३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण… Continue reading थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
Category: समाचार
काठमाडौँवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स
३० वैशाख, काठमाण्डौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँवासीका लागि महत्वपूर्ण घोषणा गरेका छन् । उनले महानगरमा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले काठमाडौंका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् । एम्बुलेन्सको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘काठमाडौँभरि २४ घण्टा… Continue reading काठमाडौँवासीलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स
भारतका बौद्ध धर्मगुरु रिन्पोछे २८ वर्षपछि नेपालमा
३० वैशाख, काठमाण्डौ । भारतका बौद्ध धर्मगुरु ताइसितुपा रिन्पोछे नेपाल आएका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आएका हुन् । रिन्पोछे बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । उनी नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रवार नेपाल आएका हुन् ।… Continue reading भारतका बौद्ध धर्मगुरु रिन्पोछे २८ वर्षपछि नेपालमा
टि–२० विश्वकप छनोट नेपालमा हुने
३० वैशाख, काठमाण्डौ । नेपालले पहिलो पटक आईसीसीको सर्वाधिक ठूलो प्रतियोगिता आयोजना गर्न लागेको छ । पछिल्लो समय नेपालले लगातार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको अवसर पाइरहेका बेला यो अवसर प्राप्त गरेको हो । जसअनुसार अब टी–२० विश्वकपको एसिया छनोटको जिम्मा नेपालले पाएको क्यानले जनाएको छ । अत्यधिक क्रिकेट समर्थकका कारण अन्तर्राष्ट्रिय रूपमा नै चर्चाको… Continue reading टि–२० विश्वकप छनोट नेपालमा हुने
गुणस्तरहीन कामको विरोध गर्न १ लाख ३२ हजार भोल्टको पोलमा युवक चढेपछि…..
३० वैशाख, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा चढेपछि उनलाई उतार्न विद्युत प्राधिकरणसहित, स्थानीय निकार र प्रहरीलाई निकै परिशानी भइरहेको छ । बूढीगंगा गाउँपालिका वडा नम्बर ७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा… Continue reading गुणस्तरहीन कामको विरोध गर्न १ लाख ३२ हजार भोल्टको पोलमा युवक चढेपछि…..
शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी
२९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेताहरुसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले… Continue reading शरणार्थी प्रकरणमा रवि र लिङ्देनको खबरदारी
इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
२९ वैशाख, एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको भन्दै उनलाई रिहा गर्न बिहीबार नेशनल अकाउन्टेविलिटी ब्यूरो (एनएबी)लाई आदेश दिएको हो । बिहीबार सुनुवाइको क्रममा प्रधानन्यायाधीश उमर अता बंदियालले कुनै पनि अदालतबाट कुनै पनि आरोपीलाई पक्राउ गर्न नमिल्ने बताएका छन् । पूर्वप्रधानमन्त्री खानलाई… Continue reading इमरानलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
मस्कले भेटे ट्विटरको नयाँ सीईओ
२९ वैशाख, एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले यसको जिम्मेवारी एक महिलाले सम्हाल्ने घोषणा गरेका छन् । महिला प्रमुख कार्यकारी अधिकारी (सीईओ) लाई जिम्मेवारी दिएर आफू कार्यकारी अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी (सीटीओ) को भूमिकामा रहने भनी मस्कले ट्विट गरी जानकारी दिएका छन् । यता द वाल स्ट्रीट जर्नलले भने एनबीसी युनिभर्सलकी विज्ञापन… Continue reading मस्कले भेटे ट्विटरको नयाँ सीईओ
यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
२९ वैशाख, काठमाण्डौ । कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्सपेक्टर वेनुकुमार कार्कीले बताएका छन्… Continue reading यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
बेलायतले युक्रेन खतरनाक मिसाइल दिने
२९ वैशाख, एजेन्सी । बेलायतले रुसी आक्रमणविरुद्ध युक्रेनलाई सहयोग गर्न लामो दूरीको क्रुज मिसाइलहरु युक्रेन पठाउन लागेको बताएको छ । विहीबार बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनलाई स्टर्म स्याडो मिसाइलहरु दिन लागेको बताएका हुन् । स्टर्म स्याडो लामो दूरीमा लक्ष्य भेद्न सक्ने क्षमताको रहेको छ र यसको मार हान्ने क्षमता २५० किलोमिटरभन्दा अधिक छ । यसलाई… Continue reading बेलायतले युक्रेन खतरनाक मिसाइल दिने
प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा खरिद –बिक्री हुँदै?
२९ वैशाख, काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा… Continue reading प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा खरिद –बिक्री हुँदै?
सरकारले रोक्यो नयाँ स्टकको लाइसेन्स प्रक्रिया
२९ वैशाख, काठमाण्डौ । सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ । धितोपत्र बोर्डका… Continue reading सरकारले रोक्यो नयाँ स्टकको लाइसेन्स प्रक्रिया
खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने
२९ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको हो । अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको बताएका छन् । उनले को कोसँग कुराकानी… Continue reading खाँणले फर्म्याट गरेको मोबाइल रिकभर हुँदै, रहस्य खुल्ने
विज्ञापनको पर्चा बाँडेपछि बालेनले कारबाही गरे
२९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रवार काठमाडौं म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।… Continue reading विज्ञापनको पर्चा बाँडेपछि बालेनले कारबाही गरे
शरणार्थीको फाइल खुलेपछि रविले प्रचण्डलाई किन भेटे ?
२९ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सरकारले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई तीव्रता दिइरहेका बेला शुक्रवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा शरणार्थी प्रकरणमा थुप्रै फाइल खोलेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको भन्दै रविले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।… Continue reading शरणार्थीको फाइल खुलेपछि रविले प्रचण्डलाई किन भेटे ?
सुशीला कार्कीविरुद्धको महाभियोगमा ६ वर्षपछि फैसला
२९ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारी संसदमा महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै निलम्बन गर्न नमिल्ने व्याख्या गरेको छ । २०७४ को तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि परेको मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । कार्कीविरुद्ध ६ वर्षपहिले प्रतिनिधिसभामा दर्ता भएर पछि फिर्ता लिइएको महाभियोग प्रस्तावबारे फैसला दिँदै संवैधानिक इजलासले संविधानको धारा १०१… Continue reading सुशीला कार्कीविरुद्धको महाभियोगमा ६ वर्षपछि फैसला
देश छाडेर भागेको हल्ला पछि आरजूको फोटो आयो
२९ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजू देउवा देश छोडेर भागेको हल्ला चल्यो। सामाजिक संजालमा आरजू भारत हुँदै तेस्रो मुलुक भागेको हल्ला चलेपछि आरजू देउवाले हेटौंडाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्। उनले हिजो हेटौंडामा स्वदेशी मार्टको उद्घाटन गर्दै गरेको फोटो सामाजिक संजाल फेसबुकमा पोस्ट… Continue reading देश छाडेर भागेको हल्ला पछि आरजूको फोटो आयो
विश्वकै कान्छी फिनल्याण्डकी प्रधानमन्त्रीको सम्बन्ध विच्छेद
२८ वैशाख, एजेन्सी । विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सान्ना मारिन चुनाव हारेपछि पद छाड्ने तयारीमा छिन् । यसैबीच, बुधबार उनले आफू र आफ्ना श्रीमानले सम्बन्धविच्छेद गरेको घोषणा गरेकी छन् । “हामीले सँगै सम्बन्धविच्छेदको लागि निवेदन दिएका थियौं,“ मारिनले इन्स्टाग्राममा भनेकी छन्। हामी १९ वर्षको लागि सँगै भएकोमा धेरै आभारी छौं। उनले थप भनेकि छन् अझै… Continue reading विश्वकै कान्छी फिनल्याण्डकी प्रधानमन्त्रीको सम्बन्ध विच्छेद
थप ३० जनामा कोरोना संक्रमण पुष्टि
२८ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३० नमुनामध्ये ८२० जनाको पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा कोरोना देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा… Continue reading थप ३० जनामा कोरोना संक्रमण पुष्टि
इन्टरले एसी मिलानलाई तारा देखाइदियो
२८ वैशाख, एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगको मिलान डर्वीमा इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ । एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । इन्टरको जितमा इडेन जेको र हेनरिक मिखटरयानले गोल गरे । मिलानोमा बुधबार राति भएको खेलमा इन्टरले खेल शुरु भएको ११… Continue reading इन्टरले एसी मिलानलाई तारा देखाइदियो
खाँणसँग शरणार्थी प्रकरणबारे बयान सुरु
२८ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजबाट बयान सुरु हुने भएको छ। सरकारी वकिलले आजबाट पूर्वमन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो। ‘हिजो प्रहरीले किन पक्राउ गरेको हो? अदालत किन जानु भएको हो? अदालतले के के निर्णय दियो? लगायतको बिषयमा सामान्य सोधपुछ… Continue reading खाँणसँग शरणार्थी प्रकरणबारे बयान सुरु
पाकिस्तान गृहयुद्ध तर्फ धेकेलियो
२८ वैशाख, एजेन्सी । पूर्वप्रधानमन्त्री इमारान खान पक्राउ परेको दुई दिन नवित्दै पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै… Continue reading पाकिस्तान गृहयुद्ध तर्फ धेकेलियो
बुद्ध एयरका मालिकले खोले आरजु राइसमिल
२८ वैशाख, काठमाण्डौ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राईस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवार देखि बजारमा ल्याएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राईस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले किसानले उत्पादन गरेको धानको न्यनतम मूल्य तोकी धान प्राप्त भएको दुई… Continue reading बुद्ध एयरका मालिकले खोले आरजु राइसमिल
जिउँदा सहिद मुकेश कायस्थ रहेनन्
२८ वैशाख, काठमाण्डौ । दोस्रो जनआन्दोलन (२०६२÷०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो। २०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ… Continue reading जिउँदा सहिद मुकेश कायस्थ रहेनन्
बुढानिलकण्ठ बस्ने भाउजूलाई नोट नबुझाउदा बढुवा रोकियो
२८ वैशाख, काठमाण्डौ । प्रहरीले उच्च महत्वका साथ छानविन गरिरहेको नक्कली शरणार्थी प्रकरणमा उच्च नेतृत्व पक्राउ पर्नु तथा अन्य उच्च नेतृत्व समेत मुछिएको खबरहरु बाहिरिरहदा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणालाई लक्षित गर्दै गुनासो गरेका छन् । उनले बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले… Continue reading बुढानिलकण्ठ बस्ने भाउजूलाई नोट नबुझाउदा बढुवा रोकियो
ज्ञानेन्द्रलाई भारतमा महाराजाधिराजकै हैसियत!
२८ वैशाख, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसहित भारत भ्रमणमा छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको निमन्त्रणमा पूर्वराजपरिवार भारत गएको बुझिएको छ । स्रोतका अनुसार आदित्यनाथले ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा ‘राजकीय भ्रमण’ का लागि शाह र उनको परिवारलाई निम्तो गरेका थिए । त्यसै अनुरूप पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी… Continue reading ज्ञानेन्द्रलाई भारतमा महाराजाधिराजकै हैसियत!
अमेरिकी ग्रिन कार्ड सजिलै पाइने , H–1B भिसा परिवर्तन हुने
२८ वैशाख, एजेन्सी । अमेरिकामा बस्ने नेपाली लगायत विश्वभर आप्रवासीहरूका लागि राहतको खबर आएको छ । अमेरिकी संसदमा सत्तारुढ डेमोक्रेटिक पार्टी अफ अमेरिकाले बुधबार अमेरिकी नागरिकता ऐन पेश गरेको छ । यो एक विधायी विधेयक हो। यसमार्फत रोजगारीमा आधारित ग्रिनकार्डका लागि कुनै देशबाट आप्रवासीहरूको संख्यामा सीमितता लगाउने यसअघिको प्रतिबन्ध अन्त्य गर्न र H–1B भिसा प्रणाली… Continue reading अमेरिकी ग्रिन कार्ड सजिलै पाइने , H–1B भिसा परिवर्तन हुने
एसिया कप छिने पाकिस्तानलाई ३ मिलियन घाटा
२७ वैशाख, काठमाडौं। पाकिस्तानमा आयोजना हुने भनिएको एसिया कप सहभागि मध्येको एक राष्ट्र भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि यसको आयोजनाको विषयलाई लिएर सुरु भएको आशंकाका बीच पाकिस्तान आयोजनास्थल सार्न तयार भएको छ । एसिया कपको आयोजनाका लागि पाकिस्तानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाई नयाँ प्रस्ताव पठाएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख… Continue reading एसिया कप छिने पाकिस्तानलाई ३ मिलियन घाटा
नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल
२७ वैशाख, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए ।… Continue reading नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल
स्वचालित पेस्तोलसहित बाँकेबाट युवक पक्राउ
२७ वैशाख, काठमाण्डौ । बाँके प्रहरीले एक युवालाई स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बाासगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल रहेका छन्।उनलाई मंगलबार राति बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पक्राउ गरिएको बाँकेका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनको साथबाट एक अटोमेटिक पेस्तोल र एक राउण्ड लोडेड गोली बरामद भएको डिएसपी… Continue reading स्वचालित पेस्तोलसहित बाँकेबाट युवक पक्राउ
थप १७ जनामा कोरोना संक्रमण पुष्टि
२७ वैशाख, काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।कोरोना संक्रमणबाट बुधबार… Continue reading थप १७ जनामा कोरोना संक्रमण पुष्टि
नेप्सेमा आज पनी गिरावट
२७ बैशाख ,काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन पनि टिक्न नसकेको हो। मंगलबार १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा पुगेको नेप्से बुधबार २.४३ अंकले ओरालो लागेको हो। कर्जाको ब्याजदर घट्ने खबरसँगै बढेको नेप्सेले वृद्धि कायम गर्न सकेन। हालको नजिकको न्युन विन्दु १८३३मा टेवा पाएर बढेको नेप्से दास्रो… Continue reading नेप्सेमा आज पनी गिरावट
सुनको भाउ प्रतितोला एक लाख ११ हजार ६ सय पुग्यो
२७ बैशाख ,काठमाडौं । सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो।आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा… Continue reading सुनको भाउ प्रतितोला एक लाख ११ हजार ६ सय पुग्यो
अब कक्षा १२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने
२७ वैशाख , काठमाण्डौ । कक्षा १२ मा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अबदेखि तीनपटक मात्रै ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । “नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही… Continue reading अब कक्षा १२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने
सुईको समेत नपाई कसरी पक्राउ परे खाँड ?
२७ वैशाख, काठमाण्डौ । पक्राउ पुर्जी जारी भएपछि आफुले खोजेका एमाले सचिव टोपबहादुर रायामाझी फरार भएपछि सर्तक बनेको नेपाली प्रहरीले आज हल्लाखल्ला नगरी पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ । वैशाख २० गते प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको सुचना बाहिरिएपछि टोपबहादुर रायमाझी प्रहरीको आँखैसामु फरार भए। सात दिन बितिसक्दा पनि उनी कहाँ छन् पत्तो… Continue reading सुईको समेत नपाई कसरी पक्राउ परे खाँड ?
नेटोले एसियामै पहिलो कार्यालय जापानमा खोल्ने
२७ वैशाख, एजेन्सी । जापानले देशभित्र एसियामै पहिलोपटक नेटोको कार्यालय खोल्न लागेको खुलेको छ । यसबारे वार्ता गरिरहेको त्यहाँका विदेशमन्त्रीले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा खुलासा गरेका हुन् । “हामी पहिले नै छलफलमा छौँ, तर अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन,” विदेशमन्त्री योशिमासा हयाशीले भनेका छन् । गत वर्ष रूसले युक्रेनमा सुरु गरेको युद्धले युरोपको सीमाभन्दा बाहिर… Continue reading नेटोले एसियामै पहिलो कार्यालय जापानमा खोल्ने
इमरान पक्राउ परेपछि समर्थक उग्र बने / पाकिस्तानभर मोबाइल सेवा अवरुद्ध,देशभर तनाव
२७ वैशाख, एजेन्सी । पाकिस्तानमा सेनाले पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ परेपछि त्यहाँ प्रदर्शन चर्किएको छ । खानका समर्थकहरूले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन् । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित… Continue reading इमरान पक्राउ परेपछि समर्थक उग्र बने / पाकिस्तानभर मोबाइल सेवा अवरुद्ध,देशभर तनाव
खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद
२७ वैशाख, काठमाण्डौ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुलिएको प्रकरणमा उच्च नेतृत्व मुछिदै गएपछि शीर्ष नेताहरुको पनि दौडधुप बाक्लिएपछि कतै यो प्रकरण त्यसै सामसुम त हुने होइन भन्ने आशंकाका बीच आज पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण निजि सचिवसहित पक्राउ परेका छन् । यही प्रकरणमा आरोपित अर्का… Continue reading खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद
विश्वकप खेल्न नेपाल शीर्ष २ भित्र पर्नुपर्ने
२७ वैशाख, एजेन्सी । आगामी जुनमा हुने नेपाल समेत सहभागि हुने विश्वकप छनोट खेल्ने दशै टिमको समेत टुंगो लागेको छ। जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप छनोट खेल्ने १० टोलीः वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई छन् । सुपर लिग… Continue reading विश्वकप खेल्न नेपाल शीर्ष २ भित्र पर्नुपर्ने
बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर
२७ वैशाख, एजेन्सी । न्युयोर्कको एक अदालतले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । अदालतले ट्रम्पलाई दोषी ठहर गर्दै पीडितलाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिन भनेको छ । तर यो ट्रम्पविरुद्ध पछिल्लो समय चलिरहेको चर्चित मुद्दा भने होइन । ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न अमेरिकी… Continue reading बलात्कार आरोपमा ट्रम्पलाई सफाइ,यौन दुर्व्यवहारमा दोषी ठहर
शरणार्थी प्रकरणमा ठूला माछा/ पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
२७ वैशाख, काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट करोडौं रकम संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले… Continue reading शरणार्थी प्रकरणमा ठूला माछा/ पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु / के छ प्रकृया ?
२६ , वैशाख, विराटनगर । नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो । यो पटक मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । कोशी प्रदेश मा मिस्टर नेपाल का… Continue reading नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु / के छ प्रकृया ?
भेनस क्लिनिक एण्ड हेयर ट्रान्सप्लान्ट चौथो वर्षमा, कपाल प्रत्यारोपणबाट मन जित्दै
२६ वैशाख, विराटनगर । विराटनगर स्थित भेनस क्लिनिकले सोमबार आफ्नो चौथो वार्षिक उत्सव सम्पन्न गरेको छ । विराटनगरको अस्पताल चोकमा २०७६ सालदेखि सेवा दिदै आएको भेनस क्लिनिकले सेवाग्राहीका साथमा आफ्नो वार्षिकउत्सव मनाएको हो । पूर्वमै कपाल प्रत्यारोपणका लागि पहिलो क्लिनिक मानिएको भेनसमा कपाल प्रत्यारोपण लगायत, छालासम्बन्धि सम्पूर्ण उपचार, नङसम्बन्धी समस्याको उपचार,कपालको पिआरपी थेरापी, माइक्रोनिडलिङ, अनुहारसम्बन्धि… Continue reading भेनस क्लिनिक एण्ड हेयर ट्रान्सप्लान्ट चौथो वर्षमा, कपाल प्रत्यारोपणबाट मन जित्दै
हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत
२६ वैशाख, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले… Continue reading हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती हुँदैनः अर्थमन्त्री महत
कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः देवेन्द्र दाहाल
२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन् । मंगलवार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गरे । उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका… Continue reading कर्मचारीले तीन प्रतिशतसम्म ‘साइनिङ मनी’ लिन्छन्ः देवेन्द्र दाहाल
भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्नुपर्छः खिमलाल देवकोटा
२६ बैशाख, काठमाण्डौ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा देवकोटाले यस्तो बताएका हुन् । उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । खेलाडीलाई उचित… Continue reading भारत र पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिन सक्नुपर्छः खिमलाल देवकोटा
सुनको भाउ तीन सयले बढ्यो
२६ बैशाख, काठमाडौँ । सुनको भाउ आज पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो पनि तोलामा तीन सय रुपैयाँले नै बढेर एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ… Continue reading सुनको भाउ तीन सयले बढ्यो
भारतमा शक्तिशाली ‘मोका’ आँधीको चेतावनी, नेपालमा असर गर्ला ?
२६ वैशाख, एजेन्सी । भारतमा ‘मोका’ नामको शक्तिशाली आँधी आउने चेतावनी जारी गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ । सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ ।… Continue reading भारतमा शक्तिशाली ‘मोका’ आँधीको चेतावनी, नेपालमा असर गर्ला ?
टुकुचाको जग्गाको लगत कट्टा गर्न महानगरले लेख्यो पत्र
२६ वैशाख, काठमाण्डौ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन्। ‘हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा… Continue reading टुकुचाको जग्गाको लगत कट्टा गर्न महानगरले लेख्यो पत्र
श्रीलङ्काद्वारा पर्यटनबाट चार महिनामा करिब ७० करोड अमेरिकी डलर आर्जन
२६ बैशाख, एजेन्सी । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए । श्रीलङ्कामा यस… Continue reading श्रीलङ्काद्वारा पर्यटनबाट चार महिनामा करिब ७० करोड अमेरिकी डलर आर्जन
साउदीको जीडीपी पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि
२६ बैशाख, एजेन्सी । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ। सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर–तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ । यता मौसमी समायोजन वास्तविक जीडीपीको… Continue reading साउदीको जीडीपी पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि
बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा
२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठमा सरकारबाट प्रश्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उहाँले यस्तो बताएका हुन् । उनले अपवाद अनिवार्य दायित्व विषय बाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप… Continue reading बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा
तोसिमाको आरजुलाई प्रश्नः मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?
२६ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कार्कीले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको जिकिर गरिन् । सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उनले वेबसाइट… Continue reading तोसिमाको आरजुलाई प्रश्नः मलाई उत्तर दिनुपर्यो, भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?
कक्षा १२ को परीक्षा आजदेखि सुरु
२६ बैशाख, विराटनगर । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । बोर्डले परीक्षाका लागि देशभर एक हजार चार सय ५७… Continue reading कक्षा १२ को परीक्षा आजदेखि सुरु
रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाइयो
२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि अझै फरार छन् । सोही विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा… Continue reading रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाइयो
एसिया कप क्रिकेट श्रीलंकामा सार्ने तयारी
२६ बैशाख, विराटनगर । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना देखिएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेपछि एसीसीले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेको हो । बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त… Continue reading एसिया कप क्रिकेट श्रीलंकामा सार्ने तयारी
आज कानुन दिवस
२६ बैशाख, काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेदेखि भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका… Continue reading आज कानुन दिवस
क्यानडा सरकारद्वारा एक चिनियाँ कुटनीतिज्ञ देश निकाला
२६ बैशाख, एजेन्सी । क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ । देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ । सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप… Continue reading क्यानडा सरकारद्वारा एक चिनियाँ कुटनीतिज्ञ देश निकाला
भारतको मध्यप्रदेशमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते
२६ वैशाख, एजेन्सी । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो । दुर्घटनामा २५ जना यात्रु घाइते भएका खरगोनका एसपी धर्मवीर सिंहले जानकारी दिएका छन् । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बस दुर्घटनाको कारण खुलेको छैन… Continue reading भारतको मध्यप्रदेशमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते
साउदीस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन थाल्यो, घरेलु श्रमिकले पनि लिनसक्ने
२६ बैशाख, काठमाण्डौ । साउदी अरबमा रहेको नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन थालेको छ । यही वैशाख २४ गतेदेखि साउदीको रियादमा रहेको नेपाली दूतावास र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुनः श्रम स्वीकृति दिन थालिएको दूतावासले जनाएको छ । दूतावासले पुनः श्रम स्वीकृति सेवा सुरु गरेसँगै अब साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि… Continue reading साउदीस्थित नेपाली दूतावासले पुनः श्रम स्वीकृति दिन थाल्यो, घरेलु श्रमिकले पनि लिनसक्ने
चुनावका वचन पूरा गर्दै बालेन , अब अपोइन्टमेन्टदेखि कर तिर्नसम्म ‘केएमसी एप’
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुले निर्वाचनका क्रममा जनाएको प्रतिवद्धता वमोजिम महानगरले दिने सेवाप्रवाहलाई डिजिटलाइज गरी घरसम्म पुर्याएका छन् । मेयर साहले आज सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ लन्च गरेका हुन् । एपबाट अधिकांश कार्यालय पुग्नु पर्ने कामहरु सहजै गर्न सकिने छ भने मेयर शाहसँग अपोइन्टमेन्ट लिन… Continue reading चुनावका वचन पूरा गर्दै बालेन , अब अपोइन्टमेन्टदेखि कर तिर्नसम्म ‘केएमसी एप’