त भेटियो
रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ?
२२ वैशाख, काठमाण्डौ । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले बताएका छन् । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद… Continue reading रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ?
कहाँ गए टोपबहादुर रायामाझी ? प्रहरी खोज्दै
२२ वैशाख, काठमाण्डौ । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म ( पक्राउ परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भनेका छन् “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट… Continue reading कहाँ गए टोपबहादुर रायामाझी ? प्रहरी खोज्दै
आज चन्द्र ग्रहण ,कति बजे देखिन्छ ?
२२ वैशाख, काठमाण्डौ । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन् पूर्ण, आंशिक… Continue reading आज चन्द्र ग्रहण ,कति बजे देखिन्छ ?
एसियाका तारा गौतम बुद्धको आज जन्म जयन्ती
२२ वैशाख, काठमाण्डौ । आज बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज मनाइँदैछ । काठमाडौंको बौद्ध स्तुपामा आज विशेष मेला लागेको छ । बौद्धमा पूजा र दर्शन गर्ने भक्तजनहरुको भीड रहेको छ । साथै काठमाडौं उपत्यकाको स्वयम्भूनाथसहित देशभरका बौद्धस्तुपाहरुमा विशेष मेला लागेको छ ।… Continue reading एसियाका तारा गौतम बुद्धको आज जन्म जयन्ती
वार्षिकोत्सवमा बिराट क्याम्पसले गर्याे शिक्षाविद्लाई सम्मान
२१ वैशाख,विराटनगर । विराटनगर स्थित बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स)ले शिक्षाविद्लाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका रामभक्त धमला र धर्मानन्द खरेललाई क्याम्पसले सम्मान गरेको हो। उनीहरुलाई दोसल्ला ओढाइ प्रमाण पत्र र नगद सहित सम्मान गरेको हो । कलेजले शिक्षा क्षेत्रका अग्रजहरुलाई सम्झनु… Continue reading वार्षिकोत्सवमा बिराट क्याम्पसले गर्याे शिक्षाविद्लाई सम्मान
१२ वर्षपछि ११ घण्टा उडेर पाकिस्तानी विदेशमन्त्री भारतमा
२१ वैशाख, एजेन्सी । मुलुक विभाजनपछि देखिको सीमा विवाद र यसकै कारण शत्रुतापूर्ण व्यवहारका कारण भारत र पाकिस्तानबीच राजनीतिक भ्रमण निकै कम हुने गरेको छ । पछिल्लो पटक सन् २०११ मा पाकिस्तानकी तत्कालीन विदेशमन्त्री हिना रब्बानी खारले भारत भ्रमण गरेकी थिइन् । त्यसयता कुनै पनि पाकिस्तानी विदेशमन्त्री भारत आएका थिएनन् । यस्तै, सन् २०१६ मा… Continue reading १२ वर्षपछि ११ घण्टा उडेर पाकिस्तानी विदेशमन्त्री भारतमा
मन्त्री फेरिन साथ किन फेरिन्छन् अर्थसचिव ?
२१ वैशाख , काठमाण्डौ । बजेट निर्माणको चटारोबीच अर्थसचिव फेरिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको हो । उनी प्रधानमन्त्री कार्यालयमा थिए । अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो । तात्कालिन अर्थमन्त्री विष्णु… Continue reading मन्त्री फेरिन साथ किन फेरिन्छन् अर्थसचिव ?
पुटिनमाथि आक्रमणको आरोप जेलेन्स्कीद्वारा अस्वीकार
२१ वैशाख, काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन् । फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भने, “हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,”। यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान… Continue reading पुटिनमाथि आक्रमणको आरोप जेलेन्स्कीद्वारा अस्वीकार
कमलको मुटुमा ज्ञानेन्द्रका लागि फेरि माया पलायो
२१ वैशाख, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा छँदा महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङदेनसंग हार व्योहोरेपछि कमल थापाले पार्टीमात्रै परित्याग गरेनन्, आफ्नो हारको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाए । त्यसपछि आफ्नो अध्यक्षतामा नयाँ दल राप्रपा नेपाल खोले र त्यसयता पनि निरन्तर पूर्वराजामाथि खनिनै रहेका थिए । राप्रपा नेपाल खोलिसकेपछि कमल थापाले हिन्दु राज्यको एजेण्डा… Continue reading कमलको मुटुमा ज्ञानेन्द्रका लागि फेरि माया पलायो
टोपबहादुर सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालित
२१ वैशाख, काठमाण्डौ । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् । बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्रोतले बताएको छ । रायमाझीले… Continue reading टोपबहादुर सम्पर्कविहीन, पक्राउ गर्न प्रहरी परिचालित
सुनले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति छ ?
२१ वैशाख, काठमाण्डौ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।यसअघि २०७९ चैत २२ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ११ हजार… Continue reading सुनले बनायो ऐतिहासिक रेकर्ड, तोलाको कति छ ?
प्रिमियर लिगमा हालान्डको कीर्तिमान
२१ वैशाख, एजेन्सी । नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो गोलसँगै हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन् । हालान्डले लिगको ३३ औं खेलमा कीर्तिमानी गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।… Continue reading प्रिमियर लिगमा हालान्डको कीर्तिमान
नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
२० बैशाख ,विराटनगर । नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा… Continue reading नोबेल न्यूरो सर्जरी विभागको वार्षिकोत्सवमा नेपाल र भारतका न्यूरो सर्जनको सम्मेलन
नक्कली शरणार्थी प्रकरणमा ठूला माछा, पूर्व मन्त्री नै फन्दामा
२० वैशाख, काठमाण्डौ । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । टोपबहादुर… Continue reading नक्कली शरणार्थी प्रकरणमा ठूला माछा, पूर्व मन्त्री नै फन्दामा
सरकारले एसिया कप पुग्ने खेलाडीलाई जनही ६ लाख दिने
२० वैशाख, काठमाण्डौ । नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको हो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र सहायक… Continue reading सरकारले एसिया कप पुग्ने खेलाडीलाई जनही ६ लाख दिने
सीमामा शान्ति कायम गर्न भारत–चीन तयार
२० वैशाख, एजेन्सी । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत–चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका… Continue reading सीमामा शान्ति कायम गर्न भारत–चीन तयार
मैदानमा भिडेका विराट र गम्भिरले एकअर्कालाई के–के भने ?
२० वैशाख, एजेन्सी । भारतमा जारी आईपिएलमा लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल अहिले सिंगो भारतीय क्रिकेट क्षेत्र र यसका समर्थकहरुलागि चर्चाको मुख्य विषय बनेको छ । यसको कारण यो खेलमा निकै विवाद भएको थियो । कहिले आरसीबीका विराट कोहली र लखनऊका नवीन उल हकबीच झगडा भयो भने कहिले विराट र लखनऊका मेन्टर… Continue reading मैदानमा भिडेका विराट र गम्भिरले एकअर्कालाई के–के भने ?
बालेनका नजरमा सबै नेता चोर हुन्
२० वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले देशका सबै नेताहरुलाई चोरको संज्ञा दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् । मेयर शाहले लेखेका छन्, ’नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको… Continue reading बालेनका नजरमा सबै नेता चोर हुन्
यार्सा टिप्न गएका ५ जना हिमपहिरोमा बेपत्ता/खोजीमा कठिनाइ
२० वैशाख, काठमाण्डौ । दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा पाँच जना बेपत्ता भएका छन् । यार्सागुम्बा सङ्कलकन गर्न गएका उनीहरु पहिरोमा परेका हुन् । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले हिमपहिरोमा परेका पाँच जनाको परिचय खुलेको तर अवस्था भने अझै अज्ञात रहेको बताए । डीएसपी पाण्डेकाअनुसार बेपत्ता हुनेमा डोटीको… Continue reading यार्सा टिप्न गएका ५ जना हिमपहिरोमा बेपत्ता/खोजीमा कठिनाइ
महावीरका माग सरकारले भोलिसम्म पूरा गर्ने
१७ वैशाख, काठमाण्डौ । सरकारले आन्दोलनरत महावीर पुनसँग छलफल गरेको छ । आइतबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग पुनको छलफल भएको हो । छलफलमा मुख्य सचिव शंकरदास वैरागी पनि सहभागि थिए । सरकारको टोली र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको हो । सरकार र पुनबीच वार्ताबाट माग टुंग्याउने सहमति भएको छ ।… Continue reading महावीरका माग सरकारले भोलिसम्म पूरा गर्ने
इन्टरनेशनल शब्द राख्न विदेशी विद्यार्थी पढेकै हुनुपर्ने : बालेन शाह
१७ वैशाख , एजेन्सी । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली नाम झल्कने नाम राख्नुपर्ने बताएका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र रहेका विद्यालयको नाम र चिन्हमा समेत एकरुपता ल्याउनुपर्ने उनले बताएका हुन् । काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन… Continue reading इन्टरनेशनल शब्द राख्न विदेशी विद्यार्थी पढेकै हुनुपर्ने : बालेन शाह
मौलाकालिकामा केवलकार सुरु भएपछि पर्यटकको ओइरो
१७ वैशाख, काठमाण्डौ । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता… Continue reading मौलाकालिकामा केवलकार सुरु भएपछि पर्यटकको ओइरो
किन रोकियो प्रचण्डको भारत भ्रमण ?
१७ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावित भारत भ्रमण तत्काललाई स्थगित भएको छ । उनको पहिलो विदेश भ्रमण असारअघि नहुने परराष्ट्रका अधिकारीहरुले बताएका छन् । आन्तरिक कारणले प्रचण्डको भारत भ्रमण स्थगित भएको यो दोस्रो पटक हो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ । पहिलो विदेश भ्रमणका लागि भारतलाई… Continue reading किन रोकियो प्रचण्डको भारत भ्रमण ?
आज नेप्सेमा १९ अंकको गिरावट
१७ वैशाख, काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा रोकिएको छ । नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । यस दिन ९५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार ७३ करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।आइतबार सबै समूहको परिसूचक घटेको छ… Continue reading आज नेप्सेमा १९ अंकको गिरावट
अरबको वायु नेपालमा, पहाडमा वर्षा तराईमा हुरी
१७ वैशाख, काठमाण्डौ । देशका धेरै स्थानमा आज बिहानैदेखि मौसम बदली भएको छ । धेरै स्थानमा वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा उपत्यकामा पनि केही बेरपछि वर्षा हुने सम्भावना छ । तर, निरन्तर वर्षा नहुने उनले बताए । “देशका धेरै स्थानमा आज वर्षा हुने… Continue reading अरबको वायु नेपालमा, पहाडमा वर्षा तराईमा हुरी
सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता
१७ बैशाख ,विराटनगर। मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी… Continue reading सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता
किमकी बहिनीले दिइन् परमाणु हमलाको चेतावनी
१७ वैशाख, एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले परमाणु हमलाको संकेत गर्दै चेतावनी दिएकी छिन् । यो जोङले आउने दिनहरु खतरापूर्ण हुनसक्ने भन्दै चेतावनी दिएकी हुन् । अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौताप्रति इंगित गर्दै उनले त्यसबाट ’धेरै गम्भीर खतरा’ उत्पन्न हुन सक्ने बताएकी हुन् । उनले उत्तर… Continue reading किमकी बहिनीले दिइन् परमाणु हमलाको चेतावनी
रविले प्रधानमन्त्रीलाई किन भेटे ?सरकारलाई समर्थन के हुन्छ ?
१७ वैशाख, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न रवि आज विहान बालुवाटार पुगेका थिए । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक अत्याधिक मतका साथ निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् ।… Continue reading रविले प्रधानमन्त्रीलाई किन भेटे ?सरकारलाई समर्थन के हुन्छ ?
युक्रेनी आवासीय क्षेत्रमा रुसको हवाई हमलाः २६ युक्रेनी मारिए
१६ वैशाख, एजेन्सी । पछिल्लो पटक रुसले गरेको आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ युक्रेनीले ज्यान गुमाएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक… Continue reading युक्रेनी आवासीय क्षेत्रमा रुसको हवाई हमलाः २६ युक्रेनी मारिए