१९ असार, विराटनगर । प्रमुख सत्तारुढ दल नेकपा एमालेले प्रतिपक्ष नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि ७ बुँदे सहमति गरेपछि नेपालको राजनीतिक तरंगित बनिरहेका बेला सरकारमा रहेको अर्काे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक किचलोले धेरैको ध्यान खिचेको छ । देशब्यापी रुपमा भ्रमण गरेर महामन्त्री डा. मुकुल ढकालले तयार पारेको प्रतिवेदनको छलफल गर्न बसेको… Continue reading रविलाई मुकुल ढकालको झापड ! रास्वपामा भुईंचालो
Category: समाचार
अब साउदीमा पनि ट्रम्प टावर
१८ असार, एजन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको व्यवसाय रहेको ट्रम्प टावर अब साउदी अरेबियामा पनि विस्तार हुने भएको छ । ट्रम्प अर्गनाइजेसनले साउदी अरेबियामा लग्जरी ट्रम्प टावर विकास गर्ने योजना सार्वजनिक गरेको हो । नयाँ टावर साउदी अरेबियाको जेद्दाहमा स्थापित हुने बताइएको छ । साउदी मेगा डेभलपर दार अल अकरानको अन्तर्राष्ट्रिय शाखा र दार… Continue reading अब साउदीमा पनि ट्रम्प टावर
के प्रचण्डविरुद्ध ओलीले षडयन्त्र गरेका हुन् ? माओवादीसंगै रास्वपा, अरु साना दल के गर्छन ?
१८ असार, विराटनगर। अनेक जोडबलका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकार बचाउँन सकेनन् । उनलाई बोकेको एमालेले आफ्नो काँध टक्टक्याउँदा अब उनको जादुयी नम्बरले पनि काम दिने भएन । यद्यपी अझै तीस दिनसम्म उनी प्रधानमन्त्री रहन्छन्, किनभने उनले तत्कालै राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने माओवादी केन्द्रले निर्णय गरेका छ । सरकारलाई दिएको… Continue reading के प्रचण्डविरुद्ध ओलीले षडयन्त्र गरेका हुन् ? माओवादीसंगै रास्वपा, अरु साना दल के गर्छन ?
ओली र देउवा बीच भएको ७ बुँदामा के छ ? संविधान संशोधन बहाना कि आवश्यकता ?
१८ असार, काठमाण्डौ । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ । संविधान संशोधनसहितका एजेन्डामा समझदारी गरेर दुई दलले नयाँ सरकार बनाउने सहमति गरेका हुन् । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेछ । अन्तिमको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर… Continue reading ओली र देउवा बीच भएको ७ बुँदामा के छ ? संविधान संशोधन बहाना कि आवश्यकता ?
सेवा प्रवाहमा सबैभन्दा बढी भूमिका स्थानीय सरकारको : मुख्यमन्त्री कार्की
१८ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्र र प्रदेशभन्दा जनताको सेवा प्रवाहमा बढी भूमिका स्थानीय तहको हुनेभएकाले यसलाई थप सक्षम र बलियो बनाउनुपर्ने बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षाण प्रतिष्ठान को आयोजनामा मंगलबारदेखि विराटनगरमा सुरु भएको न्यायिक समितिको तीन दिने कार्यशालाको उद्घाटन गर्दै उहाले स्थानीय तह जति धेरै सक्षम भयो जनताले… Continue reading सेवा प्रवाहमा सबैभन्दा बढी भूमिका स्थानीय सरकारको : मुख्यमन्त्री कार्की
नेताका कुरा कसरी पत्याउनु ? ओलीले भनेका थिए प्रधानमन्त्री बन्दिन्
१८ असार,काठमाण्डौ। शनिबार बालकोट पुगेर प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भईसकेको थियो । सोही भेटलाई लिएर प्रधानमन्त्रीले समेत पटक पटक ओलीसँग संवाद गरे । जहाँ ओलीले सरकार परिवर्तनबारे प्रचण्डलाई कुनै जानकारी दिएनन् । यसैले त सरकारकी प्रवक्ता रेखा शर्माले समेत सरकार परिवर्तनको… Continue reading नेताका कुरा कसरी पत्याउनु ? ओलीले भनेका थिए प्रधानमन्त्री बन्दिन्
रोनाल्डो भर्सेस एम्बाप्पे, युरोको क्वाटरफाइनलमा महाभिड्न्त
१८ असार, एजेन्सी । पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । फ्रान्कफर्टमा भएको खेलमा निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको… Continue reading रोनाल्डो भर्सेस एम्बाप्पे, युरोको क्वाटरफाइनलमा महाभिड्न्त
ओलीले प्रचण्डलाई किन ढाँटे ?नयाँ समीकरणको कारण यस्तो
१८ असार, काठमाण्डौ। जसरी साढे ३ महिना अघि सरकार संचालनका लागि सुविधा सम्पन्न बहुमत हुँदाहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पत्तै नपाई एमालेसँग नयाँ सहमति गरे त्यस्तै छनक दिनेगरी एमालेले प्रधानमन्त्रीलाई पटक पटकको भेटमा समेत कुनै जानकारी नदिई कांग्रेससँग नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्ने गरी नयाँ सहमति गरेको छ । यसैले प्रधानमन्त्री समेत रहेका नेकपा… Continue reading ओलीले प्रचण्डलाई किन ढाँटे ?नयाँ समीकरणको कारण यस्तो
रविविरुद्धको मुद्दाको सुनुवाइ आज
१८ असार, काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज मंगलबार सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले सहकारी प्रकरणमा जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि रविले दलमा रहिरन नमिल्ने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुन लागेको हो । रिटमाथि सुनुवाइ केही समय यता पेसीमा पर्दै आएको छ । रिट न्यायाधीशहरु सपना मल्ल प्रधान र शारंगा… Continue reading रविविरुद्धको मुद्दाको सुनुवाइ आज
आज कहाँ कहाँ पर्दैछ ठूलो पानी ?
१८ असार, काठमाण्डौ। मनसुनी वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा निरन्तरजसो पानी परेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र… Continue reading आज कहाँ कहाँ पर्दैछ ठूलो पानी ?
देउवा–ओलीको मिलनलाई बालेनले भने, काले काले मिलेर खाउ भाले
१८ असार, काठमाण्डौ। राजनीतिक घटनाक्रमहरुमा तिखो प्रहार गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धन गर्ने सहमति भएपछि कडा टिप्पणी गरेका छन् । सोमबार मध्यरातमा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच एमाले नेतृत्त्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ… Continue reading देउवा–ओलीको मिलनलाई बालेनले भने, काले काले मिलेर खाउ भाले
नयाँ सरकार कसरी बन्छ ? ओलीका लागि संविधान बाधक !
१८ असार, काठमाण्डौ। नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छाड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली विहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गरेका… Continue reading नयाँ सरकार कसरी बन्छ ? ओलीका लागि संविधान बाधक !
प्रचण्डको चलेन जादु , राजीनामा पनि नदिने
१८ असार, काठमाण्डौ। सोमबार दिनभर आमचासोदेखि राजनीतिक बृत्तसम्मै वर्तमान सरकार के हुन्छ भन्ने कौतुहलता चिर्दै अन्ततः मध्यरात संसदमा भएका पहिलो र दोस्रो ठूलो दलबीच नयाँ सरकार गठनका लागि नयाँ सहमति भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीचमा भएको सो सहमतिले वर्तमान प्रचण्ड नेतृत्वको सरकार ढल्ने र एमाले–कांग्रेस मिलेर नयाँ सरकार बन्ने निश्चित भयो ।यससंगै… Continue reading प्रचण्डको चलेन जादु , राजीनामा पनि नदिने
बहसमा बाइडेनको कमजोर प्रस्तुतीबारे के भन्छन् अमेरिकी अर्बपतिहरु ?
१७ असार,एजेन्सी । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनका लागि उमेद्वारीको तयारी गरेका वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच गत बिहीबार भएको बहसले अझै राजनीतिक बजार तताइरहेको छ । खासगरी बाइडेनको प्रस्तुतीले उनका समर्थक, शुभचिन्तक तथा सहयोगी चन्दादाताहरुलाई निराश बनाएको विभिन्न रिपोर्ट सार्वजनिक हुन थालेका छन् । तीमध्ये केही अर्बपतिहरु पनि रहेको बताइन्छ । फोर्ब्सको… Continue reading बहसमा बाइडेनको कमजोर प्रस्तुतीबारे के भन्छन् अमेरिकी अर्बपतिहरु ?
देउवा–प्रचण्डसंग पालैपालो ओलीको भेट, केका लागि ?
१७ असार, विराटनगर। सरकारमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक समानान्तर रुपमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी जो संसदमा सबैभन्दा ठूलो दल पनि हो कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता बढाएपछि नेपाली राजनीतिमा फेरि नयाँ केही पाक्न लागेको आशंकाहरु गरिएको छ । धेरैले त अब सरकार परिवर्तन हुन लागेको भन्न… Continue reading देउवा–प्रचण्डसंग पालैपालो ओलीको भेट, केका लागि ?
पोर्चुगल भर्सेस स्लोभेनिया, रोनाल्डोको जादु चल्ला ?
१७ असार,एजेन्सी । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे हेभि वेट फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ । फ्रान्स र… Continue reading पोर्चुगल भर्सेस स्लोभेनिया, रोनाल्डोको जादु चल्ला ?
६० किलो सुन तस्करीको अनुसन्धानको निष्कर्ष आयो
१७ असार,काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धान सकाएको छ । ५६ दिन लामो अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाइएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जनाकारी दिए । सीआईबीले संगठित सुन तस्करी मुद्दामा अनुसन्धान गरेको हो । दोस्रो चरणको अनुसन्धानका क्रममा २० जनालाई पक्राउ गरिएको… Continue reading ६० किलो सुन तस्करीको अनुसन्धानको निष्कर्ष आयो
तारा एयरको जहाज सम्पर्कविहीन भएको हल्ला कसले फैलायो ?
१७ असार, काठमाण्डौ । तारा एयरको जहाज सम्पर्कविहीन भयो भन्ने हल्ला अफवाह भएको पुष्टि भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएका थिए । तर, सोमबार कुनै जहाज नै नहराएको पाइएको छ । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज… Continue reading तारा एयरको जहाज सम्पर्कविहीन भएको हल्ला कसले फैलायो ?
यी हुन् टी–२० विश्वकप २०२४ का सेभेन स्टार
१७ असार,एजेन्सी । टी २० विश्वकपको नवौं संस्करण भारतका लागि शुभ रह्यो । उ अपराजित रहँदै दोस्रोपटक च्याम्पियन बन्यो । विश्वकपको समाप्तिसँगै आइसिसीले उत्कृष्ट प्रदर्शन गरेका सात खेलाडी सार्वजनिक गरेको छ । जसमध्येका एक हुन्, अफगानिस्तानका फजलहक फारुकी । अफगानिस्तान पहिलोपटक सेमिफाइनल पुग्नुको पछाडि फारुकीको योगदान धेरै छ । विशेषतः उनले समूह र सुपर एटमा घातक बलिङ… Continue reading यी हुन् टी–२० विश्वकप २०२४ का सेभेन स्टार
स्पेन र इङ्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा /भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
१७ असार, एजेन्सी । स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो… Continue reading स्पेन र इङ्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा /भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
रञ्जिता र रेशमको बाटो अलग, रञ्जिता दलको नेताबाट आउट
१७ असार, काठमाण्डौ । श्रीमान् श्रीमती समेत रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको कटुता थप बढेको छ । संरक्षक चौधरीले नै अध्यक्ष समेत रहेकी श्रीमती रञ्जितालाई दलको नेताबाट हटाएका छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरीलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो… Continue reading रञ्जिता र रेशमको बाटो अलग, रञ्जिता दलको नेताबाट आउट
फ्रान्समा म्याक्रोनको पार्टीलाई विस्थापित गर्न लागेको दल कस्तो हो ?
१७ असार,एजेन्सी । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी त्यहाँको संसदीय चुनावको पहिलो चरणमा पछाडि परेको छ । सीएनएन रिपोर्टका अनुसार मरिन ले पेनको दक्षिणपन्थी राष्ट्रिय ¥याली (आरएन) पार्टीले पहिलो चरणमा अग्रता बनाएको छ भने म्याक्रोनको पार्टी तेस्रो स्थानमा झरेको छ । प्रारम्भिक अनुमान अनुसार नेशनल ¥याली (आरएन) को नेतृत्वमा दक्षिणपन्थी गठबन्धनले ३४ प्रतिशत मतका साथ… Continue reading फ्रान्समा म्याक्रोनको पार्टीलाई विस्थापित गर्न लागेको दल कस्तो हो ?
मलेसियामा नेपाली श्रमिकमाथि शोषण बढ्यो
१७ असार,एजेन्सी । मलेसियाको जेलमा रहेका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले मलेसियाको ’डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका सात सय ५८ जना नेपाली श्रमिकको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा जेल र… Continue reading मलेसियामा नेपाली श्रमिकमाथि शोषण बढ्यो
स्वीस कार्यवाहक राजदूतसँग कोशीका मुख्यमन्त्रीको भेट
१६ असार, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यवाहक राजदूत मैथियास मायर बीच आईतवार भेटवार्ता भएको छ । भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चलिरहेका कार्यक्रमहरुका विषयमा छलफल भएको थियो । सो भेटमा स्वीस विकास सहायता सम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल भएको थियो । संघीयता कार्यान्वयनका विषयमा द्वीपक्षीय सहकार्यको… Continue reading स्वीस कार्यवाहक राजदूतसँग कोशीका मुख्यमन्त्रीको भेट
देउवा–ओलीको भेटले झस्किए प्रचण्ड, रास्वपा ब्याक भए एमाले–कांग्रेसले सरकार बनाउने ?
१६ असार, काठमाण्डौ । सत्तारुढ तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भएको भेटले तरंग ल्याएका बेला प्रचण्डले ओली र रवि लामिछानेसंग भेट गरेका हुन् । सो क्रममा एमाले अध्यक्ष ओली पहिला सिंहदरबार… Continue reading देउवा–ओलीको भेटले झस्किए प्रचण्ड, रास्वपा ब्याक भए एमाले–कांग्रेसले सरकार बनाउने ?
मुकुल ढकालको पद धरापमा, बैठक लाइभ किन ?
१६ असार, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीमा महामन्त्री मुकुल ढकाल एक्लो बृहस्पती बन्न पुगेका छन् । पार्टीकै निर्देशनमा बुझाएको समीक्षा प्रतिवेदन उनी आफैका लागि ब्याक फायर भएको छ । यसैका कारण ढकाललाई महामन्त्रीबाट हटाइनु पर्ने दबाव रास्वपा भित्र बढेको छ । पार्टीको अनुशासन समितिले उनलाई स्पष्टीकरण समेत माग गरेको छ । यस्तोमा असार १९ गतेका… Continue reading मुकुल ढकालको पद धरापमा, बैठक लाइभ किन ?
इरानमा दोस्रो चरणमा पुग्यो राष्ट्रपतिको चुनाव
१६ असार, एजेन्सी । इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो । राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ… Continue reading इरानमा दोस्रो चरणमा पुग्यो राष्ट्रपतिको चुनाव
विश्वकप भारतले जितिसक्यो तर सूर्यकुमारको क्याच किन पर्यो विवादमा ?
१६ असार, एजेन्सी । टी–२० विश्वकप फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै भारत च्याम्पियन बनेको छ। जितका लागि टर्निङ पोइन्ट बनेको भारतका सूर्यकुमार यादवले लिएको एउटा सनसनीपूर्ण ‘क्याच’ विवादित बनेको छ । बार्बाडोसमा खेलिएको टी–२० विश्वकप २०२४ को फाइनल खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे । टस जितेर पहिले ब्याटिङ गरेको… Continue reading विश्वकप भारतले जितिसक्यो तर सूर्यकुमारको क्याच किन पर्यो विवादमा ?
के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?
१६ असार, एजेन्सी । अमेरिकामा दोस्रो कार्यकालका लागि चुनावमा जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिएका राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने चुनाव नजिकिदै गर्दा अब उनलाई उम्मेदवारी नै फिर्ता लिनका लागि दबाब परेको छ । यो दबाब नेपाली समयअनुसार शुक्रबार बिहान भएको बाइडेन र उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पबीचको टेलिभिजन डिबेटपछि बढेको हो । सीएनएनमा भएको सो… Continue reading के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?
रोहितको निर्णय र हार्दिकको बलले भारतले चुम्यो विश्वकप
१६ असार, एजेन्सी । टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधि भारतले उचालेको छ । खेलको अन्तिम समयमा दक्षिण अफ्रिकातर्फ मोडिसकेको उपाधि एकाएक भारतीय बलर लयमा फर्किएपछि फाइनलमा दक्षिण अफ्रिकामाथि सात रनको रोमाञ्चक जित हासिल गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यसअघि भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि चुमेको थियो । १७७को लक्ष्य पछ्याएको दक्षिण… Continue reading रोहितको निर्णय र हार्दिकको बलले भारतले चुम्यो विश्वकप
नेपाली टोलीले लेबनानमा नखेल्ने, इजरेलको डर
१६ असार, एजेन्सी । लेबनानमा हुन लागेको सेडास वुमन इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता जनाउन तयारी गर्दै गरेको नेपालले अब सो प्रतियोगिता नखेल्ने भएको छ । लामो समयदेखि हमास विद्रोहीसँग युद्ध लडिरहेको इजरायलको छिमेकी देश लेबनानमा पनि संघर्ष चर्किने सम्भावना बढ्दै गएपछि नेपाली टोली रोकिएको हो । युद्धको जोखिमकै बीच आयोजक राष्ट्र लेबनानामा चार देश सम्मिलित ‘सेडास… Continue reading नेपाली टोलीले लेबनानमा नखेल्ने, इजरेलको डर
भारतलाई १७ वर्षपछि विश्वकप उपाधि, विश्वकप जिताएर रोहित–विराटले लिए टी–२० आईबाट संन्यास
१६ असार, एजेन्सी । आफूजस्तै गरी फाइनलमा आइपुगेको अर्को अपराजित प्रतिद्वन्दी दक्षिण अफ्रिकाविरुद्ध रोमाञ्चक जित निकाल्दै भारतले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ । वेस्ट इन्डिजमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको संघर्षपूर्ण जित निकाल्दै दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो । यता पहिलो पटक ठूलो प्रतियोगिताको फाइनल खेलेको… Continue reading भारतलाई १७ वर्षपछि विश्वकप उपाधि, विश्वकप जिताएर रोहित–विराटले लिए टी–२० आईबाट संन्यास
थाके जेलेन्स्की,रुससंगको युद्ध अन्त्य गर्न तयार
१६ असार, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको तीन वर्ष लामो युद्ध अन्त्यको योजना बनाइरहेको बताएका छन् । शुक्रबार किभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले सो कुराको जानकारी दिएका हुन् । ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किभमा आयोजित पत्रकार सम्मेलनमा… Continue reading थाके जेलेन्स्की,रुससंगको युद्ध अन्त्य गर्न तयार
आज ५ प्रदेशमा मुसलधारे वर्षा
१६ असार, काठमाण्डौ । आज ५ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहि न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको अवस्थामा आज केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको… Continue reading आज ५ प्रदेशमा मुसलधारे वर्षा
कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै
१५ असार, एजेन्सी । कोपा अमेरिका फुटबलमा कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटरफाइनलमा पुगेको छ । आज बिहान एरिजोनामा भएको खेलमा कोलम्बियाले कोस्टारिकालाई तीन गोलले हराउँदै एक खेल अगाडि नै अन्तिम–८ मा पुगेको हो । समूह ’डी’मा कोलम्बिया दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोलम्बियाले खेलको ३१ औं, ५९ औं र ६२ औं… Continue reading कोलम्बिया क्वाटरफाइनलमा, ब्राजिलको सम्भावना कायमै
बादलका फरार छोरा प्रतीक पक्राउ
१५ असार, काठमाण्डौ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त रहेका प्रतीक लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र… Continue reading बादलका फरार छोरा प्रतीक पक्राउ
आज धेरै ठाउँमा वर्षा र बाढीः सावधान रहनु
१५ असार,काठमाण्डौ। यस वर्षको मनसुनी वर्षाले निम्त्याएको बाढीपहिरोले अहिलेसम्म दर्जनबढी मानिसको मृत्यु भइसकेको छ भने, सयौं विस्थापित भएका छन् । कयौं घर तथा बस्तीहरु पहिरोमा पुरिएका, बाढीले बगाएका तथा डुबानमा समेत परेका छन् । यसबीच पछिल्लो पटक गुल्मी, बागलुङ र स्याङजामा गरि पहिरोमा परेर नौ जनाको ज्यान गएको छ । गुल्मीमा पाँच, बागलुङ र स्याङजामा… Continue reading आज धेरै ठाउँमा वर्षा र बाढीः सावधान रहनु
मुकुल ढकालसँग रास्वपाले सोध्यो स्पष्टीकरण
१५ असार, काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधिएको छ । पार्टीको समीक्षा प्रतिवेदन अनुमति नलिई संचारमाध्यममा सार्वजनिक गरेको भन्दै शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । बुधबारमात्र ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका थिए… Continue reading मुकुल ढकालसँग रास्वपाले सोध्यो स्पष्टीकरण
नेपालसँग हारेर जितेको दक्षिण अफ्रिका इतिहास कोर्ने दाउमा
१४ असार, विराटनगर । वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा एक पटकको विश्वविजेता भारत र पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको थियो भने बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८… Continue reading नेपालसँग हारेर जितेको दक्षिण अफ्रिका इतिहास कोर्ने दाउमा
मुसलधारे वर्षाले दिल्लीमा विमानस्थलको छत नै खस्यो
१४ असार, एजेन्सी । एकाविहानैको मुसलधारे वर्षाका बीचमा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाईते भएका छन् । छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा मानिस तल दबिएका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई… Continue reading मुसलधारे वर्षाले दिल्लीमा विमानस्थलको छत नै खस्यो
अन्तरिक्षमा टुक्रा टुक्रा भयो रुसी स्याटेलाइट
१४ असार , एजेन्सी । अन्तरिक्षमा रहेको रुसी उपग्रहले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) लाई ठूलो खतरा पैदा गरेको छ। खराब काम गरेको रुसी स्याटेलाइट अन्तरिक्षमा फुटेर १०० भन्दा बढी टुक्रा भएको नासाले जनाएकोछ । जसका कारण अन्तरिक्ष यात्रीले एक घण्टासम्म शरण लिनुपरेको थियो । आश्रय भने आइएसएसको सुरक्षित स्थान बनेको थियो । जहाँ उनीहरु कुनै… Continue reading अन्तरिक्षमा टुक्रा टुक्रा भयो रुसी स्याटेलाइट
बालेनको नगरसभा भाँडियो, सामाजिक संजालबाट बैठक स्थगित
१४ असार ,काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन… Continue reading बालेनको नगरसभा भाँडियो, सामाजिक संजालबाट बैठक स्थगित
गौतमबुद्ध रंगशालाको ठेकेदार छनोट,६८ करोड लागतमा २६ महिनामा तयार हुने
१४ असार , काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको २६ महिनाभित्र तयार हुने भएको छ । यसको निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ… Continue reading गौतमबुद्ध रंगशालाको ठेकेदार छनोट,६८ करोड लागतमा २६ महिनामा तयार हुने
छात्रबृत्ति दिने विद्यार्थी बालेनले नै छान्ने !
१४ असार ,काठमाडौं । यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। काठमाठौँ महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन आह्वान गरेको हो। शिक्षा नियमावलीमा निजी विद्यालयहरुले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनु… Continue reading छात्रबृत्ति दिने विद्यार्थी बालेनले नै छान्ने !
विश्वकप क्रिकेटको उपाधिका लागि भारत भर्सेस अफ्रिका
१४ असार , एजेन्सी । साविक विजेता इंग्ल्यान्डलाई हराउँदै भारत आईसीसी टी–२० विश्वकपको फाइनल प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत १० वर्षपछि फाइनलमा प्रवेश गरेको हो । भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग… Continue reading विश्वकप क्रिकेटको उपाधिका लागि भारत भर्सेस अफ्रिका
२५ जना सवार बस तामाकोशीमा खस्यो, कर्णाली राजमार्गमा पहिरो
१४ असार ,काठमाडौं। रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। लिखु तामाकोसी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा बा ५ ख ५६२५ नम्बरको बस दुर्घटना हुँदा १० जनाजति घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताएका छन् । बसमा २५ जना सवार थिए।… Continue reading २५ जना सवार बस तामाकोशीमा खस्यो, कर्णाली राजमार्गमा पहिरो
देशभर व्यापक वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?
१४ असार , काठमाडौं। पानी पार्ने मौसम प्रणाली न्यून चापीय रेखा केही दिन सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालनजिक रहने भएकाले देशभर व्यापक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको मनसुन विशेष बुलेटिनअनुसार असार १४ (आज) देखि आगामी केही दिन मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल… Continue reading देशभर व्यापक वर्षाको सम्भावना, कहाँको मौसम कस्तो ?
समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?
१३ असार,विराटनगर। पुराना दलहरुका पुराना अनुहारमात्रै होइन, शासन चलाउने पनि पुरानै तौरतरिका, सेटिंग र भागबण्डाको पुरानै राजनीति, कुशासन र भ्रष्टचारको पुरानै लहरो नतोडिने भएपछि जनताहरुले पछिल्ला संघ, प्रदेश र स्थानीय चुनावहरुमा केही नयाँ दल तथा अनुहारहरुलाई अवसर दिलाए । भारी मत दिएर चुनावमा जिताए । जनताले केही नयाँपनको आशा र देश बनाउँछन् भनेर विश्वास गरेका… Continue reading समीक्षा प्रतिवेदनबारे के भन्छन् रवि लामिछाने ? मुकुल ढकाल रास्वपाको कारबाहीमा पर्लान् ?
मदिराले लठ्ठिएपछि गायक राजेशपायललाई एयरलाइन्सले फर्कायो
१३ असार, काठमाण्डौ। मदिराले मातेपछि गायक रोजशपाल राई दुबई जानबाट रोकिएका छन् । दुबईमा एक सांगीतिक कार्यक्रमका लागि आज जान लागेका राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ । फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी,कार्यालयलाई जिम्मा लगाइदिएको थियो । उनलाई सम्झाईबुझाई गरेर ट्याक्सीमा घर… Continue reading मदिराले लठ्ठिएपछि गायक राजेशपायललाई एयरलाइन्सले फर्कायो
२ अन्तरिक्ष यात्री अन्तरिक्षमा अलपत्र, यानको इन्धन सकियो
१३ असार,एजेन्सी । भारतीय मुलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहकर्मी बुच विल्मोरसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेकी छिन्। उनी १३ जुनमा पृथ्वीमा फर्किने कार्यक्रम थियो । उनीहरू पृथ्वीबाट अन्तरिक्षमा लैजाने विमान बोइङ स्टारलाइनरबाट मात्रै फर्किने तालिका थियो । तर प्राविधिक समस्याका कारण उनीहरुको यात्रा अनिश्चितकालका लागि स्थगित भएको छ । सुनिता विलियम्स र बुच… Continue reading २ अन्तरिक्ष यात्री अन्तरिक्षमा अलपत्र, यानको इन्धन सकियो
अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?
१३ असार, एजेन्सी । यमनका हुथी विद्रोहीले इजरायलमा रहेको भारतीय कम्पनीको बन्दरगाहमा आक्रमण गरेको दाबी गरेका छन् । हुथी विद्रोहीले इजरायलको हाइफा बन्दरगाहमा ड्रोन प्रयोग गरेर आक्रमण गरेको दाबी गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । हुथी विद्रोहीहरूले इराकको इस्लामिक प्रतिरोधसँग मिलेर संयुक्त सैन्य कारबाही सुरु गरेको बताएका छन्। यसमा धेरै ड्रोनले हाइफा बन्दरगाह नजिकैको… Continue reading अडानी बन्दरगाहमा ड्रोन आक्रमण, के भन्छ इजरेल ?
मनसुनी विपतबाट ३३ जिल्ला प्रभावित
१३ असार, काठमाण्डौ। मनसुन भित्रिनासाथ देशका विभिन्न भागमा विपत्ति पनि भित्रिएका छन् । गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७… Continue reading मनसुनी विपतबाट ३३ जिल्ला प्रभावित
बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा निःशुल्क बेकरी तालिम
१३ असार, विराटनगर । विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा एसईई दिएर बसेका विद्यार्थीहरुका लागि तीन दिने निःशुल्क बेकरी तालिम सुरु भएको छ । एसईईपछि होटल म्यानेजमेन्ट अध्ययनप्रति चासो राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका कार्यक्रम निर्देशक मनोज राजबंशीले बताए । उनले अनुभवी र दक्ष प्रशिक्षकहरुले बेकरी… Continue reading बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टमा निःशुल्क बेकरी तालिम
उच्च गर्मीले भकाभक ढल्दैछन् पाकिस्तानी,कति छ तापक्रम ?
१३ असार, एजेन्सी । उच्च गर्मीले यतिबेला पाकिस्तान बेहाल भएको छ । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक बन्न थालेको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको छ जसमा बढ्दो गर्मीलाई प्रमुख कारण मानिएको छ । यी घटना दक्षिणी पाकिस्तानका हुन् । ईधी एम्बुलेन्स सेवाका अनुसार कराची सहरमा रहेको शवगृहमा दैनिक ३०… Continue reading उच्च गर्मीले भकाभक ढल्दैछन् पाकिस्तानी,कति छ तापक्रम ?
युरोको नकआउट समीकरण पूरा,क्रोएसिया रोकियो
१३ असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् ।हंगेरी, स्कटल्यान्ड, क्रोएसिया,अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट अघि बढ्न सकेनन्… Continue reading युरोको नकआउट समीकरण पूरा,क्रोएसिया रोकियो
एसईईको नतिजा सार्वजनिक,कक्षा ११ पढ्न कतिले पाउँछन् ?
१३ असार, काठमाण्डौ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीहरूमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । १८६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको बोर्डले जनाएको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए… Continue reading एसईईको नतिजा सार्वजनिक,कक्षा ११ पढ्न कतिले पाउँछन् ?
आज भारत भर्सेस इंग्ल्याण्ड, अफ्रिकासँग फाइनल खेल्ने को ?
१३ असार, एजेन्सी । अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो । यसअघि सन्… Continue reading आज भारत भर्सेस इंग्ल्याण्ड, अफ्रिकासँग फाइनल खेल्ने को ?
ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल
१२ असार, विराटनगर । नेपालमा जग्गा घोटालाका ठूला ठूला काण्डहरु, ललितानिवासदेखि गिरीबन्धु, बालमन्दिरदेखि टिकापुरसम्मका प्रकरणहरु आएदिन संसदमै पनि सुनिन थालेको छ । प्रतिपक्षमा बस्नेले यस्ता जग्गा घोटालामा खोइ कारबाही भन्दै प्रश्न गरिरहँदा सरकारमा भएकाहरुले एकएकको फाइल खोल्ने तयारीमा रहेको जस्ता कुराबाहेक खासै केही प्रगती भएको देखिदैन । यसैबीच अर्को एक जग्गा प्रकरण पनि चर्चाको विषय… Continue reading ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल
नेपाल वायु सेवाका ५ पाइलटमाथि किन लाग्यो प्रतिबन्ध ?
१२ असार, काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो । प्राधिकरणले अकाउन्टेबल म्यानेजर,… Continue reading नेपाल वायु सेवाका ५ पाइलटमाथि किन लाग्यो प्रतिबन्ध ?
‘ईट्स माई शो’मा के भएको हो ? कलाकार संघ पनि बोल्यो
१२ असार, विराटनगर । नायिकाद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले कान्तिपुर टेलिभिजनको ‘ईट्स माई शो’ मा बोलेको कुराले अहिले उग्र रूप लिएको छ। नायिकाद्वयले अन्य कलाकारहरुको ब्यक्तिगत जीवनका अति गोप्य रहनु पर्ने विषयहरुलै छरपष्ट पारिदिएपछि नायिकाद्वयसहित कार्यक्रम संचालिकामाथि समेत ब्यापक प्रश्न उठेको छ । टेलिभिजनको ‘इट्स माई शो’ विवादमा परेपछि यस कार्यक्रमका पूर्व… Continue reading ‘ईट्स माई शो’मा के भएको हो ? कलाकार संघ पनि बोल्यो
महिला एशिया कपः उद्घाटनमा नेपाल भर्सेस युएई
१२ असार , एजेन्सी । श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ तारिखमा हुने उद्घाटन खेलमा नेपाल र युएई खल्दैछन् । यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो… Continue reading महिला एशिया कपः उद्घाटनमा नेपाल भर्सेस युएई